लेखनाथ पाण्डे, थिम्पू (भुटान), वैशाख १५- १६ औं सार्क शिखर सम्मेलन भुटानको राजधानी थिम्पूको ग्राण्ड एसेम्ब्ली हलमा बुधबार अपराह्न साँढे दुई बजे सुरु भएको छ। सम्मेलनको उदघाटन सार्क अध्यक्षको हैसियतले श्रीलङ्काली राष्ट्रपति माहिन्दा राजापाक्षेले गरे।
भारतीय प्रधान मन्त्री मनमोहन सिंहको भ्रमण एक दिन ढिलो भएका कारण बुधबार बिहान हुने भनिएको उदघाटन अपराह्नलाई सरेको हो।
सम्मेलनका लागि नेपालका प्रधान मन्त्री माधव नेपालसहित सार्कका सबै देशका राष्ट्र या सरकार प्रमुख सहभागी छन्। सार्कको २५ वर्ष लामो इतिहासमा भुटानले पहिलो पटक शिखर सम्मेलन आयोजना गर्दैछ। (नागरिकन्यूज)
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment