Showing posts with label WORLD NEWS. Show all posts
Showing posts with label WORLD NEWS. Show all posts

Sunday, August 15, 2010

हरितालीका तीज ब्रत कथा


हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता

कङ्ग्रेस जिल्ला सभापति को कहाँ ?

गोविन्द परियार, काठमाडौं, साउन ३० - द्वन्द्वले एक दशकदेखि राजधानी र जिल्ला सदरमुकाममा खुम्चिएको कांग्रेसको संगठन यस पटकको अधिवेशनले पुनः फैलाएको छ। विगतमा अधिकांश सदरमुकाम

Friday, August 13, 2010

सभासद यादवलाई उपचारको लागि नयाँदिल्ली लगियो

२९ साउन, काठमाडौं । आगोमा जलेर गम्भीर घाइते एकीकृत नेकपा माओवादीकी सभासद रामकुमारी यादवलाई शनिबार विहान थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ । भारतबाट एयर एम्बुलेन्स झिकाइ यादवलाई उपचारको लागि नयाँदिल्लीस्थित सफदरजङ्ग अस्पताल लगिएको हो ।

Wednesday, August 11, 2010

मेलिनाको मुल्याङकनमा नेपाली हिरो

नेपाली हिरोमा राजेश हमाल मलाई सबभन्दा बौद्धिक र चरित्रवान लाग्छन् भने भुवन केसी अब्बल अभिनेता । दिलीप रायमाझी नृत्यमा पारंगत छन् । निखिल उप्रेती नम्र र शिष्ट छन् ।
मेलिना मानन्धर, कलाकार
दुई दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील छु । यस अवधिमा करिब पाँच दर्जन फिल्ममा अभिनय गरे । अभिनयका क्रममा नयाँ, पुराना गरी दर्जनभन्दा बढी नायकसँग काम गर्ने अवसर पाएँ । मेरो पहिलो फिल्म थियो- पि्रयसी । ०४८ मा बनेको थियो, फिल्म । यसमा मेरा नायक थिए, किरणप्रताप केसी ।
त्यसपछि भुवन केसी, राजेश हमाल, शिव श्रेष्ठ हुँदै अहिलेका नयाँ हिरोहरू कर्मा शाक्य, नवीन श्रेष्ठसँग पनि काम गरेकी छु । यीमध्ये केहीसँगका अभिनय र संगत स्मरणयोग्य छन् भने केहीसँगका तीता । मान्छेका आ-आफ्नै स्वभावगत विशेषता हुन्छन् । सबैका गुण र अवगुण हुन्छन् ।
मैले जे-जति नायकसँग अभिनय गरेँ, भयानक प्रतिभाशाली र बिछट्टै सुन्दर कोही पनि लाग्दैन मलाई । र, असाध्यै कमजोर, खराब र कुरूप पनि कोही लाग्दैनन् । नेपाली फिल्म उद्योगमा यही हिरोचाहिँ 'मेरो आदर्श हिरो हो' भन्ने छैन । एउटा पाटोमा बलिया भएको हिरो अर्काे पाटोमा कमजोर हुन्छ । राम्रो अभिनय गर्न सक्नेले राम्रो डान्स गर्न सक्दैन । उता, डान्समा निपुण नायक अभिनयमा कमजोर हुन्छ ।
अभिनयका हिसाबले भुवन केसी, शिव श्रेष्ठ र दिलीप रायमाझी मलाई अब्बल लाग्छन् । उनीहरूको अभिनय जीवन्त र स्वाभाविक हुन्छ । उनीहरूले अभिनय गरेको फिल्म हेर्दा फिल्म होइन, जीवनको यथार्थ भोगाइ हेरिरहेजस्तो लाग्छ । मलाई उनीहरूको अभिनय कुनै विदेशी सुपरस्टारको भन्दा कम जीवन्त लाग्दैन । उनीहरू राम्रा अभिनेता हुन् । मलाई लाग्छ- जीवन्त अभिनय कलाकारको सबभन्दा महत्त्वपूर्ण योग्यता हो र जोसँग यो योग्यता हुन्छ, ऊ फिल्म जगत्मा लामो समयसम्म टिक्न सक्छ ।

व्यक्तित्व र बौद्धिकताका दृष्टिले राजेश हमाल मलाई उत्कृष्ट लाग्छन् ।
सबै पक्षमा आफूलाई मेन्टेन गरिरहन सक्ने एक मात्र नेपाली हिरो हुन्, उनी । अहिलेसम्म उनी त्यति ठूलो विवादमा मुछिएका पनि छैनन् । उनको चारित्रिक पक्ष सबल छ । उनलाई कुनै पनि नकारात्मक कुराका लागि कसैले औँला उठाएको मलाई थाहा छैन । अरूले के भन्छन् ? वा अरू के गर्छन् ? भन्ने भन्दा पनि 'आफू के गर्छु' भन्नेमा उनी केन्दि्रत हुन्छन् । उनका व्यवहार, बोली र प्रस्तुति एकदमै परिपक्व, शिष्ट र सभ्य छन् । यति लामो समयसम्म फिल्म उद्योगमा एकछत्र राज गरिराख्नु चानचुने कुरा होइन । उनीबाट नेपालका हिरोहरूले सिक्नुपर्ने धेरै कुरा छन् । नेपाली फिल्म उद्योगमा मैले सबभन्दा सम्मान गर्ने हिरो हुन्, राजेश हमाल । उनी असल मान्छे र असल अभिनेता हुन् ।

सौन्दर्यमा भुवन केसी, धीरेन शाक्य र लोकेन्द्र कार्की अब्बल लाग्छन् । भुवन केसी अभिनयमा जति निपुण छन्, सौन्दर्यमा पनि उत्तिकै सम्पूर्ण छन् । यही कारणले उनले सदाबहार हिरोको पहिचान बनाएका हुन् । जति-जति उमेर ढल्किँदै गयो, उनी उति-उति जवान हुँदै गएझैँ लाग्छ । व्यवहारका हिसाबले पनि भुवन असल छन् । आफूभन्दा जुनियर कलाकारलाई कहिल्यै पनि यो जुनियर कलाकार हो भन्ने व्यवहार गर्दैनन् । उनीहरूलाई पनि उत्तिकै आदर र प्रेम गर्छन् । अर्को कुरा, उनीमा कामप्रतिको समर्पण एकदमै राम्रो छ । सबै फिल्ममा उत्तिकै समर्पित भएर अभिनय गर्छन् ।

धीरेन शाक्यको त पहिचान नै ह्यान्डसम हिरोको छ । उनको शारीरिक सुगठन र सुन्दरताबाट प्रभावित छु । लोकेन्द्र कार्कीका त्यति धेरै फिल्म त हेरेकी छैन । तर, उनको शारीरिक बनावट निकै राम्रो लाग्छ ।
नृत्यमा दिलीप रायमाझी अब्बल लाग्छन्, मलाई । नेपाली हिरोहरूको कमजोर पाटो भनेको नृत्य पनि हो । उनीहरूलाई नृत्य गर्न आउँदैन भनेर धेरै आलोचना गरिन्छ । मेरो मूल्यांकनमा दिलीप मात्रै यस्तो हिरो हुन् जो नृत्यमा पारंगत छन् । उनी सबैखाले नृत्य गर्न सक्छन् । नृत्यमा मात्र होइन, अभिनयमा पनि उनी निपुण छन् । हास्य अभिनयमा उनीजति जमेका नयाँ पुस्ताका हिरो कोही पनि छैनन् ।

निखिल उप्रेती, भुवन केसी, कर्मा शाक्य र विनय श्रेष्ठ एकदमै विनम्र शैलीमा बोल्ने हिरो हुन् । उनीहरूको बोलीमा अभिमान र खस्रोपनको झल्को पाइँदैन । सबैसँग सम्मानसाथ शिष्टतापूर्वक बोल्छन् उनीहरू । अझ, निखिल उप्रेतीको बोल्ने शैली ज्यादै नम्र र भद्र छ ।

हरेक क्षेत्रमा असल र खराब मान्छे हुन्छन् । फिल्म क्षेत्रमा पनि यस्ता केही हिरो छन्, जो, 'मै सबथोक हुँ, मबाहेक अरू कोही गतिला छैनन्' भन्ने खोक्रो घमण्ड लिएर बाँचेका छन् । यस प्रवृत्तिका धेरै हिरो छन्, फिल्म उद्योगमा । नायिकाहरूलाई खराब नजरले हेर्ने र दुव्र्यवहार गर्ने हिरो पनि छन्, यहाँ । अभिनयकै क्रममा मलाई एक हिरोले खराब नियत राखेर पट्याउने कोसिस पनि गरेको थियो । तर, उसलाई मैले शिष्टतापूर्वक सम्झाएर ठेगान लगाएको थिएँ । यस्ता प्रवृत्ति भएका हिरोले नेपाली फिल्म उद्योगलाई बद्नाम गरेका छन् । उनीहरूका कारण नायिकाहरूले तनाब व्यहोर्नुपर्छ । यस्ता हिरोलाई म सधै घृणा गर्छु ।

केही हिरो र हिरोइनबीच द्वन्द्वका कारण पानी बाराबारको स्थिति भएको पनि सुनेकी छु । तर, मेरो मामलामा भने यस्तो भएको छैन । नराम्रो नियत राखेर प्रस्तुत हुनेहरूसँग म टाढै बसिदिन्छु । त्यसैले, सतहमा आउनेगरी मेरो कुनै हिरोसँग द्वन्द्व या विवाद भएको छैन ।

हलिउड र बलिउडका हिरोहरूका तुलनमा नेपालका हिरो धेरै कुरामा कमजोर छन् । तर, यसमा हिरोको कुनै दोष देख्दिनँ, म । लगानीका हिसाबले नेपाली फिल्म क्षेत्र अत्यन्त कमजोर छ । कमजोर लगानी भएपछि हिरोहरूले तन, मन र वचनले अभिनय गर्ने वातावरण हुदैन । उनीहरू धेरैभन्दा धेरै फिल्ममा अभिनय गर्ने दाउमा हुन्छन् । नेपाली कलाकारको बाध्यता हो, यो । हतारमा गरिएको अभिनय लतर-पतर त हुनै नै भयो । विदेशी फिल्ममा धेरै लगानी हुन्छ । एउटै फिल्मबाट राम्रो आर्थिक उपार्जन भएपछि त्यहाँका कलाकार तन, मन र वचनले काम गर्छन् । र, अभिनय पनि राम्रो हुन्छ ।

-राजेश राई  rajesh.kulung@gmail.com (nayapatrika)

एमालेभित्र विवाद चुलियो

२६ साउन, काठमाडौं । नेकपा एमालेभित्रको विवाद चुलिएको छ । अध्यक्ष झलनाथ खनालले पाँचौ चरणको प्रधानमन्त्रीको निर्वाचनको भोलिपल्ट भदौ ३ गते केन्द्रीय कमिटी बैठक डाकेपछि एमालेभित्रको विवाद चुलिएको हो ।
प्रभाशाली नेता केपी शर्मा ओलीलगायतका नेताहरुले राष्ट्रिय सहमतिका लागि भएका प्रयासहरुको समिक्षापछि पार्टीले अपनाईने रणनीतिकाबारे साउन ३० वा ३१ गते बैठक बोलाउनुपर्ने मागलाई लत्याउँदै अध्यक्ष खनालले भदौ ३ गतेका लागि बैठक डाक्ने निर्णय लादेपछि विवाद सतहमा आएको हो ।

ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य रामेश्वर फुयाँलले अनलाइनखबरलाई भन्नुभयो, ‘स्यालले बाख्राको पाठो लैजाँदा समेत लौरो छेउमा राखेर बसेको निरिह गोठालो जस्तो गरेर एमाले बस्नु ठिक होइन । मुलुकलाई सहि दिशातर्फ डोर्‍याउनका लागि उचित समयमा उचित निर्णय गर्नु आवश्यक छ ।’
‘राष्ट्रिय सहमति आफ्नो पार्टीको नीति हो, ‘ओलीले भन्नुभयो, ‘अध्यक्ष खनालले भदौ ३ गते केन्द्रीय कमिटी बैठक बोलाउनुको औचित्य छैन । मुलुकलाई निकास दिनका लागि साउन ३० वा ३१ गते समिक्षात्मक बैठक डाक्नु आवश्यक छ ।’
भदौ ३ गते बैठक बोलाउने अध्यक्ष खनालको प्रस्तावप्रति ओलीले असहमति जनाउँदै नोट ‘अफ डिसेन्ट’ जनाउनु भएका थियो ।
नेता ओलीले राष्ट्रिय सहमतिमा एकीकृत नेकपा माओवादीले भाँजो हालेको आरोप लगाउनुभएको छ । पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नु भएको सहमतिको प्रस्तावमाथि टिप्पणी गर्दै माओवादीले अनेक बाहनामा व्यवधान खडा गरेकाले सहमति हुन नसकेका आरोप ओलीले लगाउनुभयो ।
ओलीलगायत २० जना केन्द्रीय सदस्यहरुले प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन अघि नै केन्द्रीय कमिटी बैठक डाक्नुपर्ने भन्दै अध्यक्ष खनालको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएको फुयाँलले जानकारी दिनुभयो ।
भदौ २ गते अघिसम्म सहमतिका लागि भएको प्रयासहरुको समिक्षा गर्दै थप निर्णय गर्नुपर्ने उहाँहरुको जोड रहेपनि यसलाई वेवास्था गर्दै अध्यक्ष खनालले मनोपोली ढंगले भदौ ३ गतेका लागि बैठक डाक्नुभएको फुयाँलको आरोप छ ।
फुयाँलले भन्नुभयो, ‘पार्टीभित्रै एकतावद्ध तरिकाले निर्णय गर्न नसक्ने अध्यक्ष खनालले कसरी राष्ट्रिय सहमतिकालागि सार्थक पहल गर्न सक्छ ? उहाँको प्रतिप्रश्न थियो ।

भदौ ३ गते बैठक बोलाउने अध्यक्षका प्रस्तापप्रति असहमति जनाउने केन्द्रीय सदस्यमा ओलीसहित उपाध्यक्ष विद्यादेवी भण्डारी, उर्मिला अर्याल, कृष्णगोपाल श्रेष्ठ, टुका हमाल, भानुभक्त ढकाल, खगराज अधिकारी, गंगा डाँगी, तुलबहादुर गुरुङ, सुशीला नेपाललगायत २० जना रहेका छन् ।
उम्मेदवारी फिर्ता लेउः एमाले
बुधबार बसेको बैठकले राष्ट्रिय सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्रीका दुवै उम्मेदवारसँग औपचारिक आग्रह गरेको छ ।
बैठकले राष्ट्रिय सहमतिको विकल्प नभएको ठहर गर्दै यसका लागि अन्य दलसँग घनीभुत रुपमा छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष बामदेव गौतमले भन्नुभयो, ‘शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याई नयाँ संविधान जारी गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेकाले दुवै नेताले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन औपचारिक आव्हान भएको छ ।’
भदौ २ गतेसम्म पनि राष्ट्रिय सहमति निर्माण नभई बहुमतकै प्रक्रिया अघि बढे पाँचौ चरणको निर्वाचनमा पनि एमाले तटस्थ बस्ने गौतमको भनाई छ ।
बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै अर्का नेता प्रदीप ज्ञवालीले सहमतिका लागि अन्तिम समयसम्म प्रयत्न गर्ने निचोड बैठकले गरेको बताउनुभयो ।
भदौ २ गतेसम्म सहमतिका लागि सबै संयन्त्र प्रयोग गर्ने टुँगोमा पुगेको र भोलिदेखि नै सहमतिको प्रयत्न थाल्ने ज्ञवालीले बताउनुभयो । भदौ २ गतेसम्म पनि कुनै सफलता हात नलागेमा तटस्थ बस्ने र त्यसको भोलिपल्टै बैठक बसेर थप निर्णय गर्ने उहाँको भनाई छ ।
बुधबारको बैठकले सहमतिको साझा प्रस्तावका लागि अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नुभएको ८ बुँदे राजनीतिक प्रस्तावलाई पारित गरेको छ ।
ज्ञवालीले भन्नुभयो, ‘चार पटकसम्मको निर्वाचन विफल हुनुले पनि राष्ट्रिय सहमतिको विकल्प छैन भन्ने पुष्टि गरेको छ । यसर्थ पार्टीगत तथा व्यक्तिगत रुपमा पनि प्रधानमन्त्रीका प्रत्यासीद्वयले उम्मेदवारी फिर्ता लिनुको विकल्प छैन ।’
सहमतिको आधारको रुपमा एमालेले माओवादी लडाकूको समायोजना तथा पुर्नस्थापना, लडाकूको हतियारको टुंगो, नागरिक पार्टीमा रुपान्तरण हुनुपर्ने, कब्जा सम्पत्ती फिर्ता, वाइसिएलको अर्धसैन्य संरचना भंग, शान्तिप्रक्रियासँग जोडिएका आयोगहरुको गठन, संविधानका मुद्धाहरुमा रहेका विवादलाई टुंग्याएर छिटो भन्दा छिटो संविधान जारी गर्नु पर्ने रहेको छ ।
आफूहरुले अघि सारेको सहमतिका आधारबाट मात्रै नयाँ ढंगले अघि बढ्न सक्ने भन्दै नेता ज्ञवालीले नेतृत्वबारे आफूहरु खुल्ला रहेको बताउनुभयो ।

एमालेले निर्वाचनका क्रममा संसदमा देखिएको विकृतिप्रति खेद व्यक्त गर्दै यसले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रलाई नोक्सान पुर्‍याउने बताएको छ । संसदमा यस्ता खाले खेल नखेल्न पनि उसले सबैको ध्यानाकार्षण गरेको छ । यसअघि भएका चार पटकको निर्वाचनमा पनि एमाले सहमतिका लागि भन्दै तटस्थ बसेको थियो ।

एमाले लगायत चार मधेसवादी दल तटस्थ बसेपछि दुवै दलका उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि पाँचौ चरणको निर्वाचन भदौ २ गते हुँदैछ । भदौ दुई गते हुने प्रधानमन्त्रीको पाँचौं चरणको निर्बाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धी छन् ।
राष्ट्रिय सहमतिका लागि भन्दै माधबकुमार नेपालले प्रधानमन्त्री पदबाट असार १६ गते राजीनामा दिएपछि देश कामचलाउ सरकारको भरमा चल्दै आएको छ ।

बैठकपछि जारी गरिएको विज्ञप्तीको पूर्ण अंशः
२६ साउन २०६७

प्रेस विज्ञप्ति

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बुधबार मिति २०६७ साउन २६ गते पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा बस्यो । पार्टी अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा सम्पन्न बैठकले प्रधानमन्त्री निर्वाचनको जारी प्रक्रिया र पार्टीको दृष्टिकोण सम्बन्धमा गहन छलफल गरी राष्ट्रिय सहमतीको अपरिहार्यतामा पुनः जोड दिएको छ ।

शान्ति र संविधानका लागि राष्ट्रिय सहमतीको आधारमा अघि बढ्न बैठकले निम्नानुसारको विशेष राजनीतिक प्रस्ताव पारित गरेको छः

विशेष राजनीतिक प्रस्ताव
”१. यतिवेला मुलुकको प्रमुख राष्ट्रिय कार्यभार शान्ति प्रकृयाको पूर्णता र लोकतान्त्रिक संविधान निर्माण हो । संविधान निर्माणको लागि बाँकी अवधिभित्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर नयाँ संविधान निर्माण गर्ने लक्ष्य पुरा गर्नैपर्ने छ । उक्त राष्ट्रिय अभिभारा पूरा गर्न हाम्रो पार्टी आफ्नो तर्फबाट अधिकतम् पहल गर्न र सक्रिय भूमिका खेल्न पुनः प्रतिवद्धता व्यक्त गर्दछ ।
२. शान्ति र संविधानको सुनिश्चितता यतिवेलाको अनिवार्य आवश्यकता हो । शान्ति र संविधान हाम्रो साझा राष्ट्रिय लक्ष्य हो । यो लक्ष्य कसैको एक्लो प्रयत्नबाट मात्र पूरा हुन संभव छैन । त्यसका लागि राजनीतिक दलहरु वीच एकता, सहमति र सहकार्य अत्यावश्यक छ । त्यसकारण विद्यमान गतिरोध अन्त्य गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणको मूल काममा केन्द्रीत हुनका लागि राजनीतिक दलहरुका वीचमा राष्ट्रिय सहमति निर्माण गर्नु अपरिहार्य छ । नेकपा (एमाले) शान्ति र संविधानको लागि राष्ट्रिय सहमतिको पक्षमा उभिने दृढता ब्यक्त गर्दछ ।
३. सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमाभित्र सरकार गठन हुन नसकेपछि व्यबस्थापिका-संसदमा हाल चालु रहेको बहुमतीय सरकार निर्माणको प्रयत्न पनि सफल हुन सकिरहेको छैन । यस अवस्थामा फेरि पनि मुलुकलाई शान्ति र संविधान निर्माणको दिशामा अघि बढाउन राष्ट्रिय सहमति आवश्यक छ भन्ने कुरा व्यबहारबाट पुष्टि भइसकेको छ । त्यसकारण मुलुकलाई राष्ट्रिय सहमतिको दिशातर्फ अग्रसर बनाउन हाम्रो पार्टी संविधानसभामा रहेका सबै राजनीतिक पार्टीहरुलाई हार्दिक अपिल गर्दछ ।
४. पटकपटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसकेको अवस्थामा एनेकपा -माओवादी) र नेपाली काँग्रेसलाई आ-आˆनो उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिका लागि योगदान गर्न हाम्रो पार्टी, एनेकपा (माओवादी) र नेपाली काँगे्रससँग विशेष आग्रह गर्दछ ।
५. राष्ट्रिय सहमतिको ढोका खोल्न र प्रधानमन्त्री निर्वाचनको प्रक्रियालाई सहज बनाउनका निम्ति आवश्यकताअनुसार सहमतिबाट व्यवस्थापिका-संसदको नियमावली संशोधन गरिनुपर्दछ भन्नेमा संविधानसभामा रहेका सबै राजनीतिक दलहरुलाई हाम्रो पार्टी हार्दिक आग्रह गर्दछ ।

६. राष्ट्रिय सहमतिको लागि ठोस आधार निर्माण गरिनु पर्दर्छ । राष्ट्रिय सहमतिको आधारमा, क्यान्टोन्मेन्टमा रहेका माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना एवं हतियारको व्यवस्थापन गर्ने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने, कब्जा गरिएको घरजग्गालगायतका सम्पत्ति फिर्ता गर्ने, वाईसिएलको व्यारेकीय संरचना अन्त्य गर्ने, विगतमा राजनीतिक दलहरुका बीच भएका सहमतिअनुरुप शान्ति प्रकृयासँग जोडिएका आयोगहरु गठन गर्ने, सँविधानको अन्तर्वस्तुमा रहेका विवादहरुलाई शीघ्र समाधान गरी नयाँ लोकतान्त्रिक संविधान निर्माणको कामलाई अघि वढाउने, साझा सहमतिको न्यूनतम् कार्यक्रम वनाउने, सहमतिको सरकार निर्माणको विधि तय गर्ने, सरकारले पालना गर्ने आचारसंहिता बनाउनेजस्ता मूल विषयहरु समेटिनु पर्दछ ।

७. राजनीतिक दलहरुको सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्दछ । राष्ट्रिय सहमतिको सरकारको नेतृत्व राजनीतिक दलहरुको आपसी सहमतिका आधारमा चयन गरिनु पर्दछ ।
८. उपरोक्त प्रस्तावको आधारमा राजनीतिक दलहरु राष्ट्रिय सहमति र सहमतिको सरकार निर्माणका लागि आपसी वार्ता र छलफलको माध्यमबाट वृहद राष्ट्रिय एकता निर्माण गर्दै शान्ति र संविधान निर्माणको राष्ट्रिय अभिभारा पूरा गर्ने दिशामा अघि बढ्न नेकपा -एमाले) संपूर्ण राजनीतिक दलहरुलाई विशेष आव्हान गर्दछ । यस प्रस्तावलाई परिणाममुखी र सार्थक बनाउन नेकपा (एमाले) आजैका मितिदेखि आˆनो पहल र प्रयत्नलाई अघि बढाउने निर्णय गर्दछ ।”
केन्द्रीय कमिटीको आगामी बैठक २०६७ भदौ ३ गते विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा बस्ने तय भएको छ ।

उक्त प्रस्ताव र निर्णयमा केन्द्रीय कमिटीका उपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीसहित ११ पूर्ण र ७ बैकल्पिक सदस्य कमरेडहरुले असहमती जनाउँदै फरक मत दर्ज गर्नुभएको छ ।
प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाको क्रममा असंसदीय, अस्वस्थ र अमर्यादित क्रियाकलापहरु भएको भन्ने सार्वजनिक चर्चाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले सम्पूर्ण राजनीतिक दलहरुलाई त्यसप्रति सजग तुल्याउँदै मूल्य-मान्यताको राजनीतिमा अघि बढ्न आग्रह पनि गरेको छ ।

युवराज ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय

Saturday, August 7, 2010

विश्व आदिवासी दिवसको अवसरमा जलपान

काठमाडौं, श्रावण २२, नेपाल आदिवासी जनजाति महासंघले १६औं विश्व आधिवासी दिवसको अवसर पारेर शनिबार जलपान कार्यक्रमको आयोजना गर्‍यो ।
नयाँ बोश्वरमा आयोजना गरिएको कार्यक्रममा सभामुख सुभाष नेम्वाङ, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु सहभागी थिए ।

नेताहरुले आदिवासी जनजातिहरुको अधिकारलाई सुनिश्चित गर्नका लागि यस्ता खालका कार्यक्रमहरुले सघाउ पर्‍ुयाउने बताएका थिए । महासंघका अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिहरुको सवाल र समस्याहरुका बारेमा ध्यानाकर्षा गराउन र शुभकामना अदानप्रदान गर्न जलपान आयोजना गरिएको बताए । करिव दुइ हजार आदिवासी जनजाति अगुवा तथा शुभचिन्तकहरु कार्यक्रममा सहभागी भएका थिए ।
विश्व आदिवासी दिवसको तयारी
नेपाल आदिवासी जनजाति महासङ्घ मोरङ्ग समन्वय समितिले १६ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

'आदिवासी जनजातिका सबै विभेद र उत्पीडनको अन्त्य गर्ने अभियान, जाति भाषा र ऐतिहासिक आधारमा राज्य पुनःसंरचना सुनिश्चित भएको संविधान निर्माण' भन्ने नाराका साथ यही साउन २४ गते विश्व आदिवासी दिवस मोरङ्ग जिल्लामा भव्यरुपमा मनाउने तयारी पुरा भएको जनाएको छ ।
सङ्घ र आदिवासी पत्रकार सङ्घद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका मोरङ्ग अध्यक्ष देवराज चौधरीले आदिवासी जानजातिको भाषा, संस्कृतिको पहिचान, लोप हुन लागेको कलासंस्कृतिको संरक्षण र उनीहरुको जीवनस्तरमाथि उठाउनु नै महोत्सवको उद्देश्य रहेको बताए ।
मोरङ्गको जनसङ्ख्याको करिब ३९.२५ प्रतिशत अर्थात् करिब तीनलाख आदिवासी जनजातिको सङ्ख्या रहेको छ । (ekantipur)

Friday, August 6, 2010

३६ दिन सरकार नहुँदा...

काठमाडौ, श्रावण २२ - प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि मुलुक सरकारविहीन भएको आज ३६ दिन पुगिसकेको छ । राजनीतिक गतिरोधका कारण संसद्मा चार पटक चुनाव हुँदा पनि प्रधानमन्त्री चयन हुन सकेको छैन । अबको दस दिनमा अनपेक्षित ढंगमा राजनीतिक सहमति भएन भने प्रमुख दलहरूबीचको अविश्वासकै कारण भदौ २ मा पाँचौं पटक हुने चुनावबाट समेत प्रधानमन्त्री छानिने छैनन् । मुलुक यति लामो समय राजनीतिक अनिर्णयको बन्दी र सरकारविहीन भएको पहिलो पटक हो । सरकार बन्न नसक्ता साउनको चौथो सातासम्म नीति तथा कार्यक्रम र वाषिर्क बजेटसमेत आउन सकेको छैन । बजेट नआएकाले यस वर्ष विकास निर्माणका नयाँ योजना तथा कार्यक्रम सुरु हुन पाएनन् । फलस्वरूप मुलुकको राजनीतिक, आर्थिक तथा प्रशासनिक क्षेत्र अवरुद्ध र अस्तव्यस्तमात्र भएको छैन, मुलुकको विकास निर्माण ठप्प भएको छ भने आर्थिक विकाससमेत अवरुद्ध भएको छ ।
सरकारी कार्यालय गफका अखडा
बलराम बानियाँ
काठमाडौं- हरेक मन्त्रालयका सचिव, सहसचिवदेखि सहायक कर्मचारीसम्मको दिनचर्या काम गरेर होइन 'अब के हुन्छ ? र को कहिले प्रधानमन्त्री हुन्छ ?' भन्ने बहस गर्दैमा बित्ने गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिए पनि नयाँ सरकार लामो समयसम्म बन्न नसकेकाले उनीहरूको कार्यालय समय प्रायः राजनीतिक अन्योलबारे गफगाफमै बित्छ ।
प्रधानमन्त्री छान्न चारपटक चुनाव भए पनि नयाँ प्रधानमन्त्री टुंगो लाग्न सकेको छैन । एमाले र मधेसवादी मोर्चा तटस्थ रहेकाले दुई उम्मेदवार माओवादीका पुष्पकमल दाहाल र कांग्रेसका रामचन्द्र पौडेलमध्ये कुनैले बहुमत पुर्‍याउन सकेनन् । भदौ २ मा पाँचौंचोटि हुने चुनावबाट पनि टुंगो लाग्ने सम्भावना कमै छ । यति लामो समय प्रधानमन्त्री चयन हुन नसकी मुलुक सरकारविहीन रहेको यो सम्भवतः पहिलो हो । यसअघि २०६० मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले राजीनामा दिई कांग्रेस (प्रजातान्त्रिक) का तत्कालीन नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुन २५ दिन लागेको थियो । अहिले शाहीकालीन त्यो लामो रेकर्डसमेत तोडिइसकेको छ । वाषिर्क बजेट नआएका कारण समग्र प्रशासन संयन्त्रको समेत हात बाँधिएको छ ।
कामचलाउ सरकार भएका कारण असारमै आउने नीति तथा कार्यक्रम र वाषिर्क बजेट साउन चौथो साता भइसक्दा पनि आउन सकेको छैन । काम चलाउन पेस्की बजेट ल्याइयो । पेस्की बजेटबाट चार महिनाका लागि प्रशासनिक लगायतका साधारण खर्च चलाउन र चालू योजनालाई निरन्तरता दिन एक तृतीयांश खर्च गर्न पाइनेछ । 'वाषिर्क बजेट नआइन्जेल कुनै नयाँ कार्यक्रम सुरु गर्न पाइन्न, त्यसैले मन्त्रालयहरूमा काम छैन,' विज्ञान तथा प्रविधि सचिव रामहरि अर्यालले भने, 'गत वर्षको बजेट पिmज भयो, यो आर्थिक वर्षको बजेट आएकै छैन ।' अहिले अघिल्ला वर्षदेखिका चालू योजनामात्र सञ्चालित छन् । बजेटका कारण विभिन्न मन्त्रालयबाट प्रस्तावित नयाँ विकास आयोजना र कार्यक्रम सुरु हुन नसक्दा आर्थिक वृद्धिमा समेत नकारात्मक असर पर्ने प्रशासक बताउँछन् ।

'नयाँ सरकार नआई बजेट बन्दैन,' विकासे मन्त्रालयका एक सचिवले भने, 'नयाँ सरकारबाट संसद्मा नीति तथा कार्यक्रम र बजेट पेस गरी छलफल गरेर पारित गर्न, योजना आयोगबाट कार्यक्रम पारित गराएर विकास आयोजना र कार्यक्रमको ठेक्का प्रक्रिया सुरु गर्नै पुस-माघ लाग्छ, ठेक्का प्रक्रिया पूरा हुन अर्को एक-डेढ महिना लाग्छ, त्यही कारण विकास निर्माणका काम गर्ने समय जम्मा चार महिनामात्र बाँकी रहन्छ ।'

योजना आयोगका सचिव युवराज पाण्डेले समेत बजेट आउन नसक्ता विकास निर्माणमा नकारात्मक असर परिरहेको बताए । 'बजेट नआएसम्म नयाँ विकास निर्माणका काम रोकिएका छन्,' पाण्डेले भने, 'सरकार बनेर बजेट आएपछिमात्र विकास निर्माण र आर्थिक विकासको काम सुरु हुन्छ ।'

सरकार नहुनाले सबै केन्द्रीय सरकारी निकायसमेत सुनसान प्रायः भएका छन् । सबैजसो मन्त्रालय विभिन्न दलका आफ्नो जिल्ला र क्षेत्रमा विकास निर्माणका काम गराउन दबाब दिन आउने नेता, कार्यकर्ता, जनता र सभासदले भरिभराउ हुन्थे । सरकार नभएका बेला काम नहुने भएकाले राज्यको केन्द्रीय सचिवालय सिंहदरबारस्थित मन्त्रालयहरूमा बाहिरका मान्छेको आउजाउ हुनै छाडेको छ ।

राजीनामापछि प्रधानमन्त्री एकाध पटकमात्र कार्यालय आएका छन् भने धेरैजसो मन्त्री दिन बिराएर आउँछन्, आए पनि पूरा समय कार्यालयमा बस्दैनन् । ऊर्जामन्त्री प्रकाशशरण महत, कृषिमन्त्री मृगेन्द्रसिंह यादव, विज्ञान तथा प्रविधिमन्त्री इन्द्र ढुंगेल, वातावरणमन्त्री ठाकुर शर्मासहित केही मन्त्री भने दिनहुँ आउँछन् । प्रधानमन्त्रीको राजीनामापछि कार्यालयमा एकपटक पनि नआउनेमा संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठ छन् । मन्त्री आउने मन्त्रालयका उच्च प्रशासकहरू भने दबाबमा केही निर्णय गर्नुपर्ने हो कि भन्ने त्रासमा छन् । कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र आकस्मिकबाहेक अरू काम या निर्णय गर्न नपाउने प्रचलन छ । तर मन्त्रालयमा आइरहने मन्त्रीहरूले भने नयाँ निर्णय गर्नमात्र होइन कर्मचारी सरुवा गर्न सधैंजसो दबाब दिने गर्नाले सचिव, सहसचिव र विभागीय प्रमुखहरू साह्रै असजिलो र दबाबमा परेको जानकारी उच्च अधिकारीहरूले दिए । 'कामचलाउ मन्त्रीले नयाँ निर्णय गर्नसमेत दबाब दिन्छन्, साह्रै अप्ठ्यारो छ,' एक सचिवले भने । उच्च प्रशासकहरूलाई त्यस्तो दबाब वन, भूमिसुधार, भौतिक योजना तथा निर्माण र श्रम तथा यातायातलगायतका मन्त्रालयमा बढी छ । त्यस्ता मन्त्रालयका सचिव, सहसचिव मन्त्री आउनासाथ केही काम देखाएर कार्यालयबाट चाँडै निस्कने या बिदामा बस्ने गरेका छन् ।

अर्थतन्त्र डामाडोल
गोकर्ण अवस्थी
काठमाडौं- सरकारविहीनतासँगै बढेको अराजकताले ठूला परियोजनादेखि सर्वसाधारणको चुलोसम्मै प्रत्यक्ष असर पर्दै गएको छ । सरकार कामचलाउ हुँदा काला बजारियाको मनपरि बढेको छ भने कर्मचारीतन्त्रमा जवाफदेहिता घटेको छ । असार अन्तिम साता अत्यधिक मूल्य बढेपछि बजार अनुगमन प्रयास गरेको वाणिज्य विभागले पनि काला बजारियाको चलखेल बढेको जनाएको छ । 'राजनीतिक अस्थिरताका बेलामा काला बजारियाहरूको गतिविधि बढ्दो रहेछ,' विभागका महानिर्देशक अनिल ठाकुरले भने ।

सरकारले मूल्य नियन्त्रणको प्रयास भइरहेको बताए पनि सर्वसाधारणको चुलो खर्च दिन प्रतिदिन बढिरहेको छ । सरकारी तथ्यांकले नै दोहारो अंकमा बजार भाउ बढिरहेको देखाउँछ ।
तत्कालका लागि जीवनयापन खर्च अकासिएको छ भने विकास निर्माण प्रभावित हुँदा भोलिको सम्भावना पनि क्षीण भइरहेको छ । दातृ निकायको सहयोगमा निर्भर विकास खर्च नहुँदा सहायता नै प्रभावित भइरहेको छ । 'दातृ निकायले त आपmनो रकम दिन्छन्,' अर्थविद् विश्वम्भर प्याकुरेलले भने, 'नेपालमा सरकार नभए उनीहरूले अरू देशमा लगानी गर्छन् ।' समयमा काम पूरा नगरेका कारण दातृ निकायबाट शोधभर्नाबापत पाउनुपर्ने करिब २० अर्ब रुपैयाँ सरकारले पाउन सकेको छैन । यो रकम पाएको भए शोधनान्तर घाटा १५ अर्ब रुपैयाँले बचत हुन्थ्यो । यस वर्ष पनि समयमा बजेट नआएपछि यो रकम आउने सम्भावना न्यून छ ।

सरकारविहीनताको अवस्थामा व्यवसायीहरूले पनि धम्की र चन्दा आतंक बढेको बताएका छन् । धम्की आउने क्रम बढेको र रकम तोकेरै चन्दा माग भइरहेको उद्योग वाणिज्य महासंघले जनाएको छ । 'यस वर्षको बजेटले औद्योगिक सुरक्षा बल ल्याउने भनेको थियो,' महासंघका महानिर्देशक हेमन्त दवाडीले भने, 'बजेटसँगै यो पनि अलपत्र पर्‍यो ।' सरकार नभएर विश्वासको कमी भएकाले लगानी हुन नसकेको उनले बताए । यता निकै कस्साकस्सीपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छाप्ने टुगो लागे पनि यतिखेर छपाइ खर्च जुटाउन सरकारलाई निकै कसरत गर्नुपरेको छ । नयाँ सरकार र योसँगै नयाँ आर्थिक वर्षको पूरा बजेट पनि अन्योलमा परेपछि रकमको व्यवस्था मिलाउन यतिखेर अर्थमन्त्रालय परराष्ट्र र राष्ट्र बैंकसँग छलफल गरिरहेको छ ।
'बजेट अभावले प्रभावित नहोस् भन्नेतर्फ सचेत छौं,' अर्थमन्त्रालय बजेट महाशाखा प्रमुख बोधराज निरौलाले भने । एमआरपीका लागि तत्काल २५ करोड रुपैयाँ आवश्यक पर्छ । गत वर्ष भएको खर्चको एक तृतीयांशमात्रै उपलब्ध गराउने हो भने छपाइ प्रक्रिया फेरि एक पटक अन्योलमा पर्छ ।

गत वर्ष ८ करोड रुपैयाँ मात्रै एमआरपीका लागि छुट्टयाइए पनि ठूलो रकम खर्च हुन सकेको छैन । (ekantipur)

'काउन्सलरद्वारा माओवादी नेतालाई ज्यान मार्ने धम्की'

माधव ढुङ्गेल, काठमाडौं, साउन २२ - एकीकृत माओवादीका केन्द्रीय सदस्य सभासद् रामकुमार शर्माले आफूलाई भारतीय दूतावासका एक काउन्सलरले 'फेरि तराई-मधेस लोकतान्त्रिक पार्टीमा नफर्के अपहरण गर्ने र ज्यान मार्ने धम्की दिएको' रहस्य सार्वजनिक गरेका छन्। बाहिरी दबाब र हस्तक्षेपका कारण पार्टीहरू माओवादी पक्षमा लाग्न नसकेकाले सरकार बन्न नसकेको दाबी गर्दै उनले यो रहस्य खोलेका हुन्।

संविधानसभा भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री चयनका लागि भएको मतदान सकिएलगत्तै बाहिर निस्केका सभासद् शर्माले शुक्रबार दिउँसो १२ बजे दास थरका काउन्सलरले आफूलाई धम्की दिएको बताए। खुल्ला प्रतिस्पर्धाबाट छानिएर भारतमा पढिरहेकी आफ्नी छोरीलाई फिर्ता पठाउने धम्की दिएको पनि उनले बताए।

शर्मा तमलोपाको उम्मेदवारका रूपमा ०६४ चैत २८ को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन्। ठिक एक वर्षअघि साउन २१ कै दिन उनी माओवादी प्रवेश गरेका थिए। अहिलेको सत्ता समीकरणको खेलमा उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसवादी दलसँग 'डिल' गर्ने विशेष जिम्मेवारी दिएको स्रोतले जानकारी दियो।
'हिजोदेखि काउन्सलर र राजदूतको मसँग कुरा भएको छ। उहाँहरूले तपाईं पनि मधेसको मान्छे, विद्रोह गरेर माओवादीमा गएकै कारण भाँडभैलो मच्चिएको छ, तपाईं पुनर्विचार गर्नुस् भनेर हिजो अलिक कूटनीतिक ढंगले कुरा आयो,' शर्माले भने, 'तर आज काउन्सेलर दास भन्नेले मलाई १२ बजे स्पष्ट रूपमा धम्की दिनुभो। उहाँले अपहरण गर्ने र ज्यान मार्ने धम्की दिनुभो।'

शर्माले योग्यताका कारण दुई हजार विद्यार्थीको प्रतिस्पर्धाबाट १३ जनाभित्र नाम निकालेकी छोरीलाई समेत स्कुलबाट निकाल्ने धम्की दिएको उनले बताए। 'यसपालि एसएलसीमा ८६ प्रतिशत अंक ल्याएर मेरिटले केन्द्रीय विद्यालयमा आइएस्सी पढ्ने मेरी छोरीसम्मलाई स्कुलबाट निकाल्ने र मेरो ज्यान मार्ने धम्की आएको छ,' उनले भने।
सरकार बन्न नदिन विदेशी हस्तक्षेप भएको आरोप लगाउँदै उनले भने, 'म सभासद् र माओवादीको केन्द्रीय सदस्यलाई ज्यान मार्ने, अपहरण गर्ने र मेरिटले केन्द्रीय विद्यालयमा भर्ना भएकी छोरीलाई निकाल्ने धम्की दिनुले के प्रमाणित गर्छ?'
शर्माले कडा शब्दमा भने, 'यसरी नाङ्गो रूपमा एम्बेसीको काउन्सलरले गुण्डागर्दीको भाषा प्रयोग गर्छन् भने यो देशका पार्टीहरू कति सुरक्षित होलान्, यहाँका सभासद्हरू कति प्रेसरमा होलान्, यो सरकार नबन्नुमा के कारण होला?'

मोबाइलको रिसिभिङ कलमा रेकर्ड भएको नम्बर देखाउँदै उनले भने, 'भारतीय एम्बेसीका काउन्सलरले ४-५ पटक ९८५११०७००५ नम्बरको मोबाइलबाट फोन गरे। यो नम्बर रिसिभिङ कलमा हेर्न सक्नुहुन्छ, म देखाउँछु। यो अत्याचारको, भारतीय थिचोमिचोको चरम नमूना हो। स्वाभिमानी नेपाली भएको नाताले, जनप्रतिनिधि भएको नाताले मलाई जेसुकै होस्, म बाँचौं, मरौं जेसुकै होस्, नेपाली जनतालाई भन्न आवश्यक ठानेँ।'

शर्मा ०६३ माघमा भएको मधेस आन्दोलनका कमाण्डर हुन्। उनले तत्कालीन नेकपा (मानन्धर) को विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। प्रजातन्त्र प्राप्तिपछि सीतानन्द राय, जीतेन्द्र देवसँगै ०५० मा एमाले प्रवेश गरेका उनी ०५७ सम्म वन मन्त्रालयअन्तर्गत 'रेन्जर' को जागिर खान्थे। त्यसपछि राजीनामा दिएर माओवादीको पूर्णकालीन कार्यकर्ता बने।
०६३ माघमा मधेस आन्दोलन परिचालन कमिटीका संयोजक रहेका शर्मा मधेसीको भावनाविपरीत उपेन्द्र यादवले सम्झौता गरेको आरोप लगाउँदै त्यहाँबाट अलग भए। सात सदस्यीय कमिटीमध्ये चारजनाले फोरम छाडे। उनीसँगै फोरम छाड्नेमा जीतेन्द्र सोनार, किशोर विश्वास, भाग्यनाथ गुप्ता थिए।



तमलोपाका १७ जना संस्थापकमध्येका शर्मा संयुक्त महामन्त्री बने। 'मधेसमा असल क्रान्तिकारी पार्टी बनाउने चाहना थियो,' शर्माले भने, 'पञ्चायती पृष्ठभूमिका, ज्ञानेन्द्र सरकारमा रहेका र एमाले-कांग्रेसको राजनीतिमा असफल भएका थोत्रा मान्छेमात्र पार्टी सचिवालयमा राखेपछि त्यो चाहना पूरा नहुने देखेँ।'

आफू पहिलेदेखि माओवादी भएकाले त्यहीँ गएको कुरा उनले माओवादी प्रवेश गरेलगत्तै नागरिकलाई बताएका थिए। ०६४ चैत २८ गते भएको संविधानसभा निर्वाचनमा शर्मा महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष रूपमा विजयी भएका थिए। (nagariknews)

Thursday, August 5, 2010

माओवादीका पासवान र नदाफ सांसदमा निर्वाचित

काठमाडौ, श्रावण २० - निर्वाचन आयोगले माओवादीका तर्फाट रामकुमार पासवान र फरमुद नदाफलाई संविधानसभाको रिक्त सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको छ ।

समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका मातृकाप्रसाद यादव र जगत्प्रसाद यादवको पद रिक्त भएकोले माओवादीको सिफारिसअनुसार मेधसी पुरुष समूहबाट प्रतिनिधित्व गर्ने पासवान र नदाफलाई सो पदमा निर्वाचित गरिएको आयोगले जनाएको छ ।

मातृकाप्रसाद यादव र जगत्प्रसाद यादवले माओवादी पार्टी परित्याग गरेका कारण सो पार्टीबाट निष्काशित गरिएका हुन् ।

नवनिर्वाचित सभासद् नदाफ र पासवान माओवादीको सशस्त्रयुद्धका बेलादेखि नै माओवादीमा आवद्ध रहेको माओवादीले जनाएको छ ।

४५ वर्षीय नदाफ एमाओवादीको निकट मुस्लिम राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य र ३२ बर्षीय पासवान एमाओवादीको निकट नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा (एकीकृत) को मिथिला राज्य समिति संयोजक हुन् ।

उनीहरूलाई निर्वाचन आयोगले बिहीबार नै स्वीकृतिसहित प्रमाणपत्र दिइसकेको सो पार्टी केन्द्रीय सदस्य विकेश श्रेष्ठले जानकारी दिए ।

नवनिर्वाचित सभासदद्वयले भोलि नै सपथ लिई चौथोपटक हुने प्रधानमन्त्री पदको निर्वाचनमा मतदान गर्ने बताइएको छ ।

माओवादीको सभासद् सङ्ख्या हाल २३७ रहेकोमा नदाफ र पासवान चुनिएपछि २३९ हुनेछ । (कान्तिपुर)

Wednesday, August 4, 2010

आज शैक्षिक संस्था बन्द

काठमाडौ, श्रावण २० - त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह खारेज गरेको बिरोधमा आन्दोलनरत् ११ विद्यार्थी संगठनले मुलुकभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गराएका छन् ।

चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका उनीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार शैक्षिक संस्था बन्द गराएको हो । यसअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी र क्याम्पस अगाडि चक्काजामको कार्यक्रम उनीहरुले गरेका थिए । (
कान्तिपुर)