Showing posts with label VIEWS. Show all posts
Showing posts with label VIEWS. Show all posts

Friday, August 13, 2010

छल्कियो अन्तरसंघर्ष


गंगा बीसी काठमाडौ, श्रावण २९ २०६७ ०८:२० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी मुखपत्र ''संश्लेषण''मा लेखे, 'पार्टीमा व्यक्तिवादी अराजकता र पदलोलुपताको खतरा बढ्यो ।'

दाहालले लेखमार्फत पार्टीको अन्तरसंघर्ष किन सार्वजनिक गरे ? मुखपत्रले पार्टी अन्तरविरोधको कुरा यतिबेला

कांग्रेस पार्टी कार्यालय तोडफोड

रासस, बाजुरा, श्रावण २९ २०६७ ०९:२६ - अज्ञात समूहले मार्तडीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेको छ ।
कार्यालय तोडफोड कांग्रेसकै असन्तुष्टपक्षले गरेको अनुमान गरिएको छ । जारी जिल्ला अधिवेशनमा

Thursday, August 12, 2010

प्रहरीको फोन काटियो


लक्ष्मी साह निजगढ, श्रावण २८,  महसुल नतिरेपछि राजमार्गको औद्योगिक क्षेत्रमा रहेको प्रहरी चौकीको फोन टेलिकमले काटेको छ । बारा स्थित पुर्व पश्चिम राजमार्गमा पर्ने पथलैया र वीरगंज-पथलैया औद्योगिक क्षेत्र अन्तर्गत

अब अश्लील साइट ब्लक

योगेश खतिवडा काठमाडौ, श्रावण २८ २०६७ ०९:२४ - इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।

अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट ुब्लकु गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ । टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् ।

यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पहुँच अवरुद्ध गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आउँदो साता यस्ता साइट बन्द गर्न निर्देशन दिने तयारीमा छ । ुहामी छिट्टै यसबारे निर्णय गरेर आईएसपी कम्पनीलाई निर्देशन दिँदै छौं,ु प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेेले भने, ुविद्युतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने व्यवस्था गरेको छ ।ु यस्ता साइट खुला रूपमा साइबर क्याफे र घर-घरमा प्रयोग भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले बताए । आईएसपीलाई लाइसेन्स जारी गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने सर्त भने छैन । अब लाइसेन्स दिँदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी गरेको छ । ुविद्युतीय कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट भित्र्याउन नपाउने सर्त थप्न लागेका हौं,ु न्यौपानेले भने । यसका लागि एक महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ । छलफलमा सहभागी प्रहरी प्रधान कार्यालयका आईटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै सहमत भएकाले अब नियामनकारी निकाय प्राधिकरणको निर्देशनपछि यस्ता साइट बन्द हुने बताए । (ekantipur)

दश हजारको तरकारी बेचेर मनाइयो युवा दिवस

बसन्ती बाँस्तोला, स्याङ्जा, श्रावण २७ २०६७ ०५:२८ - यहाँ पित्लेकका युवाले तरकारी बेचेर बिहीबार युवा दिवस मनाए । जगतभञ्ज्याङका युवाहरुले तरकारी त सधै बेच्थे तर यस दिवसको अवसर पारेर आफ्नो गाँउको तरकारीलाई अन्तर्राष्ट्रियरुपमा बजार खोज्ने र पुर्‍याउने प्रण गरे । यस्को प्रमुख कारण वैदेशिक रोजगारमा जाने युवालाई रोक्नु हो ।
यस्तै प्रयासले यस गाविसका ९५ प्रतिशत युवा गाँउमै व्यवसाय गरेर बसेका छन् । दिवस भनेको काम गरेर मनाउने र त्यो उपलव्धिमुलक हुन् पर्ने जगतभञ्ज्याङका सुर्य रेग्मिले बताए । उनले भने 'हामी युवालाई हौशला हुने काम गर्छौ ।' यसरी यस पटक हौसला पाउँने युवा थिए पित्लेकका खड्क बहादुर थापा । तर उनलाई सवै जना गोरे भाई भनेर चिन्छन् ।

विदेश जान भिषा लगाएका उनलाई रोक्नको लागि पित्लेक कालिका सहकारीले निकै जोड गर्‍यो । युवाहरु संलग्न भएको यस संस्था सफल पनि भयो । करीव ३० हजार बुझाएर आएको भिषा समेत त्यागे गोरे भाईले । त्यो भिषा रद्ध गरेर उनी तरकारी खेतीमा लागे । २६ वर्षे उनले अहिले गाँउ मात्र हैन जिल्लालाई नै चकित पारेका छन् ।

गरे गाँउमै हुने रहेछ भन्ने सन्देश दिदै उनले भने 'मेहनत गरे यहि कमाउन सकिदो रहेछ विदेश किन जाने ?' सिँचाइको असुविधा रहेको यस गाँउमा आकाशे पानिको भरमा तरकारी खेती गर्न परेको गुनासो गर्दै थापाले भने 'हामी विनाप्लानिङ ठुला भाषण र काम गर्छौं सानातिना कुरामा ध्यान गएको छैन् ।' यस गाँउमा पानि ल्याउन सहयोग गरे युवा आफैले सवै काम गर्ने उनले बताए । (ekantipur)

मालेका विद्रोही सातजना निष्कासित

२७ साउन, काठमाण्डौ । नेकपा मालेले पार्टीमा विद्रोह गरेका आफ्ना सात कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

सीपी मैनाली महासचिव रहनुभएको नेकपा मालेको केन्द्रीय कमिटीको विहीबार बसेको बैठकले पार्टीका सात कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको हो ।
मालेबाट निष्कासित कार्यकर्तामा जगतबहादुर बोगटी, विष्णुराज अर्याल, यदुवंश झा, तिलकबहादुर थापामगर, राजेशप्रसाद चौधरी, धनकुमारी मगर र शारदा नेपाली छन् ।
मालेबाट निष्कासित उनीहरुले जगत्बहादुर बोगटीको अध्यक्षतामा नेकपा -माले) समाजवादी पार्टी गठन गरेका छन् ।
पार्टीका महासचिव सीपी मैनालीले आज पत्रकार सम्मेलन गरी षड्यन्त्रकारी तथा बिखण्डनवादी तत्वको प्रचारको भ्रममा नपर्न र तिनका विभाजनकारी दुष्प्रयासको प्रतिवाद गर्दै पार्टी एकता राख्न अपिल गर्नुभयो ।
उहाँले सहमतिको सरकार बनाउनुपर्छ भन्दै संसदमा आफू तटस्थ बसेको र त्यो सम्भव नभएमा बहुमतीय सरकार बनोस् भन्नेमा आफ्नो पार्टी लागिपरेको बताउनुभयो । रासस

Monday, August 9, 2010

३२ वायुसेवा कम्पनीको अत्तोपत्तो छैन

प्रकाश शाह,काठमाडौं, २४ साउन
पछिल्लो १८ वर्षको अवधिमा मुलुकमा ५७ वटा एयरलाइन्स कम्पनीहरू दर्ता भए पनि अहिले १२ वटामात्र सञ्चालनमा छन् । विसं २०४६ को राजनीतिक परिवर्तनपछि मुलुकमा हवाईसेवा सञ्चालनको क्रम ह्वात्तै बढे पनि अधिकांश एयरलाइन्सहरू प्रतिस्पर्धात्मक बजारमा टिक्न सकेनन् ।
हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो दुई दशकमा दर्ता भएका र उडान अनुमति प्राप्त गरेका मध्ये ३२ कम्पनीको अस्तित्व नै छैन भने पाँच एभिएसन स्पोर्टर्ससहित १७ कम्पनीले सेवा दिइरहेका छन् । यसरी हराएका ३२ कम्पनीमध्ये ३० वटाको उडान अनुमति प्राधिकरणले रद्द र खारेज गरिसकेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार नेपालले निजी क्षेत्रका लागि हवाईसेवा खुला गरेपछि सबैभन्दा पहिले २०४८ सालमा एभरेस्ट एयर र नेपाल एयरवेजले उडान अनुमति पत्र (एओसी) प्राप्त गरेका थिए । त्यसपछि अल्पाइन, कस्मिक, गरुडलगायतले अनुमति लिएका थिए । सन् २००५ सम्ममा हिमचुली, फ्लाइङ ड्रगन, एसियन, नेकोन, बेस र नेपाल एयरलाइन्स प्राइभेटलगायतले अनुमति लिए पनि अधिकांश कम्पनीसँग वायुयान तथा कुनै पनि भौतिक पूर्वाधार छैन । लुम्बिनी, नेकोन, मुक्तिनाथ, इम्प्रो, कस्मिक, कर्णाली, एसियन, एभरेस्ट र नेपाल एयरवेजलगायतका कम्पनीले केही समय उडान सञ्चालन गरे पनि छिट्टै बन्द भएका थिए । कस्मिक, नेकोन, एयर नेपाल र फ्लाई यती डटकमजस्ता कम्पनीले अन्तर्राष्ट्रिय उडानसमेत भर्थे ।
२०४६ पछि खुला आकास र २०४८ को उदार हवाई नीतिपछि निजी वायुसेवा कम्पनीहरू थपिने क्रम बढेको हो । निजी कम्पनीले धमाधम उडान अनुमति लिन थालेपछि लामो समयसम्म एकछत्र राज गरेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एकाधिकार तोड्ने प्रतिस्पर्धा नै चल्यो । तर, सुरुवातका चरणमा उदाएका कम्पनी दिगो समयसम्म टिक्न सकेनन् । केही समय सेवा सञ्चालन गर्दै हराएका यस्ता कम्पनीको अचेल नामोनिसान भेटिदैन ।
वायुसेवाबारे जानकार सिम्रिक एयरका महाप्रबन्धक योगराज कँडेल वायुसेवा कम्पनी आउँदै हराउनुमा कमजोर व्यवस्थापनलाई नै प्रमुख कारण मान्छन् । “प्राधिकरणको उडान अनुमति लिन सजिलो छ, फाइदामात्र खोजेर न्यूनतम तीन वर्षसम्मको घाटा व्यवसायको जोखिम मोल्ने आन्तरिक योजना नहुँदा कम्पनी नै ध्वस्त भएर जाने रोग विद्यमान छ,” उनी भन्छन् ।
कँडेलका अनुसार राम्रो लगानी भए चलाउने, नभए हराएर जाने संस्कारका कारण एओसीप्राप्त कम्पनीमध्ये हाल २० प्रतिशतमात्र सञ्चालनमा छन् ।
गरुड, एरोन, हिमचुली, बेस, मेरोलगायतका कम्पनी वायुयान ल्याइनपु¥याउँदै हराएका हुन् । एक दशकअघि आन्तरिक उडानतर्फ अत्यन्त सफल मानिएको लुम्बिनी एयरवेजको पनि अहिले कुनै नामोनिसान छैन । आन्तरिक वायुसेवा गोरखा एयरलाइन्स आफ्ना १९ सिट क्षमताका दुई डोर्नियर जहाज डेढ वर्षअघि यती एयरलाइन्सलाई भाडामा दिएपछि जहाजविहीन छ ।
प्राधिकरणस्रोतका अनुसार पटक–पटक इजाजतपत्र नवीकरणको सार्वजनिक सूचना जारी गर्दासमेत यी कम्पनीले कुनै चासो देखाएका छैनन् । “वायुसेवा कम्पनीका नाममा न एउटा जहाज अथवा हेलिकप्टर छ, न त कुनै भौतिक पूर्वाधार नै, यस्ता कम्पनी हराएको नभनेर के भन्ने ?” प्राधिकरण एओसी शाखाका अधिकृत माधव दाहाल भन्छन् ।
उनका अनुसार उडान इजाजत लिई वर्षौंदेखि सञ्चालनमा नरहेका नौवटा कम्पनीको इजाजतपत्र नै खारेज गरी नवीकरण नगर्ने निर्णय भएको छ । गोरखा, कस्मिक, यती अन्तर्राष्ट्रिय, अल्पाइन, इम्प्रोलगायतका २६ कम्पनीको इजाजतपत्र रद्द भइसकेको छ ।
आन्तरिक उडानका लागि जहाज र हेलिकप्टर सेवा सञ्चालकले इजाजत लिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १० लाख रुपैयाँ धरौटी राख्नुपर्छ । हवाई नीतिमा आन्तरिक सञ्चालकसँग तीन जहाज हुनुपर्ने र कम्तीमा एउटा जहाज दुर्गम क्षेत्रमा उडाउनुपर्ने उल्लेख छ । मन्त्रालयले इजाजत दिएपछि प्राधिकरणले अनुमति दिने र त्यसको छ महिनाभित्र एओसी लिनुपर्ने प्रावधान छ । एओसी लिएको एक वर्षभित्र जहाज ल्याएर सेवा सुरु नगरे मन्त्रालयले धरौटी जफत गरेर इजाजत रद्द गर्छ ।

एओसी खारेज भएका कम्पनी

वायुसेवा कम्पनी एओसी प्राप्त मिति सन्मा
एरोन एयर १९९९ (खारेज)
नेपाल ट्रान्सकन्टिनेन्टल १९९८ (खारेज)
गरुड एयर १९९८ (खारेज)
नेपाल एयरवेज १९९२ (खारेज)
हिमालयन हेलिकप्टर १९९६ (खारेज)
एभरेस्ट एयर १९९२ (खारेज)
ट्रान्सकन्टिनेन्टल १९९८ (खारेज)
एयर सांग्रिला २००४ (खारेज)
हिमचुली २००६ (खारेज)
गोरखा एयरलाइन्स १९९८ (रद्द)
कस्मिक एयर २००३ (रद्द)
यती एयरलाइन्स अन्तर्राष्ट्रिय २००७ (रद्द)
अल्पाइन एयर १९९८ (रद्द)
इम्प्रो एयरवेज २००५ (रद्द)
एयर नेपाल अन्तर्राष्ट्रिय २००८ (रद्द)
कर्णाली एयर सर्भिस १९९७ (रद्द)
सांग्रिला एयर १९९९ (रद्द)
स्काइलाइन एयरवेज १९९९ (रद्द)
फ्लाइङ ड्रगन २००५ (रद्द)
बेस एयर २००५ (रद्द)
नेपाल एयरलाइन्स प्राइभेट २००५ (रद्द)
मेरो एयर २००५ (रद्द)
बेलुन सनराइज १९९६ (रद्द)
एसियन एयरलाइन्स १९९६ (रद्द)
नेकोन एयर १९९६ (रद्द)
माउन्टेन एयर १९९८ (रद्द)
मनकामना एयरवेज १९९६ (रद्द)
डायनास्टी एभियसन १९९६ (रद्द)
फ्लाइट केयर एभियसन १९९८ (रद्द)
लुम्बिनी एयरवेज १९९६ (रद्द)
मनाङ एयर २००१ उडान बन्द
मुक्तिनाथ एयर २००९ उडान बन्द

स्रोतः नागरिक उड्डयन प्राधिकरण (karobar)

Sunday, August 8, 2010

लेबनानमा १५ नेपाली महिलाद्वारा आत्महत्या

होम कार्की, काठमाडौ, श्रावण २३ - घरेलु काममा लेबनान गएका १५ नेपाली महिलाले एक वर्षमा घरमालिकको यातना सहन नसकी आत्महत्या गरेका छन् । उनीहरू २० देखि ३० वर्षका छन् ।
'आर्थिक, मानसिक, शारीरिक र यौन दुव्र्यवहार सहन नसकी आत्महत्या गर्नेहरू बढिरहेका छन्,' लेबनानस्थित नेपाली काउन्सिलका स्वयंसेवी दीपेन्द्र उपे्रतीले भने, 'करिब एक वर्षमा मात्रै १५ नेपाली महिलाले ज्यान फालेका छन् ।'
गत माघयता मात्रै दोलखा-काटाकुटीकी सुस्मिता मोक्तान, हेटांैडा-कमानेकी अस्मिता लामा, मेघा कल्पना, उदयपुरकी शान्ती परियार, काभ्रे-सपिङकी मिसा परियार र म्यादी पोखरापानीकी लीला आचार्यले आत्महत्या गरेका छन् । आर्चायले लेबनान पुगेको एक महिनापछि नै आत्महत्या गरेकी हुन् ।
माघअघि त्रिभुवनबस्ती-६, कञ्चनपुरकी मीना रोकया, बन्दीपोखरी-५ पाल्पाकी राधा गोदार, पोखरा-१६ की सीता गुरुङ, पदमपोखरी-१ मकवानपुरकी सुनिता भोलन, चुरियामाई-२ मकवानपुरकी सिर्जना घले, दाङकी विमला रावत, तातोपानी- सिन्धुपाल्चोककी फुदुगी शेर्पा, ललितपुर लेलेटारकी निरु तामाङ लगायतले आत्महत्या गरेका थिए ।
'प्रहरी अध्ययनअनुसार उनीहरू आफैंले गोली हानेर, झुन्डिएर र हामफालेर आत्महत्या गरेका हुन्,' काठमाडौं आइपुगेका उप्रेतीले भने, 'घटना भएका बेला हामीलाई खबर नहुने हुँदा वास्तविकता नजिक पुग्न सकिएको छैन ।'

परराष्ट्र मन्त्रालयले पनि ती घटनाबारे सोधखोज नगर्ने र क्षतिपूर्तिका लागि नेपाली कन्सुलरलाई पत्र नलेख्ने भएकाले यथार्थ पत्ता लगाउन कठिन भएको उप्रेतीले जनाए ।

लेबनानमा सम्झौताअनुसार तलब, सुविधा नपाएको, अत्यधिक काममा लगाएको र चरम यातना दिने गरेका घटना अहिले अवैतनिक दूतसमक्ष पुग्ने गरेका छन् । घरेलु कामदार -हाउसमेड) असुरक्षित भएपछि सरकारले गत माघदेखि त्यहाँ जान रोक लगाएको छ । तैपनि एजेन्सीहरूले त्रिभुवन विमानस्थलबाट दैनिक २० भन्दा बढी युवतीहरू 'सेटिङ' मिलाएर लेबनान उडाइरहेका छन् ।
लेबनानस्थित ह्युमन राइट वाचका अनुसार २००७ जनवरीदेखि २००८ अक्टोबरसम्म मात्रै ९५ विदेशी हाउसमेडले त्यहाँ आत्महत्या गरेका छन् । '२००९ सम्मको तथ्यांकअनुसार प्रत्येक साता एक विदेशी हाउसमेडले आत्महत्या गरेका छन्,' लेबनानमा कार्यरत पत्रकार जिफ क्याउफिल्डले कान्तिपुरलाई भने, 'यसले स्थिति निकै गम्भीर देखाइरहेको छ ।'
लेबनानमा १८ हजारभन्दा बढी नेपाली कामदार छन् । तीमध्ये ९५ प्रतिशत महिला हुन् । त्यहाँस्थित गैरआवासीय नेपाली समन्वय समितिका अनुसार ४ सय जना पुरुष कामदार मात्रै सम्पर्कमा छन् ।
उप्रेतीका अनुसार एक हाउसमेड ललितपुरकी तामाङले मात्रै मालिकबाट तीन हजार अमेरिकी डलर क्षतिपूर्ति पाएकी छन् । अरू पीडित परिवारले पाएका छैनन् ।

पाँच चेली बच्चासहित फर्के

लेबनानी घरमालिकको दबाबमा शारीरिक सम्पर्क राख्न बाध्य पाँच चेली बच्चासहित स्वदेश फिरेका छन् । 'गएको तीन/चार महिनामा साना बच्चासहित महिलाहरूलाई उद्धार गर्‍यौं,' उनले भने, 'अहिले एक महिला बच्चासहित अस्पतालमा छिन् ।'
लेबनानी घरमालिकले बाथरुममा नुहाउँदै गरेको भिडियो खिचेरसमेत शारीरिक सम्पर्क राख्न बाध्य पारेको पडितहरूलाई उद्धृत गर्दै उनले जनाए । पीडित चेली नेपाली कन्सुलरको सम्पर्कमा रहेको थाहा पाएपछि घरमालिकले निकालेको उनले जनाए । (ekantipur)

कांग्रेस महाधिवेशन १४ दिन पर सर्ने


कुलचन्द्र न्यौपाने, काठमाडौ, श्रावण २३ - प्रधानमन्त्रीको निर्वाचनका कारण कांग्रेसको १२ औं केन्द्रीय अधिवेशन भदौ २४ देखि सुरु हुनेगरी सारिने भएको छ । पदाधिकारीहरुको विहान बसेको अनौपचारिक बैठकले अधिवेशन सार्ने सहमति गरेको हो । यसअघि भदौ १० देखि १४ मा काठमाडौंमा महाधिवेशन हुने कार्यक्रम रहेको थियो । कांग्रेस महामन्त्री विमलेन्द्र निधिले अपरान्ह बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन सार्ने मिति अनुमोदन गर्ने बताए ।
भदौ २ गतेपनि प्रधानमन्त्री चयन हुन नसकेमा महाधिवेशनले निर्वाचन प्रकृयामा असर पर्ने जनाउदै कांग्रेसले अधिवेशन सार्न लागेको हो । संवैधानिक व्यवस्था अनुसार कुनै दलले पाँच बर्ष भित्र महाधिवशेन गराउनु पर्ने व्यवस्था छ । कांग्रेसको महाधिवेशन नभएको भदौ १४ देखि पाँच वर्ष पुरा हुनेछ । निर्वाचन आयोगको परामर्श समेत लिएर कांग्रेसले महाधिवेशन सारेको हो । निर्वाचन आयोगले महाधिवेशनको प्रकृया सुरुभएपछि केही समय पछि सार्न पाईने सुझाव कांग्रेसका नेताहरुलाई दिएको थियो । कांग्रेसको गाउँ, नगर र क्षेत्रको अधिवेशन पुरा भईसकेको छ । जिल्ला अधिवेशन यहिँ साउन २७ गते हुदैछ । (nagariknews)

कामचलाउ सरकारका मन्त्रीले नक्कली भ्रमणको कागजात पेश गरे

विमल गौतम, काठमाडौं, साउन २३ - कामचलाउ सरकारका एक मन्त्रीले भ्रमणको नक्कली कागजात पेश गरेको फेला परेको छ। भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीले प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको कागजात नक्कली भेटिएको हो। उनले दुई जिल्ला भ्रमण गरेको र मातहतका निकायलाई निर्देशन दिएको समेत दावी गरेका थिए। उनले कैलाली र कन्चनपुरमा रहेका जिल्ला भूमिसुधार कार्यालयको अवलोकन गरेको उल्लेख गरेपछि मन्त्रिपरिषद्को कार्यालयले ती दुबै निकायसँग जानकारी मागेको थियो। दुबै ठाउँमा मन्त्री शाही नगएको जानकारी पाएपछि मन्त्रीको नियत सार्वजनिक भएको हो।

विशेष अवस्थामा मात्रै काम चलाउ सरकारका मन्त्रीले यस्ताखाले भ्रमण गर्न पाउने व्यवस्था छ। मन्त्रिपरिषद् स्रोतका अनुसार शाहीलाई कानुनी कारबाहीको लागि प्रधानमन्त्रीलाई आग्रह गरिनेछ। मन्त्री शाहीले भने आफूले दुबै जिल्ला घुमेको दावी गरेका छन्। (nagariknews)

दोहोरो झडपमा युवकको मृत्यु

रासस, धनगढी, श्रावण २३ - कैलालीको मालाखेती गाउँ विकास समिति-८ गोदावरीमा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट वनभोज खान गोदावरी आएको युवकहरूको एउटा समूह र मालाखेतीका युवकहरू सम्मिलित अर्को समूहबीच भएको झडपमा मालाखेती-७ का २० वर्षीय जङ्गबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा महेन्द्रनगरका करन चन्द र हेमराज जोशीलाई पक्राउ गरिएको छ ।

यसैबीच, हत्याको विरोधमा मालाखेतीका युवाले पूर्वपश्चिम राजमार्गको अत्तरियाचोकमा प्रदर्शन गरी यातायात अवरुद्ध पारेका छन् ।

'मधेसका मुद्दा न काठमाडौंले बुझ्यो न दिल्लीले’


११ आफ्ना सभासदले 'फ्लोर क्रस' गरेर पुष्पकमल दाहालका पक्षमा मतदान गरेपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र पार्टीभित्रैबाट समेत दबाबमा छन् । भदौ २ को निर्वाचनअघि सहमति खोजी मुलुकलाई प्रधानमन्त्री दिनुपर्छ भन्ने उनीसँग समसामयीक राजनीतिमा कान्तिपुरका गोपाल खनाल र अतुल मिश्रले गरेको संवाद

चौथो पटक पनि नेपालले प्रधानमन्त्री पाएन । असजिलो महसुस हुँदैन ?

मुलुक संक्रमणकालमा छ । पुरानो राजनीतिक प्रणाली पूर्ण रूपमा समाप्त नभईसकेको र नयाँ प्रणाली स्थापित भई नसकेको दुई ध्र्रुवबीचको खिचातानीको अवस्थामा छ । एकातर्फ मुलुकलाई पुरानै अवस्थामा फर्काउने, २०४७ को संविधानलाई ब्युँताउने, संघीयता र गणतन्त्रलाई समाप्त पार्ने शक्तिले पछाडि खिचिरहेको छ भने अर्कोतर्फ अग्रगमनतर्फ लैजाने क्रान्तिकारी शक्तिहरू -जसले मुलुकलाई २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनले दिएका म्यान्डेटसहित संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता, समावेशीकरण, दिशातर्फ अघि बढाएका छन्) बीच खिचातानी भइरहेको छ । पुरानो र नयाँ मानसिकताबीचको द्वन्द्वको त्यो प्रभावले यो निर्वाचन पनि त्यस्तै भएको छ ।

निर्वाचनलाई सैद्धान्तिक आवरण दिनुभयो । त्यति मात्र हो र ?

केही सैद्घान्तिक र केही आन्तरिक राजनीतिक द्वन्द्व पनि छन् । कांग्रेसको पछि एमाले नलागुन्जेल कांग्रेसको सरकार बन्न सक्दैन । माओवादीका लागि शान्ति प्रक्रिया सबैभन्दा ठूलो बाधक हो । आज राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चासोको विषय शान्ति प्रक्रिया हो । शान्ति प्रक्रिया ठोस निष्कर्षमा पुग्छ वा पुग्दैन, माओवादी लडाकुहरूको समायोजन, व्यवस्थापन, पुनस्र्थापन हुन्छ वा हुँदैन ? त्यो कसरी र कति दिनमा हुने सर्वाधिक सरोकारको विषय बनेको छ । माओवादीले यस सम्बन्धमा स्पष्ट धारणा राख्न सकेन । उसले स्पष्ट समयसारणीभित्र संख्या तोक्न सकेन । यदि माओवादीले समायोजन, पुनस्र्थापन र व्यवस्थापन सम्बन्धी संख्या र स्पष्ट समयसारणी सार्वजनिक रूपमा तोकेर प्रतिबद्घताका साथ अगाडि बढ्ने हो भने माओवादीको सरकार बन्न कसैले रोक्दैन ।
तपाईंका ११ सभासद्ले 'फ्लोर क्रस’ गरे । सैद्धान्तिक वा अन्य कारण छन् ?

गतिरोध खोल्नुपर्छ, अनिर्णयको बन्दी बनाउनु हँुदैन भनेर संासदहरूले आवेश र आक्रोसमा गरेको 'एक्सन' हो । उनीहरू पार्टीविरुद्घमा लागेका भने होइनन् । अर्को चरणको मतदानमा सबै साथी एकै ठाउँमा भए । नेतृत्व वर्गमा दबाब दिन हामीले गरेका हौं भनेर उहाँहरूले भन्नुभयो । मलाई लाग्छ यो नै यथार्थ हो । पैसा र पदले गर्दा फ्लोर क्रस गरेको कुरा बिल्कुल असत्य हो, पार्टीभित्र केही कुतत्त्व हुन्छन्, त्यस्ताले क्षणिक लाभका लागि गरेको प्रचारमात्र हो । कुनै हाम्रा सभासदले कसैसँग बार्गेनिङ गरेर पैसा लिएर मत हालेका होइनन् । हाम्रो पार्टी फोड्ने बेलामा करोडौंको खोलो बगाइयो तर पनि यी सभासद विचलित भएनन् तर पनि पार्टीको निर्देशनबेगर जे गर्नुभयो त्यो सही होइन । स्पष्टीकरण सोधेका छौं ।

संकटका बेला पैसामा निर्णय लिने गरेको आरोप मधेसी नेतामा लाग्छ नि ?

पहाडबाट आउने जो पनि त्यत्तिकै देखिएको छ तर प्रायः सञ्चारमाध्यम मधेसी विरोधी छन् । तिनीहरू मधेसका सानासाना कुरालाई ब्यानर बनाउँछन् र गैरमधेसीले गरेको ठूलोठूलो काण्डको पनि ढाकछोप गर्छन् । यो प्रवृत्ति आमसञ्चारमाध्यममा भएकाले पनि मधेसीहरू बढी बदनाम गराइएका छन् ।

श्याम शरणको मुख्य चासो के थियो ?

पहिलो, नेपालमा राष्ट्रिय सहमति कायम हुनुपर्छ भन्ने हो । राष्ट्रिय सहमति कायम गरेर अघि बढ्यो भने शान्ति, सुशासन र संविधान नेपाली जनतालाई दिन सकिन्छ जसले गर्दा शान्ति र स्थिरता दुवै हुन्छ भन्ने हो । दोस्रो चासो सुरक्षा हो । भारतको संवेदनशीलता र सुरक्षा । तेस्रो नेपालको शान्ति जुन १२ बँुदे सम्झौता दिल्लीमा भयो र त्यो सम्झौता गराउनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका भारतकै हो । त्यो सम्झौताअनुसार कार्यान्वयन भएन भन्ने हो । त्यो सम्झौताअनुसार माओवादीले सेना समायोजन व्यवस्थापन गर्न सकेन । योसँग जोडिएको सवालप्रति उनीहरू बढी चिन्तित देखिए । कुन पार्टीको सरकार बन्छ भन्दा पनि यी मुद्दामा उहाँ बढी संवेदनशील रहेको पाएँ ।

लडाकु व्यवस्थापन नभएसम्म माओवादी नेतृत्वको सरकार बन्नु हुँदैन भन्ने हो ?

भारतले गैरमाओवादीको नेतृत्वमा सरकार बनोस् भन्ने अपेक्षा राखेको छ । भारतका ब्युरोक्रेट -कर्मचारी) को भाषा म बुझ्दिनँ । पलिटिसियन -राजनीतिज्ञ) को भाषा म बुझछु । गैरवामपन्थी नेतृत्वको बनोस् भन्ने उहाँको भनाइ थियो ।

नेपाल नीतिमा राजनीतिभन्दा भारतीय कर्मचारीतन्त्र हावी भएको हो ?

यसलाई अर्को ढंगले भनांै । नेपालको नीतिनिर्माण र नेतृत्व निर्माणमा नेपालका नेतृत्वहरू कति सक्षम छन् भन्ने देखिन्छ । धेरै अगाडि २०१२ सालमा रघुनाथ ठाकुरले किताब लेखेका थिए 'परतन्त्र मधेस और उसकि संस्कृति' । त्यहाँ उनले नेपालको राजनीतिलाई पराधीन राजनीति र पराश्रति नेतृत्वले मुलुकको निर्माण गर्न नसक्ने भनेका छन् । अहिले हेर्दा त्यही कुरा साँचो जस्तो लाग्छ ।

विशेष दूतको आवश्यकता महसुस गर्नुभएको थियो ?

जहिलेजहिले नेपाल राजनीतिक अनिश्चितता र अन्योलमा जान्छ, अस्थिरताले ठाउँ लिन्छ । त्यतिखेर छिमेकीको चासो बढ्नु स्वाभाविकै हो । त्यसमा पनि तीनतिरबाट खुला सिमाना भएको देशको चिन्ता स्वाभाविक हो तर हामीले आफ्नो समस्यालाई जटिल नबनाएर सरल ढंगले आफैं हल गर्‍यौं भने मलाई लाग्छ भारतीय पनि त्यति दुखित हुँदैनन् ।

मधेसी मोर्चाको अचानक एकता देखियो भनिन्छ । सत्य हो ?

यो शतप्रतिशत असत्य हो । वास्तवमा भन्नुहुन्छ भने मधेसी जनता र मधेसका मुद्दा न काठमाडौंवालाले बुझ्न सके न हाम्रा भारतीय मित्र दिल्लीवालाले बुझ्न सके । मधेसीको भाग्यमै दुर्दशा लेखिएको छ या हामीले काठमाडौं र दिल्लीलाई त्यो मुद्दाबारे बुझाउन सकेनौं । हामी कसैका पछि लाग्न सकेनौं न कसैको चाकडी गर्न सक्यौं । आफ्ना जनताको मुक्ति र अधिकारका लागि मात्रै अगाडि बढयौं ।

मधेसको मुद्दालाई काठमाडौं र दिल्लीले महत्त्वपूर्ण पक्ष भनेर बुझिदिए हुन्छ ?

दिल्लीले मधेस र मधेसीका मुद्दालाई बुझ्नै सकेको छैन । मधेसबाट दिल्ली धेरै टाढा भएर हो कि ? काठमाडौंमा राज्य गर्नेले शताब्दियौंदेखि चाकडीचाप्लुसी गर्न जान्ने कलाको धेरै विकास गरिसकेका छन् । मधेसले त्यो विकास गर्न सकेको छैन, त्यसकारणले पनि होला ।

तपाईंलाई दिल्लीले मन पराएको छैन भनिन्छ । कारण के होला ?

दिल्ली, कलकत्ता, लखनउ वा चन्डीगढले मन पराएको छ वा छैन त्यो मेरो सरोकारको विषय होइन । नेपाली जनताले ठिक भन्दिए भने त्यही ठूलो उपलब्धि हुन्छ । नेपाली जनताले आफ्नो भावना अनुकूल ठान्दिए भने मलाई पुग्छ ।

भदौ २ गतेको निर्वाचनमा कसैलाई मतदान गर्नुहुन्छ ?

सहमतिको प्रयास दुई प्ाक्षमा मात्रै हुन सकेको भए अहिले यो समस्या हुने थिएन । अब प्रयत्न गर्दा पनि असम्भव छैन तर दुई उम्मेदवार मैदानमा रहुन्जेल सहमतिको सम्भावना छैन । दुवै र मैदानबाहिर रहेकासँग हाम्रो छलफल चलिरहेको छ । एमालेको नेतृत्व कांग्रेसले मानेकै हो, माओवादीले झलनाथको नेतृत्व मान्छु भनेर लेखेरै दिएको हो । यदि झलनाथ अगाडि आउनुभयो भने कांग्रेस र माओवादीलाई नैतिक रूपले आपत्ति हुनु हँुदैन ।

प्रधानमन्त्री को होला ?

एमालेले कांग्रेसको पुच्छर समातेर वैतरणी तरेर माक्र्सवाद र लेनिनवादलाई प्राप्त गर्ने सपना देख्यो भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्छ । माओवादीले सेना समायोजनको स्पष्ट संख्या र समयसारिणी विश्वस्त ढंगले राख्न सक्यो भने उसको पनि सम्भावना छ । दुइटै भएन भने दुवैको सम्भावना समाप्त हुन पनि सक्छ । त्यतिखेर थुप्रै सम्भावना हुन्छ । सबैभन्दा राम्रो सम्भावना अर्को पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार हुनुपर्छ । (ekantipur)