भद्रपुर, वैशाख २१- झापाको सुरुङ्गामा नातिको कुटाइबाट गए राति हजुरआमाको मृत्यु भएको छ। सुरुङ्गा–६ बस्ने राजन सेढाईंले आफ्नै हजुरआमा ८० वर्षीया बछलीदेवीलाई ढुङ्गा र खुर्पाले टाउकोमा हानेपछि उनको मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ।
उनको मादक पदार्थ सेवन गरेको अवस्थामा हजुरआमासित सामान्य विवाद भएपछि घटना भएको बताइएको छ।
हत्याको अभियोगमा प्रहरीले राति नै उनलाई पक्राउ गरेको छ। - रासस
Tuesday, May 4, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment