Sunday, June 27, 2010
हाम्बर्गमा ''ग्रिल पार्टी'' सम्पन्न
योगेन्द्रमिलन छन्त्याल
हाम्बर्ग, जर्मनी, १३ असार,
आज जर्मनीको हाम्बर्गमा गैह्र आवसीय नेपाली संघ क्षेत्रीय समन्वय समितिको आयोजनामा ''ग्रिल पार्टी'' सम्पन्न भएको छ ।
सयौ हाम्बर्गवासी नेपालीहरुको सहभागिता रहेको सो पार्टीमा प्रमुख अतिथि एनआरएन जर्मनीका अध्यक्ष दिलबहादुर गुरुङले नेपालीहरुलाई आइपरेका समस्या समाधान गर्न र जन्मभूमिका लागि योगदान दिनका लागि समन्वय समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास प्रकट गर्नुभयो । गुरुङले भन्नुभयो - ''१५-२० वर्ष पहिले सरदारहरु भेट्दा पनि हाम्रो देश नजिकैको मान्छे पनि रहेछन् भनी हिन्दीमा कुरा गर्दा खुब मज्जा आउथ्यो । अहिले हाम्बर्गमा मात्र हजारौ नेपालीहरु स्थायी वा अस्थायी रुपमा बसोवास गरिरहेकोले समन्वय समितिको जिम्मेवारी अझ बढेर आएको छ ।'' उहाँले थप्नुभयो : ''एक आपसमा खुट्टा तानातान गर्ने प्रवृतिलाई त्यागेर सबै हातेमालो गर्नसकेमा थुप्रै उदाहरणीय काम गर्न सकिन्छ । हामी हामीबीचमा राजनीतिक मतभेद हुनुहुंदैन l''
कार्यक्रममा गुरुङले केही समय पहिले निर्वाचित समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो साथै उहाँहरुलाई खाड़ा ओढाएर शुभकामना दिनुभएको थियो l नवनिर्वाचित पदाधिकारीहरुमा संयोजक विपिन श्रेष्ठ, सह संयोजक कृष्ण पुन, सचिव सुमन खोजु र सह सचिवमा हिराबहादुर गौतम हुनुहुन्छ l यसैगरी आर्थिक संयोजकमा कृष्ण विकमान, सांस्कृतिक संयोजकमा तेजकुमार राई, युवा प्रतिनिधिमा भोजराज न्यौपाने र सदस्यहरुमा सुरेश श्रेष्ठ, टिका क्षेत्री, अमृत के.सी. र रामकाजी गोसाई हुनुहुन्छ l सल्लाहकारहरुमा भोजराज वाइवा, पूर्ण छन्त्याल, लालबहादुर गुरुंग र राजेन्द्र पाण्डे रहनुभएको छ l
समितिकोतर्फबाट नवनिर्वाचित संयोजक श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो l सो अवसरमा एनआरएन जर्मनीका उपाध्यक्ष गंगालाल श्रेष्ठ, महिला प्रतिनिधि टाशी शेर्पा र सदस्य पुष्प थापालाई पनि खाड़ा ओढाएर स्वागत गरिएको थियो l
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment