Friday, April 30, 2010

चरेश काण्डमा अन्तर्राष्ट्रिय पाइलट पक्राउ

कास्की, वैशाख १७ - चरेश विदेश पठाउन लागेको आंशकामा एक विदेशी पक्राउ परेका छन् । प्याराग्लाइडिङका अन्तराष्ट्रिय पाइलट स्कटलाई प्रहरीले पक्राउ गरेको हो । बिगत ९ वर्ष देखि पोखरामा बसेर प्याराग्लाइडिङ उडाउदै आएका उनी बेलायती नागरिक हुन् । उनले क्षेत्रीय हुलाक कार्यालय मार्फत पार्सलसहित चरेश क्यानडा पठाउन लाग्दा पक्राउ परेका हुन । पोखराको लेकसाइड स्थित मायादेवी भिलेजका संचालक समेत रहेका उनले अवैध रुपमा चरासहित प्याराहाकिङ गराउदै आएका थिए । विना लाइसन्स चरा उडाएको भन्दै जिल्ला वन कार्यालयले त्यसलाई रोक्का गरेको थियो । स्कटले भने आफुलाई फसाउन लाई आफनो नाम जोडिएको प्रहरी समक्ष बयानमा भनेका छन् । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । (ekantipur)

No comments:

Post a Comment