Friday, April 30, 2010

ओलीले घर छाडे

काठमाडौ, वैशाख १७ - एमाले नेता तथा पूर्व गृहमन्त्री केपी ओलीले सुरक्षाको कारण देखाइ घर छाडेका छन् । स्रोतले दिएको जानकारी अनुसार ओली पुल्चोकस्थित मन्त्री निवासमा बस्न गएका छन् ।


उनी गृहमन्त्री भीम रावल, सञ्चार मन्त्री शंकर पोखरेल वा रक्षा मन्त्री बिद्या भण्डारी मध्ये को कहां बस्ने हुन् भन्ने सम्बन्धमा भने स्रोतले खुलाउन चाहेन ।

'उहा“ सुरक्षा संवेदनशीलताका कारण मन्त्री निवासमा बस्नुभएको हो' ओली निकट स्रोतले भन्यो, 'साथै सुरक्षास्थितिको विश्लेषण र परिचालनमा पनि उहा“ले मन्त्रीहरुलाई सहयोग गर्नु हुनेछ ।'

ओली माओवादीका सबैभन्दा कडा आलोचक मध्ये पर्दछन् । उनले माओवादीले सत्ता कब्जाको तयारी गरेको भन्दै अलोचना गर्दै आएका छन् । यसै सर्न्दर्भमा कुरा गर्न उनी बुधबार सा“झ दिल्ली गएर शुक्रबार बिहान फर्केका हुन् ।

बुधबार नै रक्षामन्त्री भण्डारीलाई सेनापति छत्रमानसिं गुरुङलाई बोलाउन लगाई सुरक्षा ब्रिफिङ लिएका थिए । (ekantipur)

No comments:

Post a Comment