Showing posts with label NEPAL NEWS. Show all posts
Showing posts with label NEPAL NEWS. Show all posts

Monday, November 14, 2011

केन्द्राध्यक्षलाई हातपात गर्ने छात्रा निस्कासित

३० साउन, भक्तपुर । भक्तपुरको दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षको परीक्षा दिइरहेकी एक छात्राले आइतबार विहान केन्द्राध्यक्षलाई हातपात गरेकी छिन् । चिट खोस्ने विषयमा विवाद भएपछि परीक्षार्थी कामना राईले केन्द्राध्यक्ष शंकरकुमार उपाध्यायलाई हातपात गरेकी हुन् ।


Saturday, August 14, 2010

'त्यो दिन आउँछ'

— मुनिदेवी दमाइ, कैलाली—
मलाई छिमकीहरुले बोक्सी भन्न थालेको आठ वर्ष भयो। छिमेकीहरुको यो आरोपसँग जुध्दै जाँदा मैले बुझेँ-बोक्सी भनेका गरिब हुँदारैछन्, दलित हुँदारैछन्, अनि म जस्तै बेसाहारा हुँदारैछन्।
सानै छँदा बोक्सीले जादुटुना गरेर मान्छेमाथि कपट गर्छन् भनेको सुनेकी थिएँ। फलानीलाई बोक्सी लाग्यो रे

Friday, August 13, 2010

फुटबाट जोगाउन एमालेमा नयाँ समीकरण

माधव ढुङ्गेल, काठमाडौं, साउन २९ - एमालेभित्र अन्तर्द्वन्द्व बढ्दै गर्दा 'पार्टीलाई विभाजनबाट जोगाउन' वरिष्ठ नेताहरूको पहलमा नयाँ समीकरण देखिएको छ। प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पार्टीभित्रका प्रभावशाली नेता एकीकृत माओवादी र कांग्रेस निकट दुई परस्परविरोधी धारको

Thursday, August 12, 2010

के कुरा भयो माओवादी-एमाले वार्तामा ?

उजीर मगर, काठमाडौं, साउन २७- नेकपा माओवादी भदौ २ गते हुने प्रधान मन्त्रीको चुनावमा उम्मेद्‍वारी फिर्ता लिन सहमत भएको छ। उसले कङ्ग्रेसलाई पनि मनाउन एमालेसँग आग्रह गर्दै आफ्नो पार्टी यसबारे हदैसम्म लचिलो बन्न तयार रहेको जानकारी पनि गराएको छ। एमालेसँग द्विपक्षीय वार्तापछि माओवादी नेता नारायणकाजीले भने- राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमालेले उम्मेद्‍वारी फिर्ता लिन आग्रह गर्‍यो, कङ्ग्रेसलाई मनाउनूस्, हामी तयार छौं भन्यौं। माओवादी र एमालेका शीर्ष नेताबीच माओवादी संसदीय दलको कार्यालयमा वार्ता भएको थियो।
मुलुकलाई वर्तमान गतिरोधबाट अन्त्य गराउन आफूहरु साह्रै लचकदार बन्न तयार रहेको पनि उनले बताए।
यसैगरी एमाले नेता झलनाथ खनालले आफूहरुले माओवादीलाई उम्मेद्वारी फिर्ता लिएर राष्ट्रिय सरकार गठनका लागि वातावरण बनाउन भनेको र ऊ सकारात्मक रहेको बताए । उनले आफूहरुले कङ्ग्रेसलाई पनि यही भनेको र फेरि उम्मेद्वारी फिर्ता लिन प्रयास गर्ने जानकारी दिए।
छलफलमा माओवादी पक्षले सहमतिमा राष्ट्रिय सरकार गठनका लागि पहिले उम्मेद्वारी फिर्ता लिने हो वा चुनाव भइसकेपछि त्यसतर्फ जाने हो, यसबारे पनि कङ्ग्रेससँग सल्लाह गर्न सुझाएको थियो। (nagariknews)

Wednesday, August 11, 2010

उम्मेद्वारी फिर्ता लिए पनि राष्ट्रिय सहमतिको ग्यारेन्टी छैन'

लेखनाथ (कास्की) साउन २६- नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिँदैमा राष्ट्रिय सहमति हुने नभएकाले आफूले प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन्। उम्मेदवारी फिर्ता भएको अवस्थामा राष्ट्रिय सहमति बन्न सक्ने आधार एकीकृत नेकपा (माओवादी)ले प्रस्तुत गर्न नसकेको पौडेलेको भनाइ थियो।
उनले माओवादीले भ्रम पैदा गर्नका लागि मात्रै उम्मेदवारी फिर्ताको प्रस्ताव ल्याएको दाबी गरे। नेता पौडेलले एमाओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पदका अर्का उम्मेदवार पुष्पकमल दहालले उम्मेदवारी फिर्ता लिन्छु भन्दै हिँड्नु हावादारी र झुक्याउने रणनीतिक योजना मात्रै भएको टिप्पणी गरे।

पोखरा विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले एमाले र मधेशवादीले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर राष्ट्रिय दायित्व बिर्सेको आरोप लगाए।

मुलुकलाई लामो समयसम्म अलपत्र राख्नुहुँदैन काँग्रेस उपसभापतिसमेत रहनुभएका पौडेलले भने- 'एमाले र मधेशवादी दल अब तटस्थ बसेर हुँदैन स्पष्टसँग खुल्नुपर्छ।'

रासस

ओलीले राखेको प्रस्ताव नमानेपछि अध्यक्षको निर्णयमा 'नोट अफ डिसेन्ट'

एमाले फेरि तटस्थ-

उजीर मगर, काठमाडौं, साउन २६- प्रधान मन्त्री चयनका लागि एमालेले भदौ २ गतेअघि नै कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गर्नुपर्ने नेता केपी ओलीको प्रस्ताव नमानी अध्यक्ष झलनाथ खनालले भदौ ३ गतेमात्र केन्द्रीय समिति बैठक तय गरेपछि उपाध्यक्षलगायत् २० जनाले 'नोट अफ डिसेन्ट' जनाएका छन्। यसरी नोट अफ डिसेन्ट जनाउनेमा उपाध्यक्ष विद्या भण्डारीलगायत् ओली नजिक भनी चिनिएका नेताहरु छन्। ओलीले एमालेका कारण मुलुक अनिर्णयको बन्दी बन्न नहुने भन्दै कुनै एउटा निर्णयमा पुग्नुपर्ने तर्कसहित यो प्रस्ताव राखेका थिए। तर यसलाई बेवास्था गरी अध्यक्षले अर्को बैठकको मिति भदौ ३ लाई तोकेका थिए। जबकि प्रधान मन्त्रीको अर्को चुनाव भदौ २ गते हुँदैछ।

आजैको केन्द्रीय समिति बैठकले राष्ट्रिय सहमति निर्माणको आधार खोज्ने निर्णय पनि गरेको छ। केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका स्थायी समिति सदस्य नेता प्रदीप ज्ञवालीले २ भदौको प्रधान मन्त्री चुनावसम्मै सहमतिका आधार खोजिने र त्यो सम्भव नभए एमाले तटस्थ रहने जानकारी दिए।
सहमति निर्माणका लागि एमालेले ९ बुँदे अवधारणा बनाएको छ। जसमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनेलगायतका विषय सामेल छन्। राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको एमालेले प्रधान मन्त्री चयनको नियमावली बदलेर भए पनि सहमतीय सरकारमा जानुपर्ने बताएको छ।

संसदको नियमावलीले त अब पछाडि फर्किन मिल्दैन नि ? भन्ने मिडियाकर्मीको सवालमा ज्ञावलीले भने- आवश्यकता पर्‍यो भने हामी त्यसलाई संशोधन सक्छौं।

त्यसका लागि दलबीच सहमतिको खाँचो पर्ने उनले बताए। आज स्थगित भएको एमाले केन्द्रीय कमिटी बैठक ३ भदौमा बस्नेछ। (nagariknews)

Tuesday, August 10, 2010

ठमेलका चोकमा सिसिटिभी

काठमाडौं, साउन २५ (नागरिक)- पर्यटकीय क्षेत्र ठमेल अब सिसिटिभी क्यामेराले सुसज्जित हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा यो कार्य हुन लागेको हो।
पहिलो चरणअन्तर्गत नरसिहंचोक, काठमाडौं गेष्ट हाउस सँगैको चोक, ठहिटी जाने चोकलगायतका मुख्य विन्दुमा १३ वटा क्यामेरा राखिने परिषद्का उपाध्यक्ष रामशरण थपलियाले जानकारी दिए। आगामी एक महिनाभित्रै पहिलो चरणको काम सक्ने परिषद्को लक्ष्य छ।

पर्यटकको अत्याधिक चाप रहने ठमेल क्षेत्रमा चोरी, लुटपाट लगायतका घटना बढ्न थालेपछि यस्तो कदम चालिएको हो। क्यामेरा प्रयोगपछि त्यस्ता घटनामा कमी आउने र अपराधिक क्रियाकलापमा संलग्नलाई पक्रन सजिलो पर्ने आशा गरिएको छ। विभिन्न १३ बैंकका शाखा, स्थानीय क्लब, व्यापारी, घरधनी, होटललगायतको सक्रियता यो काम हुँदै गरेको हो।

एक सय पटक पराजित भए पनि माओवादीले उम्मेदवारी फिर्ता नलिने

काठमाडौं, साउन २५- माओवादीका प्रवक्ता दीनानाथ शर्माले आफ्नो पार्टी सहमतिका लागि हदैसम्म लचिलो रहेको बताउँदै संविधानमा बहुमतीय प्रणालीलाई संशोधन गरी सहमतीय प्रणाली राखेमा सहमतिको सरकार निर्माणमा सहयोग गर्ने बताएका छन्। एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले भने, 'बहुमतीय प्रणालीमा एकसय पटकसम्म पराजय भए पनि आफ्नो पार्टीले उम्मेदवारी फिर्ता लिँदैन ।'

बुधबार हुने पार्टी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री उम्मेदवारी सम्बन्धमा पार्टीले ठोस धारणा ल्याउने उनले जानकारी दिए।

संविधान निर्माण, शान्तिप्रक्रियामा गहन छलफल गरी सबै दललाई मान्य हुने सहमति नभएसम्म सहमतिमा नजाने विभिन्न दलका नेताले बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख तीन दलका नेताले बिनासहमति प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नहुने बताए। काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले संविधान निर्माण, सेना समायोजन, कब्जा सम्पत्ति फिर्ता, वाईसीएलको अर्धसैनिक संरचनाका सवाल बहसमा ल्याई सर्वसम्मत स्वीकार्य भएमा उम्मेदवारी फिर्ता हुनसक्ने अन्यथा नहुने बताए ।

नेता महतले मधेसवादी दलले नेपाली कांग्रेसलाई समर्थन दिने भएकाले माओवादीलाई पनि आफ्नो दललाई समर्थन गर्न अनुरोध गरे ।

एमालेका सचिव युवराज ज्ञवालीले दलहरूले सरकार निर्माणमा बढी ध्यान केन्द्रित गरेकाले शान्ति प्रक्रिया र संविधान निर्माण कार्य ओझेलमा परेको छ भन्दै बहुमतीय दुईवटा सरकार असफल भएको अवस्थामा सहमतीय सरकार हुनुपर्नेमा जोड दिए । नेता ज्ञवालीले पाँचौं पटक पनि पराजय नभोग्न दुवै दललाई आग्रह गर्दै उम्मेदवारी फिर्ता लिई सहमतिमा आउन सुझाव दिए । (nagariknews)

Monday, August 9, 2010

सभासदलाई आएको धम्कीप्रति सरकारसँग स्पष्टिकरण

२५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् सभासद रामकुमार शर्मालाई भारतीय दूताबासबाट आएको धम्कीसम्बन्धमा व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले मंगलबार सरकारसँग स्पष्टिकरण लिने भएको छ ।

धम्की पछि सरकारले लिएको पहलकदमीबारे जानकारी लिन प्रधानमन्त्री माधबकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता कोइरालालाई समितिको मंगलबार बस्ने बैठकमा बोलाइएको छ । समितिको बैठक मध्यान्ह बाह्र बजेपछि सिंहदरबारमा बस्नेछ ।

समितिका सभापति पद्मलाल विश्वकर्माले सभासदलाई धम्की आएको चार दिन वितिसक्दा पनि सरकारले कुनै प्रतिकृया नजनाउनु गम्भीर भएको बताउनुभयो ।

भारतीय दुतावासका काउन्सीलरले फोनमार्फत् ज्यान मार्ने धम्की दिएपछि सभासद शर्माले सरकारसँग सुरक्षा माग गर्नुभएको छ । (onlinekhabar)

एसएसबीले नेपाली विरामीलाई भारत जान रोक्यो

२५ साउन, परासी । विरामी लिएर उपचारका लागि भारत जान लागेको नेपाली एम्बुलेन्सलाई एसएसबीले नवलपरासीस्थित भारतीय सीमाबाट फर्काएको छ । सरुवा भई आएका नयाँ इन्चार्ज ईन्स्पेक्टर राजेन्द्र सिंहले जिल्लाको दक्षिणी सीमामा रहेको बिओपी झुलनीपुरबाट सो एम्बुलेन्सलाई फिर्ता पठाएका हुन् ।

ईन्स्पेक्टर सिंह सरुवा भई आएदेखि दुबै देशका सवारी साधनको आवतजावत माथि रोक लगाइएको छ । सवारी साधन ठप्प पारेकै कारण सीमावर्ती नेपाली र भारतीय व्यापारी पनि आक्रोशित भएका छन् ।

गएको हप्ता नवलपरासीको बैदौली-८ बसहीया गाउँ पसेका एसएसबीका एक जवानलाई महिलासँग अभद्र ब्यवहार गरेको भन्दै स्थानीयले कुटपिट गरी पठाएका थिए । सो घटनालाई मुद्दा बनाई प्रतिशोधको भावनामा एसएसबीले नेपाल फर्कदै गरेको एक नेपालीलाई कुटपीट गर्दै उनको मोटरसाईकलसमेत जफत गरेको घटनाले नवलपरासीको सीमावर्ती क्षेत्र आतंकित बनेको छ ।

एसएसबीको आतङ्कका कारण उत्पन्न समस्यालाई जानकारी गराउँदै नेपाल-भारत नागरीक समाज नवलपरासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको ६ दिन बितिसक्दा पनि प्रशासनले कुनै पहल गर्न नसकेको समाजका प्रवक्ता बृजराज कुशवाहाले जानकारी दिनुभयो । (onlinekhabar)

Sunday, August 8, 2010

कांग्रेसको नेतृत्व अस्वीकारः माओवादी

२४ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेसको नेतृत्व स्वीकार्न नसक्ने बताएको छ । प्रधानमन्त्रीको दौडमा रहेको नेपाली कांग्रेसले निर्वाचनमा आफ्नो दलको उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न गरेको आग्रह माओवादीले ठाडै अस्वीकार गरेको छ ।
िसंहदरवास्थित माओवादी संसदीय दलको कार्यालयमा सोमबार विहान भएको दुई दलको छलफलमा कांग्रेसले औपचारिक रुपमा निर्वाचनमा सघाउन आग्रह गरेको हो ।

छलफलमा कांग्रेसले संविधानसभाको निर्वाचनपछि माओवादीले सरकारको नेतृत्व गरिसकेकोले अब आफ्नो दलको उम्मेदवारलाई सघाउन माओवादीसँग आग्रह गरेको थियो ।

माओवादीले भने कांग्रेसको आग्रहलाई अस्वीकार गर्दै शान्ति र संविधान निर्माण प्रकि्रयालाई टुंग्याउन संविधानसभामा ठूला दलको हैसियतले आफैले नेतृत्व लिने बताउँदै सघाउन कांग्रेससँग आग्रह गरेको थियो ।

बैठकमा दुवै दलले आ-आफ्नो अडान दोहोर्याए पनि निकासका लागि छलफललाई निरन्तरता दिन भने सहमत भएका छन् । छलफलमा दुवै दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

यसअघि साउन ५ ७ १७ र २१ गते भएका चारपटकको निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता पौडेलले आवश्यक बहुमत ल्याउन नसकेपछि पाँचौ चरणको प्रधानमन्त्रीको निर्वाचन भदौ २ गते हुँदैछ ।

सत्ता समिकरणमा निर्णायक शक्ति मानिएको नेकपा एमाले र मधेसवादी चार दल तटस्थ बसेका कारण चार पटककै निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेको हो । (onlinekhabar)

बेलायतले पूर्व गोर्खाको पेन्सन कटौती गर्ने

मणि दाहाल, काठमाडौं, साउन २३ - बेलायती सरकारले पूर्व गोर्खाको पेन्सन कटौतीको तयारी गरेको छ। कन्जरभेटिभ र लिबरल डेमोक्र्याट गठबन्धन सरकार गोर्खाको पेन्सन कटौतीको तयारीमा लागेको बेलायती समाचारपत्र डेली मिररले जनाएको छ।

कन्जरभेटिभ नेता डेभिड क्यामरुन र लिबरल नेता निक क्लेगको गोर्खा पेन्सन कटौतीको योजनामा 'कपट' रहेको भन्दै यसको विरोध भएको छ।

गोर्खालाई बेलायतमा स्थायी बसोबास र सन् १९९७ पछि सेवानिवृत्त भएकालाई समान पेन्सन दिने अभियान चलाएकी जोना लुम्लेलाई चुनावका बेला दुवै नेताले समर्थन दिएका थिए। अहिले क्यामरुन प्रधानमन्त्री र क्लेग उपप्रधानमन्त्री छन्।

बेलायती पूर्व सैनिक मामिलासम्बन्धी मन्त्री एन्ड्रयु रोबाथानले सरकारी खर्च कटौतीमा सशस्त्र फौजको पेन्सनसमेत समावेश भएको बताएका छन्। सरकारले सन् २०१०/२०११ मा ६ अर्ब २० करोड पाउन्ड सार्वजनिक खर्च कटौती घोषणा गरेको छ।

बेलायतमा कुल गार्हस्थ उत्पादनको ११ प्रतिशत बजेट घाटा छ। सरकारले त्यसमध्ये पाँच वर्षभित्र एक प्रतिशत कम गरेर १ खर्ब ३५ अर्ब पाउन्डमा झार्ने प्रतिबद्धता जनाएको छ।

प्रतिपक्षी लेबर पार्टीका सांसद विली बाइनले सरकारी योजनाको विरोध गरेका छन्। 'प्रतिपक्षमा रहँदा क्यामरुन र क्लेगले गोर्खालाई समान अधिकार दिने प्रतिबद्धता जनाएका थिए,' उनले भने, 'पछिल्लो योजनाले सशस्त्र फौजमा कार्यरत सबैको समर्पणलाई समान रुपले व्यवहार गरिँदैन भन्ने स्पष्ट सन्देश दिने छ।'

गोर्खाहरु २ सय वर्षदेखि बेलायती सेनाको अभिन्न अंगको रुपमा रहँदै आएका छन्। सरकारले नेपालको जीवनस्तरअनुसार भन्दै गोर्खालाई बेलायती समकक्षीभन्दा ६ भागको एक भाग मात्र पेन्सन दिँदै आएको छ।

नेपालमा पूर्व गोर्खाले ४ हजार २ सयदेखि ६५ हजार रुपैयाँसम्म पेन्सन पाइरहेका छन्। नेपालबाट पेन्सन लिने पूर्व गोर्खाको संख्या २३ हजारजति छ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) अध्यक्ष पदमबहादुर गुरुङले बेलायतले २ सय वर्षदेखि अन्याय गर्दै आएको बताए। 'बकिङ्घम प्यालेस (बेलायती महारानीको दरबार) को इँटाइँटामा हाम्रो रगत छ,' उनले नागरिकसँग भने, 'अहिले हामी त्यही रगतको हिसाब खोजिरहेका छौं।'

नेपालमा जन्मे पनि बेलायती सेवा गर्दै जवानी रित्याउनेलाई भेदभाव गरिएको उनको आरोप छ। उनले भने, 'हामीले बेलायती झन्डा छाएर कसम खायौं, सार्वभौमिकता रक्षा गर्‍यौं तर बेलायतले कहिल्यै समान व्यवहार गरेन।' (nagariknews)