काठमाडौ, श्रावण २० - निर्वाचन आयोगले माओवादीका तर्फाट रामकुमार पासवान र फरमुद नदाफलाई संविधानसभाको रिक्त सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको छ ।
समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका मातृकाप्रसाद यादव र जगत्प्रसाद यादवको पद रिक्त भएकोले माओवादीको सिफारिसअनुसार मेधसी पुरुष समूहबाट प्रतिनिधित्व गर्ने पासवान र नदाफलाई सो पदमा निर्वाचित गरिएको आयोगले जनाएको छ ।
मातृकाप्रसाद यादव र जगत्प्रसाद यादवले माओवादी पार्टी परित्याग गरेका कारण सो पार्टीबाट निष्काशित गरिएका हुन् ।
नवनिर्वाचित सभासद् नदाफ र पासवान माओवादीको सशस्त्रयुद्धका बेलादेखि नै माओवादीमा आवद्ध रहेको माओवादीले जनाएको छ ।
४५ वर्षीय नदाफ एमाओवादीको निकट मुस्लिम राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य र ३२ बर्षीय पासवान एमाओवादीको निकट नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा (एकीकृत) को मिथिला राज्य समिति संयोजक हुन् ।
उनीहरूलाई निर्वाचन आयोगले बिहीबार नै स्वीकृतिसहित प्रमाणपत्र दिइसकेको सो पार्टी केन्द्रीय सदस्य विकेश श्रेष्ठले जानकारी दिए ।
नवनिर्वाचित सभासदद्वयले भोलि नै सपथ लिई चौथोपटक हुने प्रधानमन्त्री पदको निर्वाचनमा मतदान गर्ने बताइएको छ ।
माओवादीको सभासद् सङ्ख्या हाल २३७ रहेकोमा नदाफ र पासवान चुनिएपछि २३९ हुनेछ । (कान्तिपुर)
Thursday, August 5, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment