Showing posts with label FEATURE NEWS. Show all posts

Monday, November 14, 2011
Sunday, September 26, 2010
Sunday, August 15, 2010
Saturday, August 14, 2010
Friday, August 13, 2010
Wednesday, August 11, 2010
प्रधानमन्त्रीका दुबै उम्मेदवारलाई पछि हटाउन माओवादी लाग्ने
काठमाडौँ, साउन २७ (नागरिक)- एकीकृत माओवादीले प्रधानमन्त्रीको पाँचौ पटकको निर्वाचन अगावै दुबै प्रत्यासी उम्मेदवारलाई फिर्ता गराउनेबारे केन्द्रीय समितिमा छलफल गर्ने भएको छ। बिहीबारदेखि हुन लागेको माओवादी केन्द्रीय समितिको बैठकको मुख्य एजेण्डा भदौं २ मा हुने प्रधानमन्त्री चुनावमा केन्द्रीत छ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार गठन प्रक्रिया, पार्टीको भावी संगठन, राज्यस्तरीय भेला र विस्तारिक बैठक आयोजना गर्नेबारे केन्द्रीय समितिले योजना बनाउने बताए।
माओवादीको गत साताको पदाधिकारी बैठकले साझा सहमतिको उम्मेदवार खोज्न दुबै प्रत्यासीले प्रस्ताव फिर्ता लिन पहल गर्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालले गत सोमबार अर्का प्रत्यासी रामचन्द्र पौडेललगायत कांग्रेसका नेताहरूसँग उम्मेदवारी फिर्ता लिन औपचारिक प्रस्ताव गरेका थिए।
माओवादीले उक्त प्रस्ताव राखेको भोलिपल्ट पौडेलले बहुमतीय प्रणालीबाटै प्रधानमन्त्री चयन हुनुपर्ने धारणा सार्वजनिक गरे। केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले साझा उम्मेदवारी चयनका लागि पहल गर्न कांग्रेसलाई आग्रह गर्ने र त्यसको परिणाम केन्द्रीय समितिसमक्ष राख्ने निर्णय गरेको छ।
‘जनआन्दोलनको सहयात्री दल, संविधानसभामा रहेको तेस्रो ठूलो दलले दुबै उम्मेदवारलाई फिर्ता लिन आग्रह गरेकोले माओवादी पनि फिर्ता लिन तयार छ भन्ने पार्टीको मान्यता हो', माओवादी स्रोतले भन्यो, ‘तर दोस्रो ठूलो दल नेपाली कांग्रेस तयार भने हामी पनि फिर्ता तयार छौं भन्ने आसयको निर्णय हुनसक्छ।'
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ‘टिपोट दस्तावेज' ल्याउने तयारी गरेका छन्। केन्द्रीय समिति बैठकअघि बिहीबार विहान माओवादीको पदाधिकारी बैठक बस्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको चुनावको परिणाम र पार्टीको भावी कार्यदीशाबारे माओवादीका एक सय ४८ जना केन्द्रीय समितिलाई बोल्न दिइने तालिका तय गरिएको छ। सबैबाट राय लिएपछि बैठकले प्रधानमन्त्री चुनावी दौढमा ‘जित-हार' समिक्षा गर्नेछ।
बैठकमा भारतीय विशेष दुत श्याम शरण नेपाल आउँदा पार्टीले सामुहीक रुपमा भेटेपछि पनि अध्यक्ष दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले छुट्टाछुट्टै भेटेको विषयमा उत्पन्न नेताको प्रतिक्रियाबारे पार्टीमा बहस हुने अनुमान गरिएको छ।

हनिमुन मनाउन स्विट्जरल्यान्डबाट साइकलमा
मनोज बस्नेत, काभ्रे, श्रावण २७ - हनिमुन जस्तो नितान्त व्यक्तिगत मामिलालाई उनीहरू सार्वजनिक प्रयोजनमा उपयोग गर्न चाहन्थे । त्यो पनि जोखिम मोलेर । तर यसको विश्वास उनीहरूका चिनारुलाई थिएन । त्यसलाई उनीहरूले चुनौतीका रूपमा लिए र त्यसको पटाक्षेप उनीहरूले अपेक्षा गरेझैं रह्यो ।
स्विजरल्यान्डका ५६ वर्षे मारियो र ४६ वर्षे मोनिकालाई धन्यवाद । उनीहरूले जोखिमपूर्ण साइकलायात्रा गरी यहाँ आउन्जेल जोहो गरेको र जुटाएको केही रकम विपन्न नेपालीको उपचारमा प्रदान गरे ।
उनीहरू साढे ३ महिनाअघि स्विजरल्यान्डको चुग गाउँमा वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरूले आफ्नो हनिमुनबारे धेरैलाई जानकारी गराउन चाहन्थे । त्यस क्रममा स्विजरल्यान्डदेखि सिन्धुपाल्चोकको बाहुनेपाटी गाविसमा रहेको धुलिखेल अस्पतालको स्वास्थ्य केन्द्रसम्म साइकलयात्रा गर्ने अठोट गरे । विवाहलगत्तै थालिएको यात्राको उद्देश्य उक्त केन्द्रलाई सहयोग गर्नु थियो ।
'साइकलयात्रा गरेर हामी हनिमुन मनाउन नेपाल जान्छौं भन्दा कसैले विश्वास गरेका थिएनन्,' मोनिकाले भनिन्, 'तर हामी साइकलबाटै नेपाल पुग्ने र गरिब बिरामीलाई सहयोग गर्ने लक्ष्य लिएर हिँड्यांै । आज त्यो पूरा भयो ।'
उनीहरू बुधबारै धुलिखेल अस्पताल आइपुगेका हुन् । 'हाम्रो हनिमुन सबैले थाहा पाउने गरी मनाउन चाहन्थ्यांै,' उनले सुनाइन् । यसका लागि उनीहरूले जर्मनी, अस्ट्रेलिया, स्लोभाकिया, रसिया, ताजकिस्तान र पाकिस्तान हुँदै साइकलमा ७ हजार किलोमिटर छिचोल्नुपर्यो । त्यस क्रममा परिवार, साथीभाइ, विभिन्न देशका मनकारीहरूबाट उनीहरूले आर्थिक सहयोग जुटाए । मारियोका अनुसार करिब ५० हजार डलर जम्मा भएको छ ।
'हाम्रो साइकलयात्रा पूरा भयो,' उनले भने, 'जुन उद्देश्य लिएर हिँडेका थियांै, त्यो राम्ररी पूरा भयो,' आफूले गरेको सानो कामले धेरैलाई फाइदा पुग्ने हुँदा धैरै खुसी लागेको उनले बताए ।
मारियोका अनुसार उनीहरू दैनिक ६ घन्टा साइकलमा हिँड्ने गरेका थिए । 'हामी १ दिनमात्र बिरामी पर्यौं,' उनले भने । बुधबार बिहान धुलिखेल अस्पताल पुग्दा उनीहरूले यात्राका सबै कठिनाइ बिर्सेको झल्को अनुहारमा टल्किरहेको थियो ।
अस्पताल प्रमुख डा. रामकण्ठ मकाजु श्रेष्ठले माला पहिर्याएर उनीहरूलाई स्वागत गरे । उनीहरूको सम्मानका लागि अस्पतालको गेटदेखि २ सय मिटर वरसम्म चिकित्सक र कर्मचारीहरू हातहातमा पुष्पगुच्छा लिएर खडा थिए । त्यो सम्मानबाट उत्पन्न खुसी मोनिकाका आँखाबाट झरिरहेको थियो । दुवै पाहुना सबैलाई नमस्ते भन्दै कृतज्ञता प्रकट गरिरहेका थिए । उनीहरूले अस्पतालको आकस्मिक कक्ष र प्रसूति कक्ष अवलोकनसमेत गरे ।
'उनीहरूले विवाह गर्दा म चुगमै थिएँ,' डा. श्रेष्ठले सम्भिmए, 'मैले त्यहाँको अस्पतालमा एउटा कार्यपत्र प्रस्तुत गरेको थिएँ । त्यही कारण उनीहरू गरिब बिरामीका लागि केही सहयोग गर्न चाहन्थे, जुन आज पूरा भयो ।' (ekantipur)

Tuesday, August 10, 2010
एमालेले कांग्रेसलाई सर्मथन गर्ने सम्भावना बढ्यो
काठमाडौ, श्रावण २६ - प्रधानमन्त्रीको निर्वाचनमा एमालेले कांग्रेसका उम्मेदबार रामचन्द्र पौडेललाई सर्मथन गर्ने सम्भावना बढेर गएको छ ।
बुधबार प्रधानमन्त्रीका प्रत्यासी पौडेल र एमाले अध्यक्ष झलनाथ खनालबीच उनकै निवास डल्लुमा भएको भेटवार्तामा खनालले उक्त सम्भावना देखाएको कांग्रेसका एक नेताले कान्तिपुरलाई जानकारी दिए । उनले भने, 'एमालेले कांग्रेसको पैचो तिर्न नै बाँकी छ भने, अर्कोतिर लोकतान्त्रिक गठबन्धन नतोड्ने सहमती पनि भएको छ ।'
यसरी पाँचौं चरणको प्रधानमन्त्रीको निर्वाचन नजिकै जाँदा एमालेलाई कुन उम्मेदबारलाई सर्मथन गर्नेबारे बाहय र आन्तरिकरुपमा दवाव बढ्दै गएको छ । यस अघिका निर्वाचनमा एमाले तटस्थ बस्दै आएको थियो । (ekantipur)

Monday, August 9, 2010
माओवादीले सभासद किन्न ५ करोड खर्च गर्योःओली
पर्वत पोर्तेल
काँकडभिट्टा, श्रावण २५ - एमाले नेता केपी ओलीले प्रधानमन्त्रीको चुनावमा माओवादीले सभासद खरिद गर्न ५ करोड खर्च गरेको दावी गरेका छन् ।
'सीपी मैनालीको पार्टी फुटाउन उसले ५ करो खर्चिएको छ', एमालेका प्रभावशाली नेता ओलीले भने,'सर्वहारा पार्टीले पूजीपति पार्टीका सभासद खरिद गर्ने काम भइरहेको छ ।'
विद्यालय निरीक्षणका लागि हाल झापामा रहेका ओलीले एमाले कार्यकर्तासंगको एक भेटघाटमा माओवादीको नेतृत्वमा सरकार वन्न नसक्ने पुरानो अडान दोहोर्याएका छन् । 'उसको -माओवादी) नेतृत्व कुनै पनि हालतमा स्वीकार्य हुदैन, ' माओवादीप्रति लक्षित गर्दै ओलीले भने,'नागरिक पार्टी नभएसम्म उसलाई नेतृत्व दिन सकिदैन । ' उनले विगतका सहमति कार्यान्वयन गरे नेतृत्वका लागि सोच्न सकिने ओलीको कथन थियो । 'हिंसाको वाटो, सत्ता कव्जा, हतियार मोह र लडाकु नछाडेसम्म नेतृत्व दिन मिल्दैन ', सधैझै माओवादी प्रति कडा रुपमा प्रस्तुत भएका ओलीले भने, 'हाम्रो वटम लाइन यही हो । '
माओवादीलाई मुखुण्डोधारी पार्टीको संज्ञा दिदै उनले हतियार नछाडेसम्म सत्ता पाउने दिवास्वप्न त्याग्न आग्रह गरे । माओवादीले लडाकु भर्ती गर्ने वताइरहेका वेला नेता ओलीले भर्ति गरेर देखाउन चुनौती दिए । उनले भने, ' हिम्मत छ भने भर्ति गरेर देखाओस । '
एक अर्को प्रसंगमा ओलीले वुधवार वस्ने पार्टीको केन्द्रीय कमिटी वैठकले प्रधानमन्त्रीका विषयमा ठोस निर्णय गर्ने बताएका छन् । वैठकले कांग्रेसलाई सघाउने निर्णय हुन सक्ने संकेत उनले गरे । ओलीले झापाको धाइजनस्थित वलभद्र जनता उच्च मावि र वाहुनडागीको मेची जनसाधारण माविको अवलोकन भ्रमण गरेका छन् । उनले सोमवार (आज ) घैलाडुव्वालगायतको वाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । (ekantipur)

Sunday, August 8, 2010
भट्टराईले शरणलाई भेटेकामा विवाद
गंगा बीसी
काठमाडौ, श्रावण २४ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत श्याम शरणलाई छुट्टै भेटेपछि पार्टीमा विवाद उत्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहालनिकट स्थायी समिति सदस्य वर्षमान पुनले शरणलाई भेटेकोबारे भट्टराईले स्पष्टीकरण दिनुपर्ने माग गरेपछि विवाद भएको हो ।
माओवादी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम शरणले बिहीबार बिहान अध्यक्ष, तीनै जना उपाध्यक्ष, महासचिव र विदेश विभाग प्रमुखलाई संयुक्त रूपमा भेटेका थिए भने अपराह्न राजधानीको बत्तीसपुतली स्थित होटल द्वारिकाजमा उपाध्यक्ष भट्टराईलाई २ घन्टा छुट्टै भेटेका थिए । फर्किनुअघि शुक्रबार उनले अध्यक्ष दाहाललाई पनि त्यही होटलमा छुट्टै भेटेका थिए । माओवादी स्रोतअनुसार दुवै नेताले सल्लाहमै छुट्टाछुट्टै भेटे पनि दाहालनिकट नेताहरूले भट्टराईको भेटप्रति आशंका गरेका हुन् ।
नेता पुनले शनिबार बीबीसी नेपाली सेवासँगको वार्तामा भट्टराईले शरणलाई एक्लै भेट्नु 'गल्ती' भन्दै स्पष्टीकरण माग गरेका हुन् । 'अलग्गै भेट्नु भएको छ । त्यो गल्ती हो । पार्टीभित्र स्पष्टीकरण दिनुपर्ने हुन्छ,' उनले आपत्ति जनाउँदै भने, 'उहाँले अलग्गै भेट्नुपर्ने के रह्यो ?'
उनले भट्टराईलाई पार्टीभित्र भारतको नजिक भएको भनेर प्रश्न उठेको पनि आरोप लगाए । 'बाबुरामजीले छुट्टै भेट्नु भो, त्यो गल्ती हो । पार्टीका अध्यक्ष र उपाध्यक्षले समूहमा भेटेपछि एक्लै भेट्न जानुपर्ने त्यस्तो के पर्यो ?' पुनको भनाइ छ, 'जब कि पार्टीभित्र उहाँलाई भारतसँग नजिक भनेर प्रश्न उठेको छ ।'
करिब डेढ वर्षपहिले अध्यक्ष दाहालले ललितपुरको एक कार्यक्रममा भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिएको बताएपछि पनि पार्टीमा चर्को विवाद भएको थियो । प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया चलिरहेका बेला दाहालनिकट नेताले भट्टराईलाई भारतनजिक भएको आरोप लगाएका हुन् ।
भारतले पार्टीभित्र खेल्न चाहेको र आफ्नै नेताहरूले पनि त्यस्तै गरेको पुनको बुझाइ छ । 'माओवादीभित्र भारत खेलेको देखियो । हाम्रैभित्रका नेताहरू कोही पनि खेल्न चाहेका छन्,' उनले भने, 'त्यसले राम्रो गर्दैन, हामी पार्टीभित्र छलफल गर्छौं ।'
तर भट्टराई पक्षका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले अध्यक्ष र उपाध्यक्षले कुनै देशको कूटनीतिज्ञलाई बेग्लाबेग्लै भेट्नु आपत्तिजनक नभएको बताए ।
'कुनै कूटनीतिज्ञलाई वरिष्ठ नेताहरूले छुट्टै भेट्नु आपत्तिजक होइन,' उनले कान्तिपुरसँग भने, 'यसरी वरिष्ठ नेतालाई आरोप लगाउनु राम्रो होइन ।' उनले बेलाबेलामा उपाध्यक्ष भट्टराईलाई 'भारत परस्त बनाउन खोजेर चरित्रहत्या गर्ने प्रयास भइरहेको' बताए । 'बाबुरामजीमाथि बिल्ला लगाउने यो शृंखलाको निरन्तरता मात्रै हो,' उनले भने, 'यदि हो भने तथ्यले पुष्टि गर्नुपर्छ ।'
गत साता नेपाल भ्रमणमा भएका बेला शरणले दाहाल र भट्टराईलाई छुट्टाछुट्टै भेट्न चाहेको बताएका थिए । त्यसपछि दुवै नेताले सहमतिमै फरक-फरक समयमा भेटेको एक नेताले बताए ।
पछिल्लो समयमा विभिन्न देशका कूटनीतिज्ञले दाहाल र भट्टराईलाई फरक-फरक भेट्ने गरेका छन् । दाहाल र भट्टराईबीच सम्बन्ध टाढिएपछि कूटनीतिज्ञले अलग अलग भेट्न थालेका हुन् । त्यसअघि दुवै नेताले कूटनीतिज्ञलाई संयुक्त रूपमा भेट्ने परम्परा बसालेका थिए ।
प्रधानमन्त्री निर्वाचन भइरहेका बेला साउन दोस्रो साता भट्टराईले बहुमतीय सरकारले शान्ति र संविधान निष्कर्षमा पुर्याउन नसक्ने बताएपछि दाहाल असन्तुष्ट भएका थिए । उनीनिकट नेताहरूले पार्टी निर्वाचनमा होमिएका बेला भट्टराईले बहुमतीय सरकारले समाधान हुँदैन भनेकामा आपत्ति जनाएका थिए । (ekantipur)

दक्षिण एसियाको गरिबीमा नेपाल
दक्षिण एसियालाई विशाल भूराजनीतिक, सामाजिक तथा सांस्कृतिक विविधताको घर भन्ने गरिन्छ । यस क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या १.४ अर्ब छ, जुन विश्वको कुल जनसंख्याको २२.२ प्रतिशत हो । दक्षिण एसियाको कुल जनसंख्याको औसत ३१.७ प्रतिशत मानिस गरिब छन् ।
सार्क राष्ट्रहरूमा माल्दिभ्स अरू मुलुकका दाँजोमा गरिबी कम भएको देश हो । माल्दिभ्सलाई छाडेर अन्य मुलुकको गरिबी हेर्ने हो भने २६.७ देखि माथि झन्डै ५० प्रतिशतसम्म रहेको छ । माल्दिभ्सको गरिबीको प्रतिशतचाहिँ सबैभन्दा कम छ, १३ प्रतिशत । नेपालको गरिबी ३८ प्रतिशत छ भने भारतको २६.१ रहेको छ । सबैभन्दा गरिब बंगलादेश रहेको छ । यहाँ ४९.८ प्रतिशत नागरिक गरिब छन् ।
दक्षिण एसियामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा उपलब्ध गराइनुपर्ने आवश्यक सुविधा तथा सहायता प्रणाली न्यून छ । त्यसैले पनि यस क्षेत्रले सक्षम जनशक्तिलाई भरपूर उपयोग गर्न सकेको छैन । न त राज्यले यस क्षेत्रका नागरिकलाई रोजीरोटीको व्यवस्था गर्न सक्नेसम्म बनाउन सकेको छ । अशिक्षाले पिरोलिएको यस क्षेत्रका नागरिकलाई उपचार सम्भव भएका र खर्च पनि धेरै नलाग्ने खालका रोगहरू क्षयरोग, मलेरिया, श्वास-प्रश्वाससम्बन्धी रोग, झाडापखाला, हैजा आदिले बर्सेनि अकाल मृत्युवरण गर्न बाध्य पारेको छ । शिशु तथा आमाहरूले पर्याप्त मात्रामा पोसिलो खाना नपाउने र पाएको खानामा पोषणको मात्रा न्यून रहने गरेको छ । महिलामा देखिने शारीरिक समस्याहरूको समयमै उपचार हुन नसक्दा बाँझोपनको सिकार हुनुपर्ने, कमजोर स्वास्थ्यले गर्दा गर्भवती महिलाको मृत्यु हुने, रोगी बच्चा जन्मने आदि समस्या यस क्षेत्रका बहुसंख्यक महिलाले भोग्ने गरेका छन् । गरिबी र अव्यवस्थित रहनसहनले यहाँका मानिसको सरदर आयु छोट्याइदिएको छ ।
गरिबीले गर्दा नेपालले भोग्नुपरेको एउटा जटिल समस्या चेलीबेटी बेचबिखन पनि हो । गरिब आमाबाबुको सन्तान भएर जन्म लिनु नारीका लागि अपराधजस्तै हुने गरेको छ, नेपाली समाजमा । घरको आर्थिक स्थितिले सताइएका कतिपय आमाबाबुले पैसा पाउने लोभमा आफ्ना छोरीहरू दलालका हातमा बेचेका घटना सुुन्नमा आउँछन् वेलावेलामा । कतिपय युवती त गरिबीले ग्रस्त जीवनले दिएका पीडाबाट मुक्ति पाइने र सन्तोषले भरिएको जीवन व्यतीत गर्न पाउने आशामा दलालको झुटो प्रेममा परी बेचिएका कुरा अरू प्रकारका बेचबिखनका घटनाभन्दा बढी घटेका र बाहिर आएका छन् । कतिपय गरिब आमाबाबुले आफ्ना छोरीलाई आफन्तले रोजगारी दिलाइदिने र छोरीले प्रतिमहिना पैसा पठाउने प्रलोभनमा आएर आफन्तको जिम्मा छोरी लगाइदिँदा छोरी वेश्यालयको कोठीमा पुगेका घटना पनि नेपालको परिवेशमा नौला रहेनन् ।
बालबालिकाको यौनबजार र श्रमबजारमा खुलेआम प्रयोग भएको छ । विदेशी र स्वदेशी दुवैखाले आगन्तुकलाई लोभ्याउन र पैसा झार्न कलिला बालिकालाई यस पेसामा लगाइएको छ । १० वर्षमुनिका बालबालिकालाई घरेलु कामदारका रूपमा काठमाडौंका घरधनीहरूले आफ्नो क्रूरताभित्र कैद गरेका छन् र पाशविकताको सीमा नाघेर गरिएका अत्याचारका घटना वेलावेलामा सञ्चारमाध्यममा आउने पनि गर्छन् । बाल यौनशोषणको नालीबेली पनि योभन्दा फरक छैन ।
बालबालिकालाई यौनबजारमा राखेर आफ्नो गोजी भर्ने लालसा र मानिसमा बढ्दै गइरहेको यौन-आसक्तिले गर्दा बालबालिका शोषणमा परिरहेका छन् । बालबालिकाका क्षेत्रमा काम गर्न नौ सय ४० वटा राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्रियाशील रहेको समाज कल्याण परिषद्को तथ्यांकले देखाउँछ । बालबालिकासम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुनका आधारमा काम गर्ने ती संस्थाले कति जना बालबालिकालाई शोषणको दलदलबाट मुक्त गर्न सकेका छन्, त्यो फरक बहसको विषय हो ।
बालश्रमिक, बालयौन शोषण, घरेलु द्वन्द्व र हिंसा, बेरोजगारी, युवापुस्ताको विदेश पलायन, कमिसनखोरी र भ्रष्टाचार, राजनीतिक दाउपेच र सत्तालिप्सा, विदेशी हस्तक्षेप आदि नेपाल र नेपालजस्ता गरिब देशका प्रमुख समस्या बनेका छन् । यी समस्याको मूल कारक भनेको देशभित्रको गरिबी मात्रै हो । देश यदि सम्पन्नताको बाटामा डोर्याइने हो र नीति-निर्माताले गरिब नागरिकको हितमा कार्यक्रम बनाउनतिर ध्यान दिन थाल्ने हो भने गरिबीले फैलाएको संक्रमणबाट पीडित हुनुपर्नेछैन ।
गरिब नागरिकका पक्षमा उठ्ने आवाजलाई समयक्रमसँगै बुलन्द र एक गर्नुको साटो पार्टीहरूले राजनीतिकोे मुद्दा बनाउने गरेका छन् । नागरिकले भोगिरहेको गरिबीलाई हटाउन नसक्दा देशभित्र फैलिएको अशान्ति, त्रास, निराशा आदिलाई कम गर्न सकिँदैन, रोग, भोक र शोकका मुद्दालाई सम्बोधन गर्न नसक्दा हाम्रो नेपाललाई राम्रो नेपाल बनाउन सकिँदैन ।
(nayapatrika) रामदत्त जोशी, मैतीदेवी, काठमाडौं

Saturday, August 7, 2010
मनिपाल अस्पतालमा आत्महत्या
नयाँ पत्रिका कास्की, २२ साउन, डाक्टरले श्रीमती बाँच्ने कमै आशा देखाएको छ, लगातार दुई वर्षसम्म उपचार गर्दागर्दै खर्च पनि उत्तिकै भयो, परिवारमा उस्तै तनाव छ,' अस्पतालमा आफ्ना साथीलाई यस्तो गुनासो सुनाएको केही क्षणमा नै पोखरा मनिपाल अस्पतालमा एक व्यक्तिले आत्महत्या गरेका छन् । आर्थिक अभाव र पारिवारिक तनावका कारण बाग्लुङका तुलबहादुर पुनले शनिबार मनिपाल अस्पतालको तेस्रो तलाबाट हामफाली आत्महत्या गरेका हुन् ।
बाग्लुङको तङग्राम गाविस वडा नं. ९ फापरखेतका बासिन्दा पुनले अस्पतालमा श्रीमती चित्रकुमारी पुनको उपचार भइरहेको वेला बिहान सवा दस बजे आत्महत्या गरेका हुन् । विगत चार वर्षदेखि किड्नी खराबीको समस्या भोग्दै आएकी श्रीमती पुनको उपचारमा आर्थिक अभावका साथै परिवारिक तनावका कारण मृतक पुनले आत्महत्या गरेको हुन सक्ने भानिज रुद्र श्रीस मगरले जानकारी दिए ।
पुनको दुई वर्षदेखि हप्तामा दुई-तीन दिन मनिपाल अस्पतालमा डायोलोसिस हुँदै आएको छ । प्रत्येक हप्तामा मात्र १०-१५ हजारसम्म खर्च हुँदै आएको र दुई वर्षसम्ममा लाखौँ खर्च भएको भानिज मगरले जानकारी दिए । 'एक त उपचारमा नै लाखौँ खर्च भइसकेको थियो, त्यसमा पनि चिकित्सकबाट श्रीमती बाँच्ने कम आशा रहेको सुनेपछि उनले आत्महत्या गरेका हुन्,' भानिज मगरले भने ।
आफ्नी छोरीले आफूले चाहेकोभन्दा अर्की केटासँग विवाह गरेपछि पनि उनी तनावमा रहेको आफन्तहरू बताउँछन् । मृतक पुनका दुई छोरा, एक छोरी र एक बुहारी रहेका छन् । उनका जेठा छोरा तारा पुन इराकमा छन् । अस्पतालबाट हामफालेलगत्तै निधन भएको उनको शव पोस्टमार्टमका लागि अस्पतालमा नै राखिएको छ ।

Subscribe to:
Posts (Atom)