भीम घिमिरे विराटनगर, वैशाख १६ - पार्टीले संकलन गरिरहको चन्दा र सहयोगको विषयमा हिसाब तत्त्काल सार्वजनिक गर्न नसकिने एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य तथा कोचिला राज्य समिति इन्चार्ज हरिबोल गजुरेलले बताएका छन् ।
आगामी शनिवार पार्टी गर्न लागेको बृहत प्रदर्शनबारे सञ्चारकर्मीसँग परामर्शका लागि आज विराटनगरमा आयोजित भेटघाटमा उनले भने 'पछि जनताले हिसाब खोज्छन् भनेर हामीले साथीहरुलाई राम्ररी हिसाब गर्न भनेका छौ । त्यस्तै परे पछि सार्वजनिक पनि गर्छौ ।'
पार्टीको अञ्चल कमिटीमा १ सय ९१ जना र जिल्ला कमिटीमा ५ सयभन्दा बढि कार्यकर्ता रहेको र उनीहरुको हातहातमा रहेको मोवाइलले खर्च बढाएको भनाइ उनको थियो । वृहत जनप्रदर्शनका लागि पार्टीले चन्दा संकलन गरिरहेको स्वीकार गर्दै पार्टीमा शीतलकुमार उपनामले चिनिने गजुरेलले भने 'चन्दा त हामीले पहिले पनि उठाएकै हौं । तर, यसपालि चन्दाका लागि प्रेसर क्रिएट गरेका छौ । अहिले मुद्दा फरक छन् ।' शान्ति र संविधानका मुद्दामा चन्दादाताहरुको सरोकारलाई पनि समेट्न त्यसो गरेको दावी उनको थियो ।
राजधानीमा प्रदर्शनअघि शुक्रवार विराटनगरमा २ हजार युवा कार्यकर्ता परिचालन गरेर प्रदर्शन गरिने जनाउँदै उनले यसपटकको आन्दोलन सत्ताप्राप्तिमा केन्द्रित नभएकोमा जोड दिए । सेना समायोजन, शान्ति प्रक्रिया र नयाँ संविधानका लागि वर्तमान सरकारले काम गर्न नसकेपनि सत्ता ओगटेर बसेकाले माओवादी यसपटक निर्णायक आन्दोलन गर्ने निश्चयमा पुगेको उनको तर्क थियो । राजधानीमा लगिएका कार्यकर्तालाई 'ओढ्ने लिएर आउनु, सडकमै सुत्नुपर्छ । जंक फुड खानुपर्छ' भन्ने उर्दी जारी गरिएको पनि उनको भनाइ थियो । (इकान्तिपुर)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment