१६ बैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. वाबुराम भट्टराइले वैशाख १८ गते हुने माओवादी जप्रर्दशनमा अभूतपूर्व जनसहभागिता रहने दावी गर्नुभएको छ ।देशभक्त गणतान्त्रिक एकता अभियानले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराइले सरकारमा बसेका दलहरुले आफूहरुको जनप्रदर्शनलाई हल्का मूल्याङ्गकन गरेको भन्दै शनिवार जनताले आफ्नो शक्ति देखाउने बताउनुभयो ।
माओवादी सरकारमा जानका लागि मात्र आन्दोलन नभएको दावी गर्दै भट्टराइले राष्ट्रियताको संरक्षण र गणतन्त्रको सुदृढीकरण नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।
उहाँले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार १८ गतेसम्म पूरा नभए आफूहरु अनिश्चितकालीन हड्तालमा जानुको विकल्प नरहने बताउनुभयो ।
उहाँले १८ गतेसम्म नै आफूहरुका माग पूरा हुन भन्ने चाहेपनि कुर्सीमा बसेकाले बलपूर्वक आन्दोलन दवाऊने हर्कत गरे जनवलबाटै सरकार परिवर्तन गर्ने गरी निरन्तर हड्तालमा जान बाध्य हुने बताउनुभयो । (onlinekhabar)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment