१६ वैशाख, काठमाडौं । मजदुर दिवसको तयारीस्वरुप एकीकृत माओवादी र उसका सहायक संगठन वाईसीएल, मजदुर तथा बिभिन्न स्वयंसेवकहरुले राजधानीमा विहीबार विहान सरकारविरुद्ध नाराबाजि गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण रत्नपार्क, लैनचौर, पुतलीसडक, बागबजारलगायत स्थानको सवारी आवामगन प्रभावित भएको छ ।
उनीहरुले लैनचौरदेखि निकालेको मोटरसाइकल र्याली दरबारमार्ग हुदै रत्नपार्क शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो । १८ गतेको मजदुर दिवस र त्यसपछि गर्ने भनिएको आन्दोलनको प्रचारप्रसारको लागि मोटरसाइकल र्याली र मार्चपासको आयोजना गरिएको मजदुर नेताहरुले बताएका छन् ।
उनीहरुले काठमाडौंका विभिन्न स्थानमा सरसफाई पनि गरेका छन् । वाइसिएल इन्चार्ज कुलप्रसाद केसी ‘सोनाम’को नेतृत्वमा उनीहरुले राजधानीका विभिन्न स्थानमा थुपि्रएको फोहोर उठाएका छन् ।
माओवादी कार्यकर्ता राजधानी भित्रिनेक्रम जारी
यसैबीच एकीकृत नेकपा माओवादीले बैशाख १८ गते मे दिबसको अबसरमा गर्ने जनप्रर्दशन तथा त्यसको भोलिपल्टदेखि गर्ने अनिश्चितकालिन आमहड्ताल सफल पार्न देशका बिभिन्न स्थानहरुबाट लाखौं कार्यकर्ता राजधानी भित्र्याइसकेको छ । शान्ति र संविधानका लागि वर्तमान सरकार विस्थापन हुनुपर्ने पक्षमा रहेको माओवादीले राजधानीमा दैनिक १० देखि २० हजार कार्यकर्ता भित्राइरहेको प्रहरीको दावी छ ।
अहिलेसम्ममा राजधानी आसपासका जिल्लाहरुबाट १ लाख भन्दा बढि कार्यकर्ता राजधानी भित्रिसकेको सुरक्षा स्रोतको दावी छ । माओवादी कार्यकर्ताहरुलाई राजधानीका बिभिन्न पार्टी प्यालेस, गेष्ट हाउस पशुपति क्षेत्र तथा बिभिन्न कबर्डहलहरुमा राखिएको छ । शुल्कबृद्धिको विरोधमा निजी बिद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको उसको भातृसंगठन अनेरास्ववियु क्रान्तिकारीले आजबाट राजधानीका सरकारी विद्यालय र क्याम्पस समेत बन्द गराएको छ । राजधानी भित्रिएका सबै कार्यकर्तालाई माओवादीले बन्द रहेका निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसहरुमा राख्ने तयारी गरीरहेको छ । उनीहरुलाई प्रहरीको लाठी, अश्रुग्यासको कसरी सामना गर्ने भनेर तालिम दिइएको छ ।
माओवादी आन्दोलनलाई निस्तेज पार्न र शान्ति सुरक्षा कायम गर्न राजधानीमा १६ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी सरकारले गरेको छ ।
१२ हजार जनपथ र ४ हजार शशस्त्र प्रहरी माओबादी आन्दोलनका लागि तैनाथ हुनेछन । आबश्यक परे सरकारले सेना समेत परीचालन गर्ने तयारी गरीरहेको स्रोतले जनाएको छ । सरकारले राजधानी भित्रने मुख्य मुख्य नाकाहरुमा बरिष्ठ प्रहरी अधिकृतको नेतृत्बमा टोली परीचालन गरेको छ । जनप्रदर्शनका क्रममा शान्तिविरोधी हर्कत हुन सक्ने भन्दै शिविरमा रहेका आफ्ना जनसेनालाई पनि हाइअलर्टमा रहन माओवादीले सर्कुलर जारी गरिसकेको छ । (अन लाइनखबर)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment