काठमाडौ, वैशाख १७ - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको प्रदर्शन र आमहड्तालका कारण कुनैपनि हालतमा राजिनामा नदिने बताएका छन् । शुक्रबार दिउंसो राज्य र सहायकमन्त्रीहरुसहित बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजिनामा दिए लोकतन्त्र र विधिको शासनको अन्त्य हुने बताए ।
'माओवादीको जवरजती अगाडि झुकेर राजिनामा दिएमा लोकतन्त्र र विधिको शासनको हार हुन्छ' कानुन मन्त्री प्रेबहादुर सिंहले प्रधानमन्त्रीको भनाई उदृत गरे, 'म जुनसुकै हालतमा पनि राजिनामा दिन्न ।'
मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीहरुले पनि एकै स्वरमा राजिनामा दिन नहुने बताएका थिए । माओवादीले प्रधानमन्त्रीको राजिनामा मागेर शनिबार प्रदर्शन र त्यसपछि अनिश्चितकालिन आमहड्ताल घौषणा गरेको छ । (इकान्तिपुर)
Friday, April 30, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment