दीपक गौतम, (वीरगन्ज), हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीलाई शनिबार बेलुकी सवा ५ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
वीरगन्ज उपमहानगरपालिका-१३ रानीघाटका तिवारीलाई उनकै घरनजिक रहेको रानीघाट मठमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो। मृतक तिवारीको पिठ्युँमा तीनवटा गोली लागेका छन्।
गोली लागी घाइते भएका तिवारीलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको हो।
मृतक तिवारीका आफन्त एवम् हिन्दू युवा संघले हत्या एकीकृत माओवादीका कार्यकर्ताले गरेको आरोप लगाएका छन्। एकीकृत माओवादीको बन्दका क्रममा वीरगन्जमा बन्दकर्ता र हिन्दू युवा संघबीच भिडन्त भएको थियो। त्यसैलाई लिएर एकीकृत माओवादीले पटकपटक धम्की दिँदै आइरहेको हुनाले तिवारीको हत्यामा सोही पार्टीको नै हात रहेको मृतक तिवारीका आफन्तजनको दाबी छ।
हिन्दू युवा संघका कार्यकर्ताले बेलुकी साढे ६ बजेदेखि वीरगन्ज बजार बन्द गरेका छन्। आफ्ना अध्यक्षको गोली प्रहारबाट मृत्यु भएको विरोधमा उनीहरुले वीरगन्ज बजार बन्द गराएका थिए। (nepal samacharpatra)
Saturday, June 26, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment