काठमाडौं, वैशाख १७ - माओवादीले आन्दोलन घोषणा गरेपछि उत्पन्न गतिरोधको निकासका लागि छलफल गर्न दिउँसो बसेको प्रमुख तीन दलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । होटल सांग्रिलामा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
बैटकबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेसको आन्तरिक बैठक बस्ने भएकाले अहिलेको बैठकमा कुनै निर्णय नभएको बताए । उनले दुई दलको बैठकपछि पुनः साँझ बैठक बस्ने जानकारी दिए । शनिबार (भोलि) मे १ का दिन वृहद प्रदर्शन गर्ने र त्यसपछि पनि प्रधानमन्त्रीको राजीनामा नआए आइतबारबाट आमहड्तालमा जाने माओवादीले घोषणा गरिसकेको छ । सरकारले माओवादीको आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै सेना परिचालन सम्मको तयारी गरेको छ ।
माओवादीको आन्दोलन र सरकारको तयारीका कारणका मुठभेड हुनसक्ने त्रास आमजनतामा व्याप्त रहेको छ । सहमतिबाट निकास खोज्न सबै क्षेत्रबाट माओवादी र सरकारलाई आग्रह गरिएको छ ।
यसैबीच, शुक्रबार बिहान माओवादी पदाधिकारीहरुको बसेको बैठकले जनप्रदर्शन र आन्दोलनलाई कसरी व्यस्थित गर्ने बारे छलफल गरेको छ । बैठकपछि उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीले राजीनामा पछि सहमतिका लागि निकास निस्केपनि अन्य मागहरुका लागि आन्दोलन जारी रहने बताए । -कान्तिपुर
Friday, April 30, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment