१८ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसएलसीको परीक्षाफल शुक्रबार प्रकाशित गर्दैछ । परीक्षाफल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयमा अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ । त्यसअघि प्राप्ताङ्कको अन्तिम पटक रुजु गर्ने काम सकिनेछ ।
‘प्राविधिक त्रुटि नभए अपरान्हसम्म परीक्षाफल प्रकाशित हुन्छ,’ परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले भन्नुभयो, ‘त्यसअघि प्राप्ताङ्क अन्तिमपटक रुजु गर्ने काम सकिनेछ ।’
यस वर्ष विगतका वर्षझैं राति परीक्षाफल प्रकाशित नगरी उज्यालोमै प्रकाशित गर्ने तयारी भइरहेको छ । एसएलसीको नतिजा एसएमएस, इन्टरनेट, एफएम रेडियोलगायतबाट थाहा पाउन सकिने छ ।
यस वर्षको एसएलएसीमा चार लाख ५६ हजार चार सय १९ जना परीक्षार्थी सामेल भएका छन् । (onlinekhabar)
Thursday, July 1, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment