सुर्खेत, वैशाख १५ - ढुवानीका लागि पर्याप्त व्यवस्था नभएर खाद्यान्न सुर्खेतमै थन्किएपछि विकट कर्णाली जिल्लामा यो वर्षपनि खाद्य सङ्कट देखापरेको छ ।
सम्बन्धित पक्षले जिम्मेवारीपुर्वक समयमा खाद्यान्न पुर्याउन नसक्दा त्यसक्षेत्रमा गएका वर्षा जस्तै खाद्य सङ्कट देखापरेको हो ।
सुर्खेत विमानस्थल र खाद्य डिपोमा कर्णालीका लागि पठाइने खाद्यान्न सर्ुर्खेतमै थन्किएपछि सङ्कट देखापरेको हो ।
खाद्य सङ्कटकै कारण कर्णाली अञ्चलको विकट जिल्ला मुगुमा स्थानीयवासीले सदरमुकाम गमगढीमा रहेको रेडक्रस शाखा कार्यालय हिजोदेखि घेराउ गरिरहेको भए पनि सम्बन्धित निकाय भने त्यसतर्फखाद्यान्न लैजाने तयारीमा देखिएको छैन ।
यस विषयमा सम्बन्धित निकायमा जानकारी लिन खोज्दा कोही पनि सर्म्पर्कमा आउन चाहेनन् । चामल मिल्छ भन्दै दर्र्ुइर्पटक रेडक्रसले बोलाएपछि आफूहरू एक दिनको बाटो हिँडेर सदरमुकाम आए पनि चामल नदिएकाले रेडक्रस कार्यालय घेराउ गरेको स्थानीयवासीले बताएका छन् ।
जिल्लाको सदरमुकाम गमगढीदेखि २० कोष टाढापर्ने कालै गाविसका झन्डै २५० जना स्थानीयवासीले रेडक्रसको कार्यालय घेराउ गरेका हुन् ।
उनीहरूले रेडक्रसको कार्यालय, घेराउसँगै विश्व खाद्य चाहिँदैन, रेडक्रस चाहिँदैन, जनता ठग्न पाइँदैनजस्ता चर्का नारासमेत लगाएका थिए । विश्व खाद्यको चामल रेडक्रससँग भए पनि आफूमाथि उपेक्षा गरेर नदिएको स्थानीयवासीले गुनासो गरेका छन् ।
तर रेडक्रस जिल्ला शाखा मुगुले भने चामल उपलव्ध नभएकाले वितरण गर्न नसकिएको स्वीकार गरेको छ । त्यस्तै कर्णालीका कालीकोट, जुम्ला ,डोल्पा, हुम्ला जिल्लाका विभिन्न गाविसमा खाद्य सङ्कट देखापरेको छ । रासस
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment