१६ वैशाख, थिम्पु । भारतले मुख्य प्रतिपक्षी एकीकृत नेकपा माओवादीसँग मिलेर अघि बढ्न प्रधानमन्त्री माधबकुमार नेपाललाई सुझाव दिएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विहीबार विहान भुटानको थिम्पुमा प्रधानमन्त्री माधबकुमार नेपाललाई भेटगरी राजनीतिक गतिरोध अन्त्यको लागि समन्वयकारी भुमिका खेल्न सुझाव दिनुभयो ।
सिंह र नेपाल १६ औं सार्क शिखर सम्मेलनमा सहभागी हुने क्रममा भुटानको थिम्पुमा हुनुहुन्छ । थिम्पुस्थित एक होटलमा झण्डै आधा घण्टासम्म चलेको भेटमा सिंहले माओवादीले मे दिवसको अवसरमा आउँदो शनिबार गर्न लागेको बृहत जनप्रदर्शनबारे चासो राख्नु भएको थियो ।
भेटमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतले आवश्यक सहयोग गर्ने सिंहले प्रतिबद्धता जनाउन भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री नेपालको भारत भ्रमणको क्रममा भएका दुई पक्षिय सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।
भेटपछि प्रधानमन्त्री नेपालले सन्चारकर्मीहरुसँग कुरा गर्दै माओवादीले चाहेजस्तो अधिनायकवाद सम्भव नहुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अधिनायकवाद धेरै दिन टिक्दैन ।’ उहाँले भारतले वर्तमान सरकारलाई समर्थन गरेको दावी समेत गर्नुभयो । (अनलाइनखबर)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment