Friday, April 30, 2010

भोली २२ दलको बैठक

१७ वैशाख, काठमाडौं । माओवादी आन्दोलन र सरकारको स्थायीत्वबारे छलफल गर्न शनिबार संविधानसभामा सहभागी २२ दलको संयुक्त बैठक बस्दैछ ।


भुटानबाट फर्केलगत्तै प्रधानमन्त्री नेपालले मन्त्रिपरिषदका सदस्यहरुसँग शुक्रबार गरेको छलफलमा भोली २२ दलको बैठक बोलाउने सहमति भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

यसअघि प्रधानमन्त्री नेपाल भुटानमै रहँदा कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको सरकारमा सहभागी १४ दलको बैठकले माओवादी आन्दोलनको प्रतिकार गर्ने निर्णय गरेको थियो । (onlinekhabar)

No comments:

Post a Comment