Friday, April 30, 2010

शान्तिप्रक्रिया विथोलिन सक्छः अनमिन

१७ बैशाख, काठमाण्डौ । राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनले नेपालको जारी शान्ति प्रक्रिया गम्भीर र खतरापूर्ण अवस्थामा रहेको भन्दै वार्ताको माध्यमबाट सहमति खोज्न दलहरुलाई आग्रह गरेको छ ।राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर अनमिन प्रमुख करिन ल्याण्डग्रेनले राजनीतिक दलहरुलाई वृहत शान्ति सम्झौतालाई पालना गर्न आग्रह गर्नुभयो ।


ल्याण्डग्रेनले राजनीतिक दलहरुलाई वार्ताको माध्यमबाट तत्काल समाधान खोज्न आग्रह गर्नुभयो ।

शान्ति र संविधानका लागि माओवादीले गर्ने भनिएको आन्दोलनलाई रोकेर वार्ताबाटै समाधान खोज्न पनि ल्याण्डग्रेनले माओवादीसंग आग्रह गर्नुभएको छ ।

माओवादीले आइतबारदेखि गर्ने भनिएको शान्तिपूर्ण आन्दोलन भड्किए नेपालको जारी शान्तिप्रक्रिया विथोलिन सक्ने खतरा रहेको ल्याण्डग्रेनको भनाई छ ।

आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि घुसपैठ हुनसक्ने भएकाले माओवादी, सरकार र सुरक्षाकर्मीलाई यसतर्फ सजग हुन समेत अनमिनले ध्यानाकार्षण गराएको छ ।

आन्दोलनमा माओवादीलाई बालबालिकालाई प्रयोग नगर्न समेत अनमिनले आग्रह गरेको छ । नेपालमा अनमिनको म्याद थप गर्ने नगर्ने बारे भविष्यले नै बताउने उहाँको भनाई छ ।

माओवादीले शनिबार गर्ने जनप्रदर्शन तथा आइतबारदेखि गर्ने भनिएको आमहड्तालका बारेमा माओवादी नेतृत्व र सरकारसँग भेटगरेर सचेत गराईसकेको छ । (onlinekhabar)

No comments:

Post a Comment