Showing posts with label EDITORIAL. Show all posts

Friday, August 13, 2010
Thursday, August 12, 2010
दोलखाका १८ घरपरिवार पहिरोले बिस्थापित
२८ साउन, चरिकोट । अविरल वर्षासँगै खसेको पहिरोको कारण दोलखाको दक्षिणी गाउँ भीरकोटका १८ घर परिवार विस्थापित भएका छन् । पहिरोले ल्याएका ठूलाठूला ढुङ्गाको खतराले पूरै दलित बस्ती विस्थापित भएको हो । बिस्थापितहरु छिमेकीको घरमा शरण लिएर बसेका छन् ।
स्थानीय प्रशाशन र नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले उनीहरुको उद्धार र राहत वितरण सुरु गरिसकेको जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताउनु भयो । १८ घर परिवारका एक सय उन्नाईस जनालाई त्रिपाल भाँडाकुँडा, कम्बललगायत सामग्री वितरण गरी बस्तीलाई सुरक्षित स्थानमा सारिने नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठले जानकारी दिनुभयो । (onlinekhabar)

Tuesday, August 10, 2010
आर्थिक अभावले दस दिनकी सुत्केरीद्वारा आत्महत्या
२६ साउन, विराटनगर । मोरङको डाँगीहाट-५ तल्लोजुडाकी एक सुत्केरी महिलाले आर्थिक अभावका कारण आत्महत्या गरेकी छन् । रामबहादुर चौधरीकी २८ वर्षीया श्रीमती कल्पनाले गएराति ९ बजे घरभित्रै झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
विरामी भएकी नाबालक छोरीको उपचार गराउन आर्थिक अभावले नसकेपछि दश दिनकी सुत्केरी चौधरीले आत्महत्या गरेको स्थनियवासीले बताएका छन् । घरको बलोमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लागेको अवस्थामा चौधरीलाई फेला पारिएको प्रहरीले जानकारी दिएको छ । (onlinekhabar)

Monday, August 9, 2010
पाकिस्तानीले हि्वल चेयरमा ल्याएको नक्कली भारु बरामद
केदार ओझा
काठमाडौ, श्रावण २५ - त्रिभुवन विमानस्थल प्रहरीले सोमबार एक अपांग पाकिस्तानी नागरिकबाट नक्कली भारु मुद्रा बरामद गरेको छ ।
पक्राउ पर्ने 'सी ८९६८०११' राहदानी बहाक पाकिस्थानको कराँची निवासी ५० वर्षका महोम्मद फारुक हुन् । विमानस्थल प्रहरीले बरामद रकम २५ लाखभन्दा बढी भएको बताएको छ । अभियुक्त फारुकले ब्यागेजमा ल्याएको हि्वल चेयर र साथैमा ल्याएका सुटकेसबाट प्रहरीले ती रकम बरामद गरेको हो । बरामद हजार र पाँच सय दरका नोटहरू छन् ।
विमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्य भन्छन्, 'पाकिस्तानी जहाजको नियमित उडानबाट काठमाडौं आएका ती अपांग यात्रुलाई विमानस्थल प्रहरीले ब्यागेजबाट आएको हि्वल चेयरमा बस्न लाग्दा शंका लागी जाँच गर्ने क्रममा ती नोट बरामद भएको थियो ।' उड्डयन प्राधिकरणले अपांग पाकिस्तानी नागरिकलाई जहाजमै हि्वल चेयर लगी ल्याएको थियो । तर शंकास्पद तवरले हि्वल चेयर परिवर्तन गरेपछि प्रहरीको आँखा उनीमाथि परेको थियो । शंका लागेपछि अभियुक्त फारकलाई पुरानै हि्वल चेयरमा राखी प्रहरीले ब्यागेजमा आएको हि्वल चेयरलाई एक्सरेमा हालेका थिए । एक्सरेमा जाँच गर्दा गद्दाभित्र नोटका बन्डलहरू देखिएलगत्तै प्रहरीले फारुकलाई थप अनुसन्धानका लागि पुनः माथिल्लो तथास्थित प्रहरीको अनुसन्धान कक्षमा लगेको थियो ।
केही लाख हि्वल चेयरको बस्ने गद्दाभित्र र केही बि्रफकेसमा अल्मुनियमको फल्स बटम बनाई लुकाइरहेको अवस्थामा भेटिएका थिए । फारुकको यो पहिलो काठमाडौं आगमन होइन । बरामद राहदानीमा उनले यसअघि पनि काठमाडौं र बंगलादेश आवतजावत गरेको देखिन्छ । बरामद नोट र फारुकलाई काठमाडौं प्रहरी परिसमा पठाइएको छ । विमानस्थल प्रहरीले यस वर्षमात्रै पटकपटक गरेर भारु एक करोडभन्दा बढी नक्कली हजार र पाँच सय दरका नोट बरामद गरिसकेको छ । (ekantipur)

नयाँ निर्वाचनमा जानुपर्नेमा यादवको जोड
नेपालगन्ज (बाँके), साउन २४- तराई मधेश फोरमका अध्यक्ष अमर यादवले संविधानसभालाई निरन्तरता दिनुभन्दा नयाँ निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।
प्रमुख राजनीतिक दलले मधेशवादी दललाई भुलाएर मधेशका मुद्दा कमजोर पार्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो।
सरकारका नीति र कार्यक्रम मधेशीका लागि पर्याप्त नभएको भन्दै उनले त्यसतर्फ राज्यले ध्यान दिनुपर्नेमा जोड दिए।
फोरमद्वारा नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधान जारी गर्ने जनताले दिएको समयावधि समाप्तिपछि संविधानसभाको औचित्य समाप्त भइसकेको दाबी गर्दै निर्वाचनमा जानुको विकल्प नरहेको दाबी गरे।(रासस)

Sunday, August 8, 2010
समाचार स्रोत खोल्न धम्की दिँदै नागरिककर्मी थुनिए
काठमाडौं, साउन २३ (नागरिक)- आइतबार प्रकाशित 'पशुपतिका सटर कौडीको भाउमा' शीर्षकको समाचार स्रोत खोल्न धम्की दिँदै नागरिककर्मी अर्जुन सुवेदीलाई पशुपति क्षेत्र विकास कोषसँग सटर भाडामा लिएकाले थुनेका छन्। गंगाराम साहुखल सहितका स्थानीय व्यापारी सुवेदीलाई थुनेका हुन्।
४५ मिनेटसम्म व्यापारीको घेराबन्दीमा परेपछि गौशाला प्रहरीले उनलाई उद्दार गरेको थियो। 'यो समाचार दिने कर्मचारी को हो ? त्यो मान्छेको नदेखाएसम्म कतै जान पाउँदैनस् भन्दै थुने' उद्दारपछि सुवेदीले भने।
सुवेदीको पशुपति क्षेत्र विकास कोषले लाखौं रुपैयाँ भाडा उठ्ने सटर कौडीको मूल्यमा व्यापारीलाई दिएको खोजीपूर्ण समाचार आइतबारको नागरिक दैनिकमा प्रकाशित भएको थियो। कोष पदाधिकारी र व्यापारीको मिलेमतोमा पशुपतिको आयमा ठगी भइरहेको समाचार प्रकाशित भएपछि त्यसकै फलोअपका लागि आइतबार दिउँसो पशुपति क्षेत्र पुगेका थिए।

Saturday, August 7, 2010
राज्यभित्रै राज्यविहीन जनता
नेपाल राज्यभित्रका जनताले सुरक्षाका लागि भारतीय एसएसबीलाई गुहार्नुपर्ने अवस्था आउनु राज्यभित्रै राज्यविहीनताको विडम्बनापूर्ण स्थितिको संकेत हो
सप्तरी जिल्लाको गोबरगाढा गाविसका जनता आफ्नै देशभित्र पनि वर्षौंदेखि राज्यविहीन नागरिक भएर बाँचिरहेका छन । तर, राज्य भने त्यहाँका स्थानीयवासीको पीडाबाट पूरै बेखबर छ । प्रत्येक वर्षको बर्खामा कोसी नदीमा आउने बाढीले पूरै गाविस जलमग्न हुँदा पनि आफ्नो थातथलो छाडेर सुरक्षित स्थलमा सर्नसमेत नसक्नु त्यहाँका बासिन्दाको गहिरो पीडा हो । भारतीय बिहार राज्यसित सीमा जोडिएको गोबरगाढाका जनताले दैनिक उपभोग्य सामान खरिद गर्न जानुपर्दा पनि ज्यान हत्केलामा राखेर कोसीको बाढीमा हेलिनुपर्छ । नेपाली बजारसम्म पुग्नमात्र पनि त्यहाँका जनताले बर्खामा उर्लिएको कोसीका साना-ठूला गरी ६ वटा भंगाला पार गर्नुपर्ने बाध्यता छ भने छिमेकी भारतीय बजारसम्म पुग्न कोसीको विशाल धारमाथि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गोबरगाढावासीको यो समस्या यस वर्षको मात्र होइन, त्यहाँ हरेक वर्ष एउटै समस्या दोहोरिइरहेको छ । तैपनि, आफूलाई राज्यका वास्तविक ठेकेदार मान्ने स्थानीय प्रशासन, चुनावमा त्यस गाविसका जनताको समेत भोटबाट विजयी बनेका सभासद्, राजनीतिक दल र तिनका स्थानीय नेता, गाविस सचिव, कसैका आँखा पनि ती पीडित स्थानीयवासीको पीडामाथि पर्न नसक्नु उदेकलाग्दो कुरा हो ।
गोबरगाढावासीसित नागरिकता छ, भोटर लिस्टमा नाम पनि छ, तर वर्षौंदेखि खनिखोस्री गर्दै आएको आफ्नै जग्गाको जग्गाधनी प्रमाणपुर्जा छैन । गाउँमा भौतिक पूर्वाधारविहीन नाममात्रको प्राथमिक विद्यालय छ, तर त्यहाँका बालबालिकालाई शिक्षा दिने शिक्षकहरू नियमित छैनन् । उपस्वास्थ्यचौकीका नाममा एउटा काठको दराज छ, तर त्यहाँभित्र के छ गाउँलेलाई थाहा छैन । गोबरगाढाका अहेवले गाउँ नै देखेका छैनन् सायद । कोही बिरामी परिहाल्यो भने उसलाई भगवान् भरोसामा छाड्नुको विकल्प गाउँलेसित छैन । गाउँमा अपराध हुन्छ, तर अपराधीलाई पक्रिने र तिनलाई सजाय दिलाउने सुरक्षाकर्मीले पनि गोबरगाढाको बाटो भुलिसकेको अवस्था छ । झन् उदेकको कुरो त नेपाल राज्यभित्रका जनताले आफ्नो सुरक्षाका लागि भारतीय एसएसबीलाई गुहार्नुपर्ने अवस्था आउनु पक्कै पनि राज्यभित्रै राज्यविहीनताको विडम्बनापूर्ण स्थितिको संकेत हो । कक्षा ५ देखि माथि अध्ययन गर्ने बालबालिकाले प्रत्येक दिन मृत्युसित पौँठेजोरी खेल्दै कोसीको उर्लंदो भेलमा हेलिएर कोसीपारि रहेका विद्यालयसम्म पुग्नुपर्ने बाध्यता झेलिरहेका छन् । तैपनि, राज्य मौन छ, यिनका चीत्कार नसुनेझैँ गरिरहेको छ ।
डुंगाको उपयोगविना गोबरगाढाका बासिन्दाको दैनिकी चल्दैन । सिंगो गाउँलेको उपयोगका लागि जम्मा दुईवटा डुंगा रहेका छन् । दुईवटा डुंगाले नै गोबरगाढावासीलाई बाँकी संसारसित जोड्ने काम गरिरहेका छन् । हरेक वर्ष आठ-दस डुंगाका लागि सरकारी रकम छुट्टयाइन्छ, तर त्यो रकम गोबरगाढावासीका लागि डुंगा बनाउन खर्चिनुको साटो टाठाबाठाको खल्तीमा पुग्नेगरेको अनुमान गर्न कठिन छैन । गाविसका लागि प्रत्येक वर्ष विनियोजित लाखौँ रकम कहाँ जान्छ ? त्यसको कुनै लेखाजोखा छैन । विकास कुन चरीको नाम हो, गाउँलेलाई थाहा छैन । तर, कुनै पनि कामै नभई विनियोजित रकमको सम्पूर्ण किस्ता निकासा भइसक्छ । गोबरगाढावासी गरिब गाउँलेका नाममा टाठाबाठाले लुटिरहेका छन् । तर, गरिब गाउँलेले भने गाउँमा राज्यको झिनो उपस्थितिको समेत भनक पाउन सकिरहेका छैनन् । आखिर कहिलेसम्म यसरी कोसीको भेलमा डुबेर गोबरगाढावासीले राज्यविहीनता झेलिरहनुपर्ने हो ? के उनीहरूलाई कोसीको भेलबाट उद्धार गरी सुरक्षित बास उपलब्ध गराउनु राज्यकै प्राथमिक दायित्व होइन र ? (nayapatrika editorial)

Subscribe to:
Posts (Atom)