काठमाडौ, वैशाख १६ - 'आन्दोलनपछि बन्नसक्ने सरकारले कठघरामा उभ्याउला, मानवअधिकारको ख्याल गरेर बल प्रयोग गर्नुहोस' गृहमन्त्री भीम रावलले बिहीवार बिहान नेपाल प्रहरीका चार सय भन्दा बढी अधिकृतहरुलाई नेपाल प्रहरी क्लबमा सम्बोधन गर्दै भने ।
'संयम हुनुहोस, शान्तिपूर्वक हुने प्रदर्शनमा केही नगर्नुहोला, स्थिति बिग्रन लाग्यो, जनधनका क्षति हुने स्थिति आयो भने बल प्रयोग गर्नुहोला' रावलले भने 'व्यवसायीक रुपमा काम गर्दा तपाईहरुलाई केही भए म छु, आयोग गठन गरेर कारवाही हुदैन, अनुसन्धानका क्रममा अन्तराष्ट्रिय अदालत, जेनभामै जानुपर्ने स्थिति आयो भने मै जाउँला, तपाईहरुलाई केही हुन्न ।'
राजनैतिक दलले ठूला प्रकारको आन्दोलन गर्न लाग्दा गृह मन्त्रीले नेपाल प्रहरीका अधिकृतहरुलाई राखेर यस प्रकारको सम्बोधन गरेको इतिहाहसमै यो पहिलो घटना भएको अधिकृतहरु बताउछन । बैठकमा सहभागी एक अधिकृतका अनुसार मन्त्री रावलले पौने दुई घन्टा कार्यकर्ताहरुलाई झै सम्बोधन गरेका थिए , त्यसक्रममा एक घन्टा भन्दा बढी माओवादी पार्टीलाई गाली गर्नमा खर्चिएका थिए । 'हामीले आन्दोलनका क्रममा कसरी परिचालित हुने सम्बन्धमा रणनैतिक सुरक्षा निर्देशनको अपेक्षा गरेका थियौं' ती अधिकारीले भने, 'एमाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेजस्तो निर्देशन पायौ ।'
माओवादीले बैशाख १८ गतेदेखि गर्न लागेको जनप्रर्दशन र अनिश्चितकालीन आम हडतालको विषयमा गृहमन्त्री रावलले त्यस्तो निर्देशन दिएका हुन । केही उच्च अधिकृतहरुले मन्त्री रावलको दुई घन्टे सम्बोधनलाई 'अन्तिम बिदाई भाषण' संज्ञा दिएका थिए । बैठकमा प्रहरी प्रमुखदेखि उपत्यकामा रहेका निरीक्षकसम्मका चार सय भन्दा बढी प्रहरी अधिकृतहरु सहभागी थिए । (इकान्तिपुर)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment