१४ बैशाख, काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो दिनमा प्रमुख राजनीतिक दलहरूबीच उत्तेजनात्मक अभिव्यक्ति लगायतका कुराहरूले बढ्दै गएको असमझदारीले समग्र शान्तिप्रक्रिया तथा संविधान निर्माणको काम समेत अवरुद्ध हुँदै गएकाले सर्वसाधरण त्रसित र निराश हुनु पर्ने स्थिति पैदा भएको जनाएको छ ।एकीकृत नेकपा माओवादीले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजना गर्न लागेको शक्ति प्रदर्शन तथा त्यसको भोलिपल्टबाट आव्हान गरिएको अनिश्चितकालिन आमहड्ताल, त्यसका लागि देशका विभिन्न भागमा दिइएका घरेलु हातहतियार सहितका सुरक्षा तालिम, विभिन्न दलका जिम्मेवार व्यक्तिहरूले दिएका धम्कीपूर्ण अभिव्यक्तिले देशका सबै तह र तप्काका जनतालाई त्रसित बनाएको आयोगले जनाएको छ ।
आयोगले ऐतिहासिक दायित्व निर्वाह गर्न सरकार, सत्तापक्ष, प्रतिपक्षका साथै सम्बन्धित सबै पक्षहरूसँग संवादबाट राजनीतिक सहमति कायम गर्दै सर्वसाधारणमा देखिएको भयपूर्ण वातावरणलाई तत्काल अन्त्य गर्न आग्रह गरेको छ । (अनलाइनखबर)
Tuesday, April 27, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment