काठमाडौं, वैशाख १७ - मे दिवसको अवसरमा शनिबार खुलामञ्चमा हुने जनसभामा पाँच लाख जनता उतार्ने माओवादीले दाबी गरेको छ । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गरी त्यसलाई व्यवस्थित गर्न हजारौं स्वयंसेवक खटिनेसमेत जानकारी दिए ।
उनले शनिबारको प्रदर्शनको लागि सबै तयारी पुरा भएकोसमेत जानकारी गराएका छन् । राजधानीको १८ ठाउँबाट जुलुस निस्कने उक्त जुलुस खुलामञ्चमा गएर सभामा परिणत हुने उनले बताए ।
साथै भट्टराईल आफूहरुले प्रदर्शन शान्तिपूर्ण हुने र कसैले हिंसा गरेमा त्यसलाई तत्काल स्वयंसेवीहरुले नियन्त्रणा लिने पनि उल्लेख गरे । 'कसैले हिंसा गर्छ भने त्यो पार्टीको नीति विपरित हो' उनले भने, 'स्वयंसेवीहरुले नियन्त्रणमा लिने छन् ।' उनले सरकारले दमन गरे त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार सरकार आफैं हुने पनि उनले बताए । (ekantipur)
Friday, April 30, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment