न्रीवादी/माक्र्सवादी पmेन्च लेखिका सिमोन द बोभार आफ्नो किताब द सेकेन्ड सेक्स -दोस्रो दर्जा)का लागि जति चर्चित थिइन्, विश्वप्रसिद्ध दार्शनिक जाँ पाल सार्त्रसँगको सम्बन्धका कारण पनि उत्तिकै चर्चित थिइन् । सन् १९२९ देखि उनी र सार्त्र ५० वर्षसम्म सँगै बसे । भनिन्छ- सार्त्रले उनलाई कम्तीमा चारपटक आफूसँग बिहे गर्न आग्रह गरे, तर उनले अस्वीकार गरिन् । पत्रकार एलिस श्वेर्जरले सन् १९७३मा रोममा सिमोन र सार्त्रसँग विस्तृत अन्तर्वार्ता लिएकी थिइन् । त्यस अन्तर्वार्ताका केही अंशः
एलिस : सिमोन, तपाईंले लेख्नुभएको थियो- 'मेरो जीवन सबैभन्दा महत्त्वपूर्ण काम हो । मेरो जीवनको अद्वितीय अनुभव सार्त्रसँगको भेट हो ।' तपाईंले यसो भनेको पनि ४० वर्ष बित्यो । त्यसवेलादेखि अहिलेसम्म तपाईंहरू सँगै हुनुहुन्छ । तपाईंको जीवनशैलीलाई कतिले आलोचना गरे भने कतिले अनुसरण गर्ने कोसिस पनि गरे । नजानिँदो पाराले तपाईं आदर्श बन्नुभयो । तपाईंहरू कहिल्यै सँगै बस्नुभएन, तर एक-अर्काको साथ पनि कहिल्यै छाड्नुभएन । तपाईंहरूले किन विवाह गर्नुभएन ?
सिमोन : सार्त्र र मेरो सम्बन्ध बन्धनको सम्बन्ध होइन । त्यसो हुँदो हो त समाजको परम्पराभित्र रहेर मैले सायद विभिन्न भूमिका निर्वाह गर्नुपथ्र्याे । हामीमा परम्परको कुनै छाप छैन । त्यसैले, हाम्रो सम्बन्ध हदैसम्म लचिलो छ । कैयाँैपटक हामी एउटै छानोमुनि हुन्छौँ, तर पूर्णरूपमा एकसाथ हँुदैनाँै । जस्तो कि, म र सार्त्र युवा हुँदा हामी होटेलमा बस्थ्याँै । र, रेस्टुरेन्टमा खान्थ्यौँ, कहिले हामी दुईजना मात्रै हुन्थ्यौँ भने कहिले अरू साथी पनि हुन्थे । हामी छुट्टी बिताउन जान्थ्यौँ । तर, सधँै हामी सँगै हुँदैनथ्यौँ । मलाई साँझपख घुमफिर गर्न रमाइलो लाग्छ । सार्त्रलाई लाग्दैन । म घुम्न जान्थे । उनी साथीहरूसँग समय बिताउँथे । हाम्रो जिन्दगी यसैगरी समझदारीमा चल्यो । हामीलाई गर्न मन लागेका कुरा हामीले सबै गर्याँै । हामी सँगै थियौँ, तर पूर्ण स्वतन्त्र थियौँ । यसकारण, हामो जीवन सधँै रोमान्टिक भयो । हाम्रो सम्बन्धको महत्त्वपूर्ण पक्ष के हो भने हामी विवाहको औपचारिकताबाट बच्यौँ, त्यसले हामो दिनचर्यालाई स्वतन्त्र बनायो ।
एलिस : तपाईंहरूले एकसाथ नरहने निश्चय गर्नुभयो । सम्भवतः यो तब सम्भव हुन्छ, जब तपाईं आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ ?
सार्त्र : हो, म पनि यही मान्छु ।
सिमोन : हामी धेरै समृद्ध थिएनाँै । हामी पढाउँथ्यौँ । आम्दानीको स्रोत भनेको तलब मात्रै थियो । त्यसले हामी बसेको सानो होटेलको एउटा कोठाको भाडा मात्र तिर्न पुग्थ्यो । तपाईंको आम्दानी रामो भएन भने यस्तो खर्च जुटाउन मुस्किल हुन्छ । साथ नरहने विचार यसकारण आयो कि हामी दुवैजना घरमा बाँधिन चाहँदैनथ्यौँ । हामी होटेलमा बस्थ्यौँ । मैले कहिल्यै पनि आफ्नो एउटा फ्ल्याट होस् भन्ने कल्पना गरिनँ । हामी सँगै बस्न चाहँदैनथ्याँै भन्नुभन्दा हामी कुनै पनि मूल्यमा सँगै बस्न तयार थिएनौँ भन्नु उपयुक्त हुनेछ ।
एलिस : तर, एक समयमा तपाईंहरू होटेलमा सँगै बस्नुभयो नि, होइन र ?
सात्र : हो, हामी बस्यौँ ।
सिमोन : कहिलेकाहीँ यस्तो समय पनि आयो, जतिवेला हामी धेरैपटक एउटै होटेलमा बस्याँै । कहिले एउटै कोठा हुन्थ्यो, त कहिले फरक । तैपनि हाम्रो स्वतन्त्रतामा कुनै अवरोध आएन ।
एलिस : तपाईंको संस्मरण पढेर मलाई आश्चर्य लाग्यो कि तपाईं विवाहप्रथाको विरोधमा खडा हुनुभयो । र, तपाइर्ंहरू दुवैका लागि एक-अर्काको सम्बन्ध नै सबभन्दा महत्त्वपूर्ण रह्यो । तपाईंहरूका जीवनमा जो आए पनि ती केवल दोस्रो व्यक्ति भए ।
सिमोन : हो, यो सही हो ।
सार्त्र : हो, तपाईंको कथनमा केही सत्यता छ । यही कारणले केही महिलासँग मेरो विवाद भयो । उनीहरू मेरो जीवनमा मुख्य भूमिका चाहन्थे ।
सिमोन : सार्त्र र मेरो जिन्दगीमा जोडिने हरेक नयाँ व्यक्तिलाई हाम्रो सम्बन्धको जानकारी थियो । यसले हामीबीचको सम्बन्धका साथै तेस्रो व्यक्तिसँगकोे हाम्रो सम्बन्ध पनि प्रभावित भयो । उनीहरू हामीबाट धेरै दुःखी भए । यसकारण, उनीहरू र हाम्रो सम्बन्ध त राम्रो भएन भएन, हामीबीचको आपसी सम्बन्ध पनि राम्रो भएन ।
एलिस : बच्चा नजन्माउने निर्णय तपाईंले कसरी लिनुभयो ? या यस विषयमा सोच्न तपाइर्ंले कहिल्यै आवश्यक ठान्नुभएन ?
सिमोन : मैले यो निर्णय यत्तिकै लिएँ भने हुन्छ । किनभने, म बच्चा पाल्न पूर्णतयाः अनिच्छुक थिएँ । युवा हुँदा विवाहको विषयमा सोच्दा बच्चाको विषयमा पनि सोच्ने गर्थेँ । तर, सार्त्रसँग मेरो सम्बन्ध विवाह र परिवार संस्थाभन्दा माथिको विशुद्ध बौद्धिक धरातलमा निर्माण भएको सम्बन्ध थियो । मलाई बच्चाको कहिल्यै चाहना भएन । सार्त्रका लागि बच्चा जन्माउन चाहँदैनथेँ म । उनी एक्लै मेरा लागि पर्याप्त थिए । मलाई थाहा भएन- सार्त्रले यस विषयमा कहिल्यै सोचे कि सोचेनन् ।
सार्त्र : मैले युवावस्थामा यसबारे कहिल्यै सोचिनँ ।
एलिस : तर, तपाईंले भर्खरै एकजना धर्मपुत्री बनाउनुभएको छ, होइन र ?
सार्त्र : यो अलग कुरा हो । हाम्रो सम्बनध परम्परागत पिता र पुत्रीको जस्तो छैन । उनलाई एक बाबुको आवश्यकता थियो र मलाई छोरीको ।
सिमोन : यसमा एउटा व्यावहारिक पक्ष पनि जोडिएको थियो । सार्त्रको इच्छा थियो कि- कोही उनको वैधानिक उत्तराधिकारी होस् । सम्पत्तिको होइन कि उनको बौद्धिकताको उत्तराधिकारी ! तपाइर्ंको बौद्धिक सम्पदा त्यसलाई सम्मान गर्न नजान्ने व्यक्तिको हातमा पर्नु जति दुःखदायी कुरा अरू केही छैन ।
एलिस : अधिकांश मानिस तपाईंलाई सार्त्रको सहयात्री मान्छन् । तर, सार्त्रलाई कसैले पनि बोभारको सहयात्री भन्दैनन् । यो भेदभावले तपाईंहरूको सम्बन्धमा प्रभाव परेको त छैन ? सिमोन, यसले तपाइर्ंलाई कहिल्यै अशान्त बनायो कि ?
सिमोन : यसले सार्त्र र मेरा सम्बन्धमा कुनै प्रभाव पारेन । जे भनिए पनि, यो सार्त्रको दोष त होइन नि ! मैलेे लेखनबाट आफ्ना परिचय बनाइसकेकी थिएँ, त्यसैले चिन्तित भइनँ । तर कहिलेकाहीँ केही आलोचना पढेर चिन्तित हुन्थेँ, जसमा लेखिएको हुन्थ्यो- 'सार्त्रसँग भेट नभएको भए म एक शब्द पनि लेख्न सक्दिनथँे । सार्त्रले नै मेरो साहित्यिक जीवन बनाइदिए ।' कसैले त यतिसम्म भने कि मेरा पुस्तक सार्त्रले नै लेखिदिएका हुन् ।
एलिस : सार्त्र, यस्तो आरोपमा तपाईंको के प्रतिक्रिया हुन्थ्यो ?
सार्त्र : मलाई ती सबै हास्यास्पद लाग्थे । मैले कहिल्यै तिनको विरोध गरिनँ किनभने ती सबै हल्ला थिए । यस्ता लेख गम्भीरतापूर्वक लिइन पनि लायक थिएनन् । यिनले मलाई व्यक्तिगत रूपमा कहिल्यै दुःख दिन सकेनन् । यसकारण होइन कि म एक यस्तो पुरुष हँु जो आफ्नो पुरुषत्वप्रति हदसम्म आश्वस्त छ । बरु, यसकारण कि त्यस्ता आरोप धेरै निरर्थक र वाहियात हुन्थे । यो हाम्रो जीवनमा कहिल्यै महत्त्वपूर्ण विषय रहेन ।
एलिस : एउटा सामान्य प्रश्न गर्छु । पैसाले दम्पतीबीच महत्त्वपूर्ण भूमिका खेल्छ । तपाईंहरूको बीचमा पैसाले कहिल्यै कुनै समस्या निम्त्यायो ?
सार्त्र : अँ हँ, हामीबीच कहिल्यै त्यस्तो भएन । पैसा कहिलेकाहीँ हामीलाई धेरै आवश्यक हुन्थ्यो । तर, यसले हाम्रो सम्बन्धलाई प्रभावित गरेन । हामी दुवैसँग पैसा हुन्थ्यो या एकजनासँग मात्र । एकजनासँग मात्र पैसा हुँदा हामी बाँडेर लिन्थ्यौँ । दुवैसँग हँुदा भने छुट्टाछुट्टै राख्थ्याँै ।
सिमोन : हामी जवान हुँदा सार्त्रसँग आफ्नी हजुरआमाबाट पाएको केही पैतृक सम्पत्ति थियो । त्यसलाई प्रयोग गर्न मलाई कहिल्यै कुनै नैतिक संकोच भएन । कुनैवेला म पूर्णरूपमा सार्त्रमा निर्भर थिएँ । किनभने, म त्यतिवेला 'द सेकेन्ड सेक्स' लेख्न व्यस्त थिएँ । मैले काम गरेको भए लेख्न सक्दैनथेँ । त्यसवेला सार्त्रसँग धेरै पैसा पनि थियो । लगभग दुई वर्ष पहिला सार्त्रको स्थिति धेरै राम्रो थिएन, त्यतिवेला मैले सहयोग गरेँ । यद्यपि, हाम्रो पैसा अलग-अलग हुन्छ । मेरो पैसामै राख्छु, उनको उनै ।
एलिस : जब कोही व्यक्तिसँग अत्यन्त नजिकको नाता हुन्छ, उसबाट स्वाभाविक रूपमा प्रभावित भइन्छ । तपाईंहरू पनि एक-अर्कासँग प्रभावित हुनुहुन्छ होला नि ? कुन-कुन बिन्दुमा तपाईंहरू एक-अर्काबाट प्रभावित हुनुभयो ?
सार्त्र : म त भन्छु- हामी पूर्णरूपमा एक-अर्काबाट प्रभावित थियौँ ।
सिमोन : मेरो यसमा अलि फरक मत छ । प्रभावित होइन कि, हामीबीच एककिसिमको आकर्षण थियो जसमा हाम्रा विचार र ज्ञान पूर्णतः समायोजित थिए ।
एलिस : तपाईंहरू एक-अर्कालाई धेरै शिष्टतापूर्वक तपाइर्ं भनेर सम्बोधन गर्नुहुन्छ भन्ने सुनेर म आश्चर्यचकित भएँ ।
सार्त्र : मैले त्यसको सुरुवात गरेको होइन । सिमोनले हो । सिमोनले मलाई तपाइर्ं भनेर सम्बोधन गरेपछि मैले लापरवाह भएर तिमी भन्न सकिनँ ।
सिमोन : मलाई त कसैलाई पनि तिमी भनेर सम्बोधन गर्न मन लाग्दैन । म आफ्ना आमाबुबालाई भने तिमी भनेर बोलाउँथेँ । अरूलाई त म शिष्टताको भाषा नै प्रयोग गर्छु ।
एलिस : जीवनको यति लामो अनुभवपछि तपाइर्ं मान्नुहुन्छ कि स्त्री-पुरुषबीचको परम्परागत सम्बन्ध र भूमिकाबाट तपाईं मुक्त रहनुभयो ?
सिमोन : मलाई लाग्दैन कि जस्तो खालको जीवनयापन हामीले चयन गर्यौँ, त्यसमा मैले महिलाको भूमिका निर्वाह गर्नुपर्यो । मैले सम्झेसम्म एकपटक त्यस्तो भयो । युद्धको समयमा मैले यात्राको तयारी या खाना बनाउने काम गर्नुपथ्र्याे । खाना बनाउने काम मैले नै गरँे, सार्त्रले गरेनन् । उनी यो काम गर्न सक्दैनथे । त्यतिवेला हामी पेरिसको एक ठाउँमा गएर मासु ल्याउँथ्यौँ । मासु काटकुट पार्न सात्रले सघाउँथे । मैले चाहिँ पकाउनुपथ्र्याे । सार्त्रलाई खाना बनाउन आउँदैनथ्यो । उनी अन्डा पmाई गर्न मात्र जान्दथे । यसको मुख्य कारक थियो- उनको पुरुषोचित शिक्षा र परिवेश ।
एलिस : केही महिला तपाईं महिला भएर पनि पूर्णतः स्वतन्त्र र मुक्त भएको देखेर खुसी थिए, तर तिनीहरू तपाईंले संस्मरणमा लेखेका केही कुराले हतोत्साही भए । तपाईंले ओल्गासँको सम्बन्धबारे उल्लेख गर्दा लेख्नुभयो- 'म धेरै क्षुब्ध थिएँ । सार्त्र उनलाई धेरै चाहन्थे । त्यसैले मैले उनको नजरबाट हेर्न सुरु गरेँ किनभने सबै विषयमा सार्त्रसँग मेरो सहमति महत्त्वपूर्ण थियो ।' मलाई दोस्रो वाक्य पनि याद छ- 'सार्त्र युद्धबाट फर्किए र भने- अब हामी राजनीतिमा जान्छौँ । त्यतिवेला तपाईंले लेख्नुभयो- 'त्यसैले हामी राजनीतिमा गयौँ ।
सिमोन : मलाई लाग्दैन कि महिला भएका कारण मैले त्यो प्रतिक्रिया दिएकी थिएँ । तपाइर्ं -हेर्नूस्- हाम्रा धेरै पुरुष साथी जो त्यतिवेला किंकर्तव्यविमूढ थिए) को पनि त्यही प्रतिक्रिया थियो । उनीहरू सबैले राजनीतिलाई समर्थन गरे । यो सार्त्रको विशेष गुण हो । उनी सम्भावना विकसित गर्छन् । त्यतिवेला हाम्रा सबै साथी सार्त्रले भनेअनुसार निर्देशित भए । त्यसैले यो स्त्री-पुरुषबीचको मामला थिएन । हामी हाम्रो बीचको लामो दूरी सहन गर्न सक्दैनथ्यौँ ।
सार्त्र : हो, निश्चय नै ।
ÃÃÃ
(जर्मनीकी नारीवादी लेखिका एलिस श्वेर्जर जर्मन नारीवादी पत्रिका इम्माकी संस्थापक र प्रकाश थिइन् । सन् १९७२ देखि ८२ सम्म उनले सिमोन द बोभारसँग गरेका धेरै अन्तर्वार्ताहरूको संग्रह सिमोन द बोभार टुडेः कन्भर्जेसन्स विश्वप्रसिद्ध छ ।)
-अनुवाद : प्रमिला देवकोटा
pamee.devkota@gmail.com
Friday, July 2, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment