१३ बैशाख, काठमाण्डौ । व्यबस्थापिका संसद अन्तर्गत सार्वजानिक लेखा समितिले साउदी अरवको मक्का मदिनामा हज गर्न जाने क्रममा हज कमिटिले अनियमियतता गरेको ठहर गरेको छ ।
सिंहदरवारमा सोमबार बसेको समितिको बैठकले २०६५ सालको केन्द्रीय हज कमिटिले तीर्थालुहरुलाई महङ्गो हवाई टिकट उपलब्ध गराएर अनियमितता गरेको ठहर गरेको हो ।
लामो समयसम्मको छलफलपछि लेखाले टिकट खरिदका क्रममा प्रतिव्यक्ति १ सय ३९ अमेरिकी डलर अनियमितता भएको ठहर गरेको हो ।
समितिले सस्तो दरको टिकट उपलव्ध हुँदै तत्कालीन गृहमन्त्री वामदेव गौतमले महङ्गो टिकट खरिदका लागि दवाब दिएकोले थप छानविन गर्नुपर्ने निष्कर्ष निकालेको छ । हवाई टिकटका लागि समयमै बोलपत्र आव्हान नगरेको, साविक भन्दा निकै ठूलो हज कमिटि बनाएकोमा तत्कालीन गृहमन्त्री गौतम जिम्मेवार भएको समितिले ठहर गरेको छ । समितिको प्रतिवेदनमा कति अनियमितता भएको भन्ने एकिन छैन ।
सभासद अलाउद्दिन अञ्सारी संयोजकत्वको उपसमितिले गरेको छानविन प्रतिवेदन सर्वसम्मत अनुमोदन गर्दै लेखाले आगामी दिनमा निर्देशिका बनाई हज यात्रालाइ व्यवस्थित गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
लेखाले सुरुमा नेपाल वायुसेवा निगमलाई टिकट व्यवस्थापन गर्न लगाएर, पछि प्रयोग नगरेबाट निगमलाई ७७ लाख रुपैया नोक्सानी भएकोमा तत्कालिन हज कमिटि जिम्मेदार रहेको बताएको छ । मक्का मदिनामा हाजीहरु बसेको होटलको विल भरपाइ अहिलेसम्म पेश नभएको भन्दै समितिले थप शंका उत्पन भएको भन्दै समितिका सुझाव कार्यान्वयन गरि अख्तियारमा पठाऊन भनेको छ ।
जिल्ला प्रशासन कार्यालयको पत्रविना स्थानिय शान्ति समितिको सिफारिसमा द्वन्द्वपीडितलाइ रकम वितरण गरेकोप्रति आशंका
यसैबीच, लेखा समितिले जिल्ला प्रशासन कार्यालयको पत्रविना स्थानिय शान्ति समितिको सिफारिसमा द्वन्द्वपीडितलाइ रकम वितरण गरेको भन्दै शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक पारदर्शीतामा प्रश्न उठाएको छ ।
सभासद्हरुले शान्ति मन्त्रालयले वितरण गरेको रकमप्रति प्रश्न उठाएपछि खर्चको विवरण १५ दिनभित्र पेश गर्न लेखाले मन्त्रालयलाई निर्देशन दिएको छ । राजनीतिक दवाव र पहुँचको आधारमा शान्ति मन्त्रालयको रकमको चरम दुरुपयोग भएको समितिले आशंका गरेको छ । मन्त्रालयले चित्त बुझ्दो जवाफ नपठाए मन्त्रीलगायत अधिकारीहरुलाई समितिमा बोलाइने समिति सभापति यादवले बताउनुभयो । (अनलाइनखबर)
Monday, April 26, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment