Tuesday, April 27, 2010

बारामा वाइसीएलको बिग्रेड घोषणा

क्रान्ति साह १४ बैशाख, वीरगंज । कांग्रेस र एमालेलगायत अन्य दलले वाइसीएलेको अर्धसैन्य संरचना भंग हुनुपर्ने माग राखिरहेको समयमा एकीकृत नेकपा माओवादी निकट वाइसीएलले मंगलबार बारा सदरमुकाम कलैयामा बिग्रेडको घोषणा गरेको छ ।

स्कुले विद्यार्थी, वाइसीएल कार्यकर्ता, मजदुरसहित करिब दुई सयजना सम्मिलित जुलुसपछि आयोजित सभामा बिग्रेडको घोषणा गरिएको हो । गुप्ता पेट्रोल पम्पबाट हातमा लौरो बोक्दै भरत चोकतर्फ आउँदै गरेका वाइसीएल कार्यकर्तालाई नेपाल प्रहरीका उपरिक्षक माधव पोखरेल र सीमा सुरक्षा बलका प्रहरी उपरिक्षकको नेतृत्वमा रहेका प्रहरी टोलीले अगाडी बढ्न नदिएपछि दुबैपक्षबीच केहीबेर धकेलाधकेल समेत भएको थियो ।

घोषणा गरिएको एक हजार ५ सय १२ सदस्यीय बि्रगेडको कमाण्डर वाइसीएलका बाराका जिल्ला संयोजक गोपाल चौधरी “धर्ती” रहनुभएको छ ।

त्यस्तै सह कमाण्डरमा विराटलाई नियुक्त गरिएको एकीकृत नेकपा माओवादीले जनाएको छ । बैशाख १८ गते हुने आन्दोलनका क्रममा कलैयामा धर्ती र उत्तरी क्षेत्रको सिमरामा नेतृत्व सह कमाण्डर विराटले आन्दोलनको गर्ने वाइसीएल जिल्ला कमिटीले जनाएको छ । (अनलाइनखबर)

No comments:

Post a Comment