केही समय देखि उच्च राजनैतिक तनावका कारण कुनै पनि उपाय निस्की रहेको थिएन । विपक्षीहरुको एकोहरो दवाव तथा आफनै सरकारमा सामेल दलहरुले समेत सरकारको विरोध गरेपछि सरकारलाई समस्या परेको थियो । यसै क्रममा सरकारमा सामेल एक घटकले सरकारलाई दिएको र्समर्थन फिर्ता लिए पछि प्रधानमन्त्रीको लागि राजिनामा दिनु देखि विकल्प रहेको थिएन ।
यसै कारण गत विहिवार राजा समक्ष राजिनामा लिएर पुगेका वेल्जियमका प्रधानमन्त्रीलाई राजाले समस्या समाधानको लागि वार्ता पहल गर्न आग्रह गरेका थिए । तर वेल्जियको राजनेताहरुको लागि घाटीमा अडकेको काडा भएको BHV समस्या पार पाउन सकने अवस्था थिएन । राजिनामा दिए पछि विभिन्न वार्ता अगाडी वढाइएता पनि हुनै उपलव्धी नभए पछी अन्तत आज राजा द्धारा प्रधानमन्त्री याभीस लेटरमेको राजिनामा स्वीकृत गरेका छन ।
अव नया संरचनामा सरकार निमाण गर्न पहल गरिने अपुष्ट समाचर भएता पनि आगामी जुलाइमा निर्वाचन गराउन दलहरु लागि परेको जनाएको छ । यर्सथ छिटटै चुनाव हुन सकने श्रोतले वतायो । छोटो अपधिमा लेटरमेको सरकार दुइ पटक ढली सकेको छ । (Namaste Europe)
Monday, April 26, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment