Thursday, April 29, 2010

भारी मात्रामा पेट्रोल, गुलेली र गुच्चा बरामद

काठमाडौ, वैशाख १६ - प्रहरीले सुन्धारास्थित एक गेष्ट हाउसबाट भारी मात्रामा पेट्रोल बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ । प्रहरीले उक्त सामाग्रही माओवादीले शनिबारदेखि सुरु हुने आफ्नो निणयक आन्दोलनलाई ध्यानमा राखेर ल्याएको आशंका गरेको छ ।


प्रहरीले बिहीबार दिउँसो छापामा मार्दा सुन्धाराको सेती-महाकाली गेष्टहाउसबाट ४ सय लिटर पेट्रोल, दश बोरा खाली बोत्तल, गुलेली एक बोरा, गुच्चा दुई बोरा बरामद गरेको छ । त्यसैगरी काठको भूष सात बोरा, कैची सात थान, कपडा पनि बरामद गरेको छ ।

प्रहरीले गेष्टहाउस सञ्चालक अजव पाण्डे अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरीले पाण्डेलाई उदृत गर्दै कुपण्डोल ठेगाना भएका कृष्ण घिमिरेको नाममा कोठमा बुक गरेर खानेकुरा भन्दै ति सामाग्री राखेका थिए । (इकान्तिपुर)

No comments:

Post a Comment