काठमाडौं, (दैनिकी)
दक्षिण अफ्रिकामा सम्पन्न् भएको १९ औं बिश्व कप फुटबल प्रतियोगिताको ६ खेलमा ५ गोल गर्ने जर्मनीका थोमस मुलरले गोल्डेन बुट पाएका छन्। १३ सेप्टेम्बर १९८९ मा जन्मेका ६ फुट १ र्इन्च अग्ला २० बर्षिय मुलर व्यवसायिक रूपमा ब्रायन म्यूनिकका लागि खेल्ने गर्दछन्। उनले यस बिश्वकपमा १२ बललार्इ गोल पोष्टमा प्रहार गरेकोमा ८ वटा पोष्टमा तथा ४ बटा बाहिर हिर्काएका थिए।
यस बिश्व कपमा जर्मनीका थोमस मुलर, उरूग्वेका डियागो फोर्लान, स्पेनका डेभिड भिल्ला तथा नेदरल्याण्डका वेस्ले स्नीज्दरले ५,५ गोल गरेका थिए। तर जर्मनीका यूवा मूलरले ३ गोल गर्न सहयोग गरेबाट उनलार्इ गोल्डेन बुट प्रदान गरिएको हो। उरूग्वेका डियागो फोर्लानले १, स्पेनका डेभिड भिल्लाले १ तथा नेदरल्याण्डका वेस्ले स्नीज्दरले २ गोल गर्न सहयोग गरेको थियो।
दक्षिण अफ्रिकामा सम्पन्न् भएको १९ औं बिश्व कप फुटबल प्रतियोगितामा उरूग्वेका डिएगो फोर्लानले गोल्डेन बल पाएका छन्। १९ मे १९७९ मा जन्मेका ५ फुट १० र्इन्च अग्ला ३१ बर्षिय फोर्लान व्यवसायिक रूपमा एट्लेटिको म्याड्रिडका लागि खेल्ने गर्दछन्। उनले यस बिश्वकपमा २९ बललार्इ गोल पोष्टमा प्रहार गरेकोमा २० वटा पोष्टमा तथा ९ बटा बाहिर हिर्काएका थिए। उनले घानाको बिरूध्द टार्इ ब्रेकरमा एक पेनाल्टी सहित यस बिश्व कपमा ६ गोल प्रहार गरेका थिए।
यस्तै यस बिश्व कपमा स्पेनका कप्तान कैसियसलार्इ गोल्डेन ग्लब्स प्रदान गरिएको छ।
१९ औं बिश्व कपमा बढी गोल गर्नेहरू
देशहरूः
जर्मनी १६
नेदरल्याण्ड १२
उरूग्वे ११
अर्जेण्टिना १०
ब्राजिल ९
खेलाडीहरूः
५ गोल गर्ने
डियागो फोर्लान (उरूग्वे)
थोमस मुलर (जर्मनी)
डेभिड भिल्ला (स्पेन)
वेस्ले स्नीज्दर (नेदरल्याण्ड)
४ गोल गर्नेहरूः
मिरोस्लाभ क्लोज (जर्मनी)
गोन्जालो हिगुयान (अर्जेण्टिना)
रबर्ट भिट्टेक (स्लोभाकिया)
३ गोल गर्नेहरूः
लुइस फाबियानो (ब्राजिल)
लुर्इस स्वरेज (उरूग्वे)
असमाओ ज्ञान (घाना) (दुर्इ गोल पेनाल्टी मार्फत)
ल्याण्डन डोनाभान (अमेरिका)एक गोल पेनाल्टी मार्फत
२ गोल गर्नेहरूः
र्इनेष्टा (स्पेन) फार्इनलमा स्पेनका तर्फबाट एक मात्र गोल गर्ने
रूबेन (नेदरल्याण्ड)
रोबिन्हो (ब्राजिल)
जेभिएर हर्नाण्डेज (मेक्सिको)
कार्लोस टाभेज (अर्जेण्टिना)
लुकास पोडस्की (जर्मनी)
टियागो (पोर्चुगल)
एलानो (ब्राजिल)
केसुके होण्डा (जापान)
ब्रेट होलम्यान (अष्ट्रेलिया)
कालु उचे (नार्इजेरिया)
ली जुगं सू (दक्षिण कोरिया)एक गोल पेनाल्टी मार्फत
सामुएल इटो (केमेरून)एक गोल पेनाल्टी मार्फत
ली चुंग योगं (दक्षिण कोरिया)
Wednesday, July 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment