शेखर अधिकारी, काठमाडौं , अषाढ १६ - दलहरुबीच सहमति नजुटेपनि प्रधानमन्त्री माधवकुमार नेपालले आज साँझ राजीनामा दिने भएका छन् । उनले साँझ ६ बजे राष्ट्रका नाममा सम्वोधन गर्ने कार्यक्रम छ ।
'प्रधानमन्त्रीले आज राजीनामा दिने सम्भावना करिव-करिव पक्का हो,' प्रधानमन्त्रीका प्रेश सल्लाहकार विष्णु रिजालले ईकान्तिपुरसित भने, 'बेलुका ६ बजे राष्ट्रका नाममा सम्वोधन गर्ने कार्यक्रम छ ।'
राजीनामा तथा राष्ट्रका नाममा गर्ने सम्वोधनका बिषयमा छलफल गर्न प्रधानमन्त्रीले अहिले अनौपचारिक छलफल गरिरहेका छन् । यसैबिषयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकमासमेत छलफल भएको छ ।
राष्ट्रका नाममा गर्ने सम्वोधनका बिषयमा छलफल गर्न प्रधानमन्त्री नेपाल अहिले एमाले मुख्लायमा चलिरहेको स्थायी कमिटी बैठकमा भाग लिन पुगेका छन् । यसलगत्तै सत्ता गठबन्धनका २२ दलको बैठक बस्दैछ । उक्त बैठक सकिनेवित्तिकै साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने कार्यक्रम छ भने साँझ ६ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सरकारी निवास बालुवाटारबाटै सम्वोधन गर्नेछन् । (ekantipur)
Wednesday, June 30, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment