Friday, April 30, 2010

सेना परिचालन भए चुप लागेर बस्दैनौः पोख्रेल

दाङ, वैशाख १७ - माओवादी नेता लिलामणि पोख्रेलले सरकारले सेना परिचालन गरे माओवादी चुप लागेर नबस्ने चेतावनी दिएका छन् । माओवादीले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै उनले आफूहरुसँग पनि लडेर जितेको सेना भएकाले कम आँकलन नगर्न आग्रह गरे ।


सेना परिचालन हुनेबित्तिकै शान्ति प्रक्रिया भंग भएको मानिने पोख्रेलको भनाइ थियो । सरकारले सेना परिचालन गरेर आन्दोलन दवाउने प्रयत्न गरे त्यसले देशलाई ठूलो संकटमा फसाउने धारणा उनले व्यक्त गरे ।

सत्तारुढ दलहरु दमनबाटै माओवादी आन्दोलन कमजोर पार्ने योजनामा रहेकाले सहमतिको बातावरण बन्न कठिन भएको बताउँदै पोख्रेलले माओवादीलाई सरकारको नेतृत्व गर्न दिए देशमा सहज बातावरण बन्ने बिचार व्यक्त गरे । (ekantipur)

No comments:

Post a Comment