Friday, June 25, 2010

अमेरिका पुगेका तीन नेतालाई माओवादीले फिर्ता बोलायो

११ असार, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले अमेरिका भ्रमणमा गएका आफ्ना तीन जना नेतालाई फिर्ता बोलाएको छ ।
अमेरिकाको बोष्टन शहरमा हुन लागेको एक कार्यक्रममा सहभागिताका लागि जान खोजेका पोलिटब्यूरो सदस्य अग्नी सापकोटलाई त्यहाँका केही अन्तर्राष्ट्रिय संस्थाहरुले विरोध जनाएपछि भ्रमण स्थगित गर्नु परेको थियो ।

सापकोटको भ्रमण स्थगित भएपनि गइसकेका आफ्ना तीन नेता सीपी गजुरेल, टोपबहादुर रायमाझी र पम्फा भुसाललाई फिर्ता हुन निर्देशन दिइएको हो ।

प्रवक्ता दिननाथ शर्माले शुक्रबार विज्ञप्ती जारी गरेर पार्टीको इज्जत र मर्यादामा आँच आउन नदिनका लागि अमेरिका पुगेका आफ्ना नेताहरुलाई फिर्ता बोलाइएको उल्लेख गर्नुभएको छ ।

No comments:

Post a Comment