१५ बैशाख, काठमाण्डौ । पूर्व युवराज पारस शाहले जनताले चाहे पुनः राजतन्त्र र्फकन सक्ने बताउनु भएको छ । शान्तिका लागि राजपरिवारले राजसंस्था त्यागेको भन्दै पूर्व युवराज पारसले भन्नुभयो ‘जनताले चाहे राजतन्त्र पुनः र्फकन सक्छ ।’वीरगंजमा सामुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनपछि पत्रकारहरुसंग प्रतिक्रिया दिँदै पारसले अहिले जनताले शान्ति चाहेको बताउनुभयो । हिन्दु राज्यवारे सञ्चारकर्मीहरुको एक प्रश्नमा पारसले जनताले जे चाहन्छन् त्यहि हुने बताउनुभयो ।
यसअघि सिमरा विमानस्थलमा संञ्चारकर्मीहरुसँग कुरा गर्दै पारसले मुलुकमा हिंसा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment