Wednesday, April 28, 2010

जनतान्त्रिकका नेतामाथि गोली प्रहार

रासस बाँके, वैशाख १५ - जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका अवध तथा थरुहट इन्चार्ज भगत सिंहलाई मंगलबार राति अज्ञात समूहले गोली हानी घाइते बनाएको छ ।

भारतीय सीमावर्ती क्षेत्र रुपैडिहाको जैतापुर गाउँ नहरनजिक मोटरसाइकलमा आएको एक समूहले पछाडिबाट बायाँ हातको पाखुरामा गोली हानी घाइते बनाएको जनाइएको छ ।

घाइते सिंहको भारतको एक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मधेस आन्दोलनलाई दबाउने षडयन्त्र गरी आफूमाथि आक्रमण भएको सिंहले दाबी गरेका छन् ।

यसैबीच घटनाको विषयमा आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

No comments:

Post a Comment