Thursday, April 29, 2010

माले सभासदको निधन

 १६ वैशाख, काठमाडौं । संविधानसभामा नेकपा मालेको समानुपातिक कोटाबाट निर्बाचित सभासद दामोदर चौधरीको विहीबार विहान निधन भएको छ । उच्च रक्तचापले पीडित चौधरीको काठमाडौंको मोडल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ संविधानसभाको व्यवस्थापकीय अंगको स्वरुप निर्धारण समिति र विकास समितिमा सदस्य हुनुहुन्थ्यो ।


दाङको नारायणपुर निवासी चौधरीका दुई श्रीमती, तीन छोरा र चार छोरी छन् । कक्षा पाँचसम्म अध्ययन गरेका चौधरी एमाले विभाजन भएपछि नेकपा मालेमा जानुभएको थियो । उहाँले २०३६ चैत देखि २०३८ पुससम्म जेल जीवन बिताउनु भएको थियो । (अनलाइनखबर)

No comments:

Post a Comment