गोविन्द शर्मा १६ बैशाख, नेपालगंज । पचास जना जनसेनासहित एकीकृत नेकपा माओबादीको बिभिन्न जिम्मेवारीमा रहेका दुई सय आठ जनाले विहीबार सामुहिक बिद्रोह गरेका छन् ।
बिद्राह गर्नेमा माओबादी रुपन्देही जिल्ला कमिटि सचिव माधव थारु, उपत्यका ब्यूरो कमाण्डर अनिल तामाङ्ग, सातौ डिभिजनका बिग्रेड कमाण्डर रामकृष्ण चौधरी, बटालियन कमाण्डर कुमाल धामी दार्चुला, प्रभात पुनमगर रोल्पा र दिपेन्द्र चौधरी कैलाली रहेका छन् ।
यसैगरि कम्पनी कमाण्डर, प्लाटुन कमाण्डर, सेक्सन कमाण्डरहरुले पनि बिद्रोह गरेका छन् । अखिल क्रान्तिकारीका केन्दि्रय सदस्य मनोज लगायत माओबादीका बिभिन्न भातृ संगठनका अगुवा नेता कार्यकर्ताले विहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर बिद्रोह गरेको घोषणा गरेका हुन् ।
बिग्रेड कमाण्डर चौधरीले माओबादी र प्रचण्ड दुबै कम्युष्टि नभएका दाबी गर्नुभयो । नेपाली जनताको मुक्तिका लागि १० बर्षसम्म युद्ध लडेपछि माओबादीको नेतृत्वमा मुक्ति सम्भव नदेखेर पार्टीमा बिद्रोह गरेको चौधरीले बताउनुभयो । उनीहरुले माओबादीले भनेको कथित क्रान्ति र बिद्रोह कुनैपनि हालतमा सफल नहुाने दाबी गरेका छन् ।
नेपाली जनताको मुक्तिको सपना नौटंकी भएको बताउदै माओबादीमा बिद्रोह गरेकाहरुले माओबादी नेताहरुको संस्कार, कार्यशैली र चिन्तन महासामन्त भन्दा कम नभएको दाबी गरेका छन् । बिद्रोह गर्नेहरुले आवश्यक परे कथित कम्युनिष्टहरुको प्रतिकार गर्न समेत तयार रहेको बताएका छन् ।
बिद्रोह गरेकाहरु संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रबेश गरेका छन् । मञ्चका अध्यक्ष लक्ष्मण थारुले उनीहरुलाई टिका लगाएर पार्टीमा प्रबेश गराउनुभयो । पूर्ब माओबादी नेता समेत रहेका थारुले माओबादीको शिबिरमा हाल ६ हजार भन्दा बढि जनसेना नरहेको दाबी गर्नुभयो । थारुले अब हतियारको राजनीति धेरै दिन नटिक्ने ठोकुवा गर्नुभयो ।
उहााले भोली राजधानीमा समेत पत्रकार सम्मेलन गरेर जनसेनासहित पार्टी नेताहरुलाई प्रवेश गराईने बताउनुभयो । जनसेनाहरु हतियारसहित पार्टी प्रबेश गरेका हुनकी भन्ने प्रश्नमा थारुले स्पष्ट जबाफ दिनुभएन । बिग्रेड कमाण्डर चौधरीले भने केहि भन्न नमिल्ने बताउनुभयो । (अनलाइनखबर)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment