Tuesday, April 27, 2010

९ वर्षे बालिकाद्वारा आत्महत्या

काठमाडौं, वैशाख १४ - काठमाडौँको गोङ्गबुस्थित आफ्नै घरको दलिनमा झुण्डिएर एक बालिका रजनी लामाले आत्महत्या गरेकी छिन्।

गङ्गबु प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक विजय तिमल्सिनाका अनुसार आज बिहान साढे दश बजेतिर ९ बर्षकी ती बालिकाले आफ्ना साथीहरूसँग खेलीरहेकै बेला सलको पासो लगाएर आफ्नै घरको दलिनमा आत्महत्या गरेकी हुन्।

च्याक्सीखाल-१ काभ्रे स्थायी घर भएकी बालिकाका बाबु अजयलामा र आमा जुना लामा गङ्गबुमा नै ज्यामी काम गर्दै आएका छन्।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिने प्रहरीले जनाएको छ। - रासस

No comments:

Post a Comment