मोतिलाल पौडेल सुर्खेत, वैशाख १५ - स्थानीय व्यापारीलाई ट्याक्टर चालक र सहचालकले कुटपिट गरी मारेपछि उत्पन्न विवादका कारण अहिले कोलिकोट सदरमुकाम मान्म तनावग्रस्त भएको छ ।
पिलि बजारदेखि मान्म तर्फ आउँदै गरेको भे १ त ३२६४ नम्बरको ट्याक्टरले मोटर साइकलमा सवार गजेन्द्रबहादुर शाहीको साइट नदिएको विषयमा विवाद हुँदा खैरीखोलामा ट्याक्टर वालाहरुले रडले हान्दा मंगलबार राति नौ वजे शाहीका घटनास्थलमै मृत्यु भएको थियो ।
विवादका क्रममा ट्याक्टरका चालक र सहचालकले रडले हान्न थालेपछि गजेन्द्रसंगै पिलि बजारबाट मोटर साइकल आएका अर्का व्यापारी लक्ष्मण शाही भागेका थिए । भागेका लक्ष्मणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न भएका ट्याक्टर चालक प्रकाश बुढा, सहचालक कमल थापा सहित ट्याक्टर वाला सूर्य शाही र धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वुधबार विहान मृतक कालिकोट गेला गाविस घर भई मान्म बजारमा व्यापार गर्दै आएका गजेन्द्रको लाश पोष्टमार्टम गर्न ल्याउँदै गर्दा मृतकका आफन्तले विहान साढे १० वजे भे १ त ३२६३ नम्बरको ट्याक्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
घटनाको विरोध गर्दै मृतकका आफन्तले दिउँसो १ वजे ताडीमा भ १ त २६४३ र लु १ त ११२४ नम्बरको ट्याक्टरमा आगजनी गर्नुकासाथै ना ३ ख ४९३२ नम्बरको ट्रकमा आगजनी गरी भीरबाट खसालेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको विरोधमा मान्ममा ठूलो संख्यामा प्रदर्शन भएको र प्रहरीले नियन्त्रणमा लिन लाठी चार्ज समेत गर्नु परेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । (इकान्तिपुर)
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment