Wednesday, June 30, 2010

पहिरोमा परी ८ बेपत्ता

१६ असार, उदयपुर । उदयपुरको आँपटार गाविस- ३ स्थित खयरबासमा बुधवार बिहान भिषण वर्षासंगै गएको पहिरोमा परी ८ जना वेपत्ता भएका छन् भने ७ जना घाईते भएका छन् ।
स्थानीय गणेश राई, पशुपति राई सहित तीन जनाको पसल पहिरोले बगाउँदा ८ जना वेपत्ता भएको घाईते अम्बरबहादुर शाहीले बताउनु भयो । खोटाङ्गको दिक्तेलबाट लोकसेवा आयोगको परिक्षा दिएर पर्किएका परिक्षार्थीहरु खयरबासमा रहका पसलमा बास बस्ने क्रममा पहिरोमा परेको हुन् ।
बुधवार बिहान ३ बजेतिर आएको पहिरोले पसल सहित बगाउँदा गणेश राईकी श्रीमति, सर्लाहीका संतोष कार्की, बाजुराका अम्बरबहादुर शाही सहित ८ जना वेपता भएको घाईते शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीकोटका लक्ष्मण साउद, सुर्खेतका निरक, अम्बरबहादुर शाही, सहित ७ जना घाईते भएका छन् ।
घरमाथीबाट आएको आएको पहिरोले तीन वटै घर बगाएर सुनकोशी नदिमा पुर्याएको छ । घटनाबाट पीडितहरुको उद्दारका लागि घटनास्थलमा गाईघाटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले बताए ।
सदरमुकाम गाईघाटबाट घटनास्थल करिब १५ कोष टाढा रहेको प्रहरीले जनाएको छ । पसल नजिकैबाट बग्ने खहरे खोला पहिलोले थुनिएपछि आएको बाढीपहिरोले तीन पसल बगाएको हो । (onlinekhabar)

No comments:

Post a Comment