Friday, July 2, 2010

विश्वकप जीत्ने ब्राजिलको सपना चकनाचूर

१८ असार, काठमाण्डौ । पाँच पटकको बिश्वकप बिजेता ब्राजिललाई पराजित गर्दै नेदरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । नेदल्याण्डसँगको हारसँगै छैठौं पटक विश्वकप जित्ने ब्राजिलको सपना चक्नाचूर भएको छ ।
दक्षिण अपिmकामा जारी १९ औं संस्करणको विश्वकप फुटवलको पहिलो क्वाटरफाइनल खेलमा ब्राजिललाई २-१ गोलले पराजित गर्दै नेदरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोर्ट एलिजाबेथमा शुक्रबार राति भएको खेलमा ब्राजिलले खेलको पहिलो हाफको १० औं मिनेटमा रोविनोको गोलको मद्धतले अग्रता लिएको भएपनि खेलको दोस्रो हाफको ५३ औं मिनेटमा नेदरल्याण्डका फेलिपले गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो ।

दोस्रो हाफको ६८ औं मिनेटमा विज्लेले गरेको अर्को गोल थपे पछि नेदरल्याण्डको सेमिफाइनलको यात्रा पक्का भएको हो । (onlinekhabar)

No comments:

Post a Comment