२२ साउन, वीरगंज । अवीरल बर्षाका कारण बिहीबार राति भारतको कश्मिरमा गएको बाढी पहीरोमा परी कम्तीमा ४ जना नेपालीको मृत्यु भएको छ । अन्य २० भन्दाबढी युवा बेपत्ता भएका छन् ।
मृत्यु हुने र बेपत्तामा पर्ने सबै जना पर्साका विभिन्न ग्रामिण भेगका युवाहरु रहेको बताइएको छ । उनीहरु रोजगारीका लागि भारतको कश्मिर पुगेका थिए । ४ जना को मृत्यु र अन्य २० जना बेपत्ता भएको खवरले जिल्लाको ग्रामिण क्षेत्र अहिले शोकाकुल बनेको छ ।
बाढी पहीरोमा परी पर्सा जिल्लाको लंगडी, धोवीनी, जानकीटोला र महादेवपट्टी गाविसका २० जना भन्दाबढी युवाहरु बेपत्ता भएको र धोवीनी गाविस-२ का राजेश पटेल, शेषनाथ पटेल, मनही पटेल र मेहुद्धिन अन्सारीको मृत्युभएको खबर आएपछि गाउँनै शोकमग्न भएको मृतक राजेश पटेलका दाजु उमेश पटेलले बताए ।
भारत तथा पाकिस्तानको सिमानामा पर्ने जम्मुकाश्मिरमा पर्सा जिल्लाको ग्रामिण क्षेत्रबाट मात्रै सयौं युवाहरु रोजगारीका लागि गएको बताईएको छ । (onlinekhabar)
Saturday, August 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment