Showing posts with label SPORTS. Show all posts
Showing posts with label SPORTS. Show all posts

Saturday, August 14, 2010

गाडीभन्दा जहाज सस्तो


डम्बरसिं राई, खोटाङ, श्रावण २४ २०६७ ०८:१६ - बढी खर्च लाग्ने डरले हवाईजहाजको सट्टा गाडीमा हुइँकिनेहरू धेरै छन् । खोटाङवासीका हकमा भने गाडीको भन्दा हवाईजहाजको यात्रा सस्तो पर्छ भन्दा

अरिङ्गाल पोल्न खोज्दा एकको मृत्यु

माधब अर्याल पाल्पा, श्रावण २९ - पश्चिम पाल्पाको पालुङ्गमैनादीमा अरिङ्गाल पोल्न खोज्दा एकजनाको मृत्यु भएको छ ।

एकजना घाईते भएका छन ।

Friday, August 13, 2010

एमआरपीमा सुजाताको अवरोध

लेखनाथ पाण्डे, काठमाडौं, साउन २९ -परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफ्नै मन्त्रालयले अघि बढाएको एमआरपी छपाइका लागि कम्पनी छनोट प्रक्रिया 'अपारदर्शी' भएको भन्दै पुनरावलोकन गर्न माग गरेकी छन्।

माओवादीद्वारा शोरूम तोडफोड

भीम घिमिरे, काठमाडौ, श्रावण २८ - विराटनगर माओवादीले ऋणको किस्ता नबुझाएपछि ट्याक्टर खिचेर लगेको विराटनगर-५ मा रहेको पी आर टे्रडर्स एण्ड सप्लायर्स प्रा लिमा तोडफोड गरेको छ । सप्लायर्सको

Wednesday, August 11, 2010

रामजान आजदेखि सुरु

२७ साउन, काठमाडौं । इस्लाम धर्मावलम्वीको पबित्र महिना रमजान विहीबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा विश्वभरका मुस्लिम उपवास बस्नुपर्छ, जसलाई रोजा भनिन्छ ।
नेपाली मुस्लीम समुदायले पनि आज रातिदेखि रोजा बस्न सुरु गर्दछन् । इस्लामको धर्मग्रन्थ कुरआनमा प्रत्येक बालिग मुस्लीमलाई रोजा अनिवार्य छ । तर, बालबालिका, अशक्त र रोगी व्यक्तिलाई बाध्य पारिएको छैन । रोजा बस्ने व्यक्तिका लागि सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा खान, यौनसम्पर्क गर्न र कुनै पनि कुकर्म गर्नबाट रोक लगाइएको छ । रोजा बसेको बेला अर्काको कुरा काट्ने, झटो बोल्ने, झगडा गर्ने, फजुल कुराकानी, अनावश्यक चीज सुन्ने र वर्जित गरिएका कुरा गरेमा रोजा समाप्त हुन्छ ।

रमजानमा मुस्लिमले गरिब र असहायलाई जकात (दान) दिने गर्छन् । रमजानको महिनामा दिनमा पाँच पटक नमाजका अलावा बेलुकी ‘तरावीह’ नाम दिइएको २० रिक्आ नमाज पढिन्छ । यो नमाज मस्जिदमा जम्मा भएर सामूहिक रुपमा पढ्ने चलन छ । रमजानमा एक व्यक्तिले कमाएको पुण्य ५० व्यक्तिले पाएको पुण्य बराबर हुने विश्वास छ ।

रमजानको अवसरमा नेपालस्थित बेलायती दुतावास, मुस्लिम नागरिक समाज, गोरखा-काठमाडौं सम्पर्क मन्च लगायतले विज्ञप्ति जारी निकालेर शुभकामना दिएका छन् । (onlinekhabar)

हनिमुन मनाउन स्विट्जरल्यान्डबाट साइकलमा

मनोज बस्नेत, काभ्रे, श्रावण २७ - हनिमुन जस्तो नितान्त व्यक्तिगत मामिलालाई उनीहरू सार्वजनिक प्रयोजनमा उपयोग गर्न चाहन्थे । त्यो पनि जोखिम मोलेर । तर यसको विश्वास उनीहरूका चिनारुलाई थिएन । त्यसलाई उनीहरूले चुनौतीका रूपमा लिए र त्यसको पटाक्षेप उनीहरूले अपेक्षा गरेझैं रह्यो ।

स्विजरल्यान्डका ५६ वर्षे मारियो र ४६ वर्षे मोनिकालाई धन्यवाद । उनीहरूले जोखिमपूर्ण साइकलायात्रा गरी यहाँ आउन्जेल जोहो गरेको र जुटाएको केही रकम विपन्न नेपालीको उपचारमा प्रदान गरे ।
उनीहरू साढे ३ महिनाअघि स्विजरल्यान्डको चुग गाउँमा वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरूले आफ्नो हनिमुनबारे धेरैलाई जानकारी गराउन चाहन्थे । त्यस क्रममा स्विजरल्यान्डदेखि सिन्धुपाल्चोकको बाहुनेपाटी गाविसमा रहेको धुलिखेल अस्पतालको स्वास्थ्य केन्द्रसम्म साइकलयात्रा गर्ने अठोट गरे । विवाहलगत्तै थालिएको यात्राको उद्देश्य उक्त केन्द्रलाई सहयोग गर्नु थियो ।
'साइकलयात्रा गरेर हामी हनिमुन मनाउन नेपाल जान्छौं भन्दा कसैले विश्वास गरेका थिएनन्,' मोनिकाले भनिन्, 'तर हामी साइकलबाटै नेपाल पुग्ने र गरिब बिरामीलाई सहयोग गर्ने लक्ष्य लिएर हिँड्यांै । आज त्यो पूरा भयो ।'

उनीहरू बुधबारै धुलिखेल अस्पताल आइपुगेका हुन् । 'हाम्रो हनिमुन सबैले थाहा पाउने गरी मनाउन चाहन्थ्यांै,' उनले सुनाइन् । यसका लागि उनीहरूले जर्मनी, अस्ट्रेलिया, स्लोभाकिया, रसिया, ताजकिस्तान र पाकिस्तान हुँदै साइकलमा ७ हजार किलोमिटर छिचोल्नुपर्‍यो । त्यस क्रममा परिवार, साथीभाइ, विभिन्न देशका मनकारीहरूबाट उनीहरूले आर्थिक सहयोग जुटाए । मारियोका अनुसार करिब ५० हजार डलर जम्मा भएको छ ।
'हाम्रो साइकलयात्रा पूरा भयो,' उनले भने, 'जुन उद्देश्य लिएर हिँडेका थियांै, त्यो राम्ररी पूरा भयो,' आफूले गरेको सानो कामले धेरैलाई फाइदा पुग्ने हुँदा धैरै खुसी लागेको उनले बताए ।
मारियोका अनुसार उनीहरू दैनिक ६ घन्टा साइकलमा हिँड्ने गरेका थिए । 'हामी १ दिनमात्र बिरामी पर्‍यौं,' उनले भने । बुधबार बिहान धुलिखेल अस्पताल पुग्दा उनीहरूले यात्राका सबै कठिनाइ बिर्सेको झल्को अनुहारमा टल्किरहेको थियो ।
अस्पताल प्रमुख डा. रामकण्ठ मकाजु श्रेष्ठले माला पहिर्‍याएर उनीहरूलाई स्वागत गरे । उनीहरूको सम्मानका लागि अस्पतालको गेटदेखि २ सय मिटर वरसम्म चिकित्सक र कर्मचारीहरू हातहातमा पुष्पगुच्छा लिएर खडा थिए । त्यो सम्मानबाट उत्पन्न खुसी मोनिकाका आँखाबाट झरिरहेको थियो । दुवै पाहुना सबैलाई नमस्ते भन्दै कृतज्ञता प्रकट गरिरहेका थिए । उनीहरूले अस्पतालको आकस्मिक कक्ष र प्रसूति कक्ष अवलोकनसमेत गरे ।

'उनीहरूले विवाह गर्दा म चुगमै थिएँ,' डा. श्रेष्ठले सम्भिmए, 'मैले त्यहाँको अस्पतालमा एउटा कार्यपत्र प्रस्तुत गरेको थिएँ । त्यही कारण उनीहरू गरिब बिरामीका लागि केही सहयोग गर्न चाहन्थे, जुन आज पूरा भयो ।' (ekantipur)

Tuesday, August 10, 2010

पहिरोमा पुरिएर मृत्यु भएका सातै जनाको सनाखत

२५ साउन, बाजुरा । बाजुराको बारबिसे गाविस-५ जुवापानीमा गएको पहिरोमा पुरिएर मंगलबार विहान सात जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर महामती चदरा, भागी चदरा, रोशन चदरा, लक्ष्मी चदरा, राजु चदरा, सरीता चदरा र शंकर चदराको मृत्यु भएको हो । महामतीकी सासु सेतु चदारालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

विहान चार बजे गएको पहिरोले स्थानीय गोरे चदराको घरमा सुतिरहेका उनीहरुलाई पुरेको हो । बाजुराका टाँची र मौरी प्रहरी चौकीका प्रहरी र स्थानीयबासीले विहान दस बजे मात्र घटनास्थलबाट शव बाहिर निकालेका थिए ।

घटनास्थल सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा पर्दछ ।

सर्पले डस्दा एकै घरका ३ जनाको मृत्यु

यसैबीच बाँकेको इन्द्रपुर गाउँ बिकास समिति ६ मा सर्पको डसाइबाट मंगलबार विहान एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इन्द्रपुरका दुखीराम खटिकका १२ वर्षीय छोरा राकेश, ९ वर्षीया छोरी उषा र ७ वर्षीया छोरी मनिषा छन् ।

विहान चार बजे सर्पको डसाइबाट बिरामी भएका उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । एकै परिवारका तीन सदस्यको मृत्यु भएपछि खटिक परिवार शोकमा डुबेको छ ।

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

यसैबीच म्याग्दीको कुहु गाविस चिसापानीमा मंगलबार विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग १ त १२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक कृष्ण किसानको मृत्यु भएको हो ।

दुर्घटना पछि फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । (onlinekhabar)

Monday, August 9, 2010

आज आदिवासी जनजाति दिवस मनाइँदै

२४ साउन, काठमाण्डौ । आज १६ औं विश्व आदिवासी जनजाति दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘आदिवासी जनजातिमाथिका सबै विभेद र उत्पीडन अन्त्य गर्ने अभियान जाति भाषा ऐतिहासिक पहिचानको आधारमा राज्य पुनस्रंरचना सुनिश्चित भएको संविधान निर्माण’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाईंदैछ ।

दिवसको अवसरमा महासंघले राजधानीमा विहान १० बजेदेखि झाँकीसहितको र्‍याली निकालेको छ । शहिद गेटबाट सुरु भएको झाँकी र्‍यालीले राजधानीको विभिन्न भागको परिक्रमा गरि प्रज्ञा भवनमा पुगेर वृहत सभामा परिणत भएको र सभा जारी रहेकेा महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो ।

सभालाई प्रधानमन्त्री विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको लेखीले जानकारी दिनुभयो । दिवसको अवसरमा कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले शुभकामना सन्देश िदंदै गणतान्त्रिक र समतामूलक राष्ट्र निर्माणको क्रममा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्याई नयाँ संविधान मार्फत सबै जातजाति भाषाभाषी िलंग समुदाय धर्म संस्कृति क्षेत्र र समूहका नागरिकका हक अधिकार सुनिश्चित गर्नका लागि कि्रयाशिल रहेको बताउनुभएको छ । प्रधानमन्त्री नेपालले आगामी १० महिनाभित्र जनआकांक्षा अनुरुपको नयाँ संविधान बनाउन सके मात्रैसबैको हक अधिकार र दायित्व सुनिश्चित हुने बताउनुभयो ।

यस्तै संयुक्त राष्ट्रसंघीय मानवअधिकार सम्बन्धी उच्चायुक्त नवनिथम पिल्लेले आदिवासी जनजातिका लागि मानवअधिकारलाई रुपान्तरण गर्नेमा भैरहेको कामको प्रशंसा गर्नुभएको छ । (onlinekhabar)

Sunday, August 8, 2010

केटीभीमा नयाँ कमेडी

काठमाडौ, श्रावण २३ - कान्तिपुर टेलिभिजनका दर्शकले आइतबारदेखि नयाँ हास्यशृंखला हेर्न पाउने छन् । ५२ भाग प्रसारण हुने 'हर्के हल्दार' विशुद्ध हास्यरसको हुने निर्देशक प्रकाश सुवेदीले जानकारी दिए । 'व्यंग्य कसैलाई पनि गरिने छैन,' उनले भने, 'ग्रामीण परिवेशका कलाकारले नाक, मुख नबिगारीकनै सहज र स्वस्थ हास्य मनोरञ्जन दिन प्रयास गर्नेछन् ।'

विष्णु सापकोटा र किशोर भण्डारीको संयुक्त लेखन रहेको 'हर्के हल्दार' मा सापकोटाले नै एकसाथ दुई भूमिका निर्वाह गरेका छन् । 'एउटा २५ वर्षको हर्के हल्दार र अर्को ६५ वर्षको उसकै बाबु लाहुरे बाको भूमिका छु,' सापकोटाले भने ।

निर्देशक सुवेदीका अनुसार धादिङको छत्रे देउरालीमा सात भागको छायांकन सकिइसकेको छ । अन्य भाग पनि त्यहीँ खिचिनेछन् । किशोर भण्डारी, रेश्मा तिमिल्सिना, रोशनी सापकोटा, सुनिता गौतम, इन्द्र लामालगायतले अभिनय गरेको उक्त सिरियल हरेक आइतबार साँझ साढे सात बजे प्रसारण हुनेछ । (ekantipur)

सहमतीय सरकारका लागि एमालेले लाखौं सडकमा उतार्ने

काठमाडौँ, साउन २३ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आवश्यक परे लाखौँ जनता सडकमा उतार्ने बताएका छन्। 'राष्ट्रको अग्रगति, शान्ति पुनबहाली र संविधान निर्माणका लागि सहमतीय सरकार बनाउन आवश्यक भए लाखौँ जनता सडकमा उतार्छौ,' खनालले भने।

पार्टी सम्पर्क विशेष समन्वय कमिटीले जिल्ला सम्पर्क मञ्चहरूका लागि आयोजना गरेको केन्द्रीय प्रशिक्षणमा उनले यो कुरा बताएका हुन्। शान्ति र संविधानको मुख्य एजेन्डा माओवादी या कांग्रेस नेतृत्वको सरकारले पूरा गर्न नसक्ने उनले बताए। शान्ति र संविधानको अभिभारा पूरा गर्ने मिसनसहितको सहमतीय सरकार बनाउन सबैले त्याग गर्नुपर्ने खनालको भनाइ थियो।

चारपटक भएको प्रधानमन्त्रीको चुनावमा दुवै दलले बहुमत ल्याउन नसकेको बताउँदै खनालले भने, 'यही स्थितिमा जसको नेतृत्वमा सरकार बने पनि शान्ति र संविधानको गहन कार्यभार पूरा हुन सक्दैन, थपिएको दस महिना समयमात्र बर्वाद गर्छ।'

पाँचौँ चरण मतदानअघि नै दलहरु सहमतिमा पुग्नुपर्ने उनले बताए।

प्रधानमन्त्री निर्वाचनको पाँचौँपटक भदौ २ गते मतदान हुँदैछ। 'यो १० दिनमा राष्ट्रलाई कसरी अगाडि बढाउने भन्ने बहस र छलफल गरी राष्ट्रिय सहमतिको प्रयत्न गर्नुपर्छ,' खनालले भने। प्रधानमन्त्री पदका लागि स्पष्ट बहुमत पुग्दा पनि एमाले सत्ता र कुर्सीको मोहमा नफसेको उनको भनाइ थियो।

आफ्नै पार्टीभित्रै वैचारिक चुनौती रहेको स्विकार्दै खनालले आठौं महाधिवेशनको कार्यदिशा, नीति र सिद्वान्तअनुसार अघि बढ्न सबै नेता र कार्यकर्तालाई आग्रह गरे।

'एमाओवादीमा विद्रोह हुनसक्छ'

सुरेश यादव, जनकपुर, साउन २३ - अदालतले मातृका यादवको सभासद पद खारेज गरेपछि एकीकृत नेकपा माओवादीले सो स्थानमा धनुषाबाट नियुक्त गरेको फरमुद नदाफलाई नहटाएसम्म पार्टीले घोषणा गर्ने कार्यक्रम तथा निर्देशन नमान्ने अडानमा राज्यसमितिका अधिकांस सदस्य सहित धनुषा कार्यसमिति पुगेको छ।
पार्टीको केन्द्रिय समितिले पद च्यूत गरिएका मातृका यादव र जगत यादवको स्थानमा सभासद चयनका लागी धनुषा र सिरहा जिल्ला कार्यसमितिलाई नाम सिफारिस गरी पठाउन भने पनि सो अनुसार नगरेपछि उनीहरुले सामुहिक राजीनामा दिएका हुन्। मिथिला राज्य समितिका सहइन्चार्ज श्रवण यादवले सर्वहारा वर्गको मुक्तिका लागी कार्यरत भनिएको पार्टीले नै झोले प्रवृतिलाई बढावा दिन थालेपछि केन्द्रिय नेतृत्वसित मतान्तर भएको बताए। उनले पार्टीहित विपरित चल्ने जोकोहीलाई पनि स्वीकार्न नसकिने जिकिर गरे।
सिरहाबाट सिफारिस भएको तीन जना मध्ये दोस्रो नम्बरमा लेखिएको नाम रामकुमार पासवानलाई पार्टीले सभासद चयन गरेको मान्न सकिन्छ। तर, एकमतले धनुषाबाट सिफारिस भएको नाम तारादेवी महतोलाई मतलबै नराखी हालसालैमा पार्टी प्रवेश गरेका फरमुदलाई चयन गरेपछि आफुहरुलाई ठुलो झटका लागेको उनले बताए। केन्द्रिय सल्लाहकार समेत रहेका यादवले फरमुदको स्थानमा तारादेवीलाई चयन नगरेसम्म आफुहरुले पार्टीको कुनै पनि निर्णय नमान्ने दावी गरे। उनले आफुहरुको मागप्रति चासो नदिए विद्रोह समेत हुन सक्ने संकेत दिएका छन्। पार्टीका एक नेताले तारादेवीको सिफारिस राज्यसमितिका इन्चार्ज र सेक्रेटरी मार्फत नै केन्द्रमा पठाएकाले आफुहरुलाई उनीहरु समेतले साथ दिनसक्ने सम्भावना व्यक्त गरे।
संविधान सभाको निर्वाचन लगत्तै यहाँबाट सभासदमा मनोनित गर्न सिफारिस गरिएको शहिद पत्नी तारालाई दोस्रो पटक संयोगले पाएको अवसरबाट समेत बन्चित गरिनु सर्वहाराको मुक्तिको नाममा पार्टीद्वारा ज्यादती भएको राज्यसमिति सदस्य तथा धनुषा इन्चार्ज रोशन जनकपुरीले आरोप लगाए। उनका अनुसार पार्टीकै निम्ति पतिको ज्यान गुमाएकी मधेशी राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रिय सदस्य समेत रहेकी तारादेवीको नाम सिफारिस पछि फुलमाला लगाइ जुलुसै प्रदर्शन भइसकेको अवस्थामा यस अघि पनि पार्टीले सो स्थानबाट अन्यलाई नै चयन गरेको थियो। पार्टीले फेरी उस्तै आचरण दोहोर्‍याएपछि आफुहरुमा आक्रोश पयदा हुनु स्वाभिक रहेको भन्दै उनले पार्टीले निर्णय नसच्याएसम्म अडान कायमै रहने बताए।

मिथिला राज्य समितिका सहइन्चार्ज श्रवण यादव, धनुषा इन्चार्ज जनकपुरी, महोत्तरी इन्चार्ज महादेव यादव, केन्द्रिय सल्लाहकार असर्फी भिन्वार यादव, झल्कु यादव, देवसागर दास, दिपक लगायत राज्य समितिका ७२ सदस्यले शुक्रवार अपराह्न पत्रकार सम्मेलनमा पार्टीबाट सामुहिक राजीनामाको घोषणा गरेका हुन्। (nagariknews)