कुलचन्द्र न्यौपाने काठमाडौ, वैशाख १७ - कांग्रेस केन्द्रिय कार्य समितिको बैठकले माओवादीको सडक आन्दोलन र आमहड्तालका कारण प्रधानमन्त्रीले राजिनामा दिन नहुने निष्कर्ष निकालेको छ ।
साथै बिद्यालय तथा सरकारी भवनहरु कब्जा गरेर बसेका माओवादी कार्यकर्तालाई त्यहांबाट हटाउन सरकारलाई आग्रह गरेको छ । 'मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार जुनसुकै हदसम्म अघि बढ्नु पर्दछ' कांग्रेस प्रबक्ता अर्जुननरसिंह कैसीले भने ।
शुक्रबारको बैठकले प्रधानमन्त्री संबैधानिक प्रकृयाबाट निर्वाचित भएर आएको उल्लेख गर्दै कित सहमतिमा आउनु पर्ने वा संबैधानिक बाटोबाट मात्र निर्वाचित प्रधानमन्त्रीलाई हटाउन सक्ने ठहर कांग्रेसले गरेको हो ।
साथै कांग्रेसले माओवादीलाई आमहड्ताल फिर्ता लिएर सहमति र सहकार्यमा आउनसमेत आग्रह गरेको छ । 'आमहड्ताल फिर्ता नलिएर मुठभैडको स्थिति आउछ' केसीले भने ।
उनले का“ग्रेसले बार्ता र सहमतिबाट अघि बढ्न चाहैका उल्लेख गर्दै बार्ता र सहमतिकौ लागि ढोका सधै खुला राखेको बताए । (ekantipur)
Friday, April 30, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment