उजीर मगर, काठमाडौं, साउन २७- नेकपा माओवादी भदौ २ गते हुने प्रधान मन्त्रीको चुनावमा उम्मेद्वारी फिर्ता लिन सहमत भएको छ। उसले कङ्ग्रेसलाई पनि मनाउन एमालेसँग आग्रह गर्दै आफ्नो पार्टी यसबारे हदैसम्म लचिलो बन्न तयार रहेको जानकारी पनि गराएको छ। एमालेसँग द्विपक्षीय वार्तापछि माओवादी नेता नारायणकाजीले भने- राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमालेले उम्मेद्वारी फिर्ता लिन आग्रह गर्यो, कङ्ग्रेसलाई मनाउनूस्, हामी तयार छौं भन्यौं। माओवादी र एमालेका शीर्ष नेताबीच माओवादी संसदीय दलको कार्यालयमा वार्ता भएको थियो।
मुलुकलाई वर्तमान गतिरोधबाट अन्त्य गराउन आफूहरु साह्रै लचकदार बन्न तयार रहेको पनि उनले बताए।
यसैगरी एमाले नेता झलनाथ खनालले आफूहरुले माओवादीलाई उम्मेद्वारी फिर्ता लिएर राष्ट्रिय सरकार गठनका लागि वातावरण बनाउन भनेको र ऊ सकारात्मक रहेको बताए । उनले आफूहरुले कङ्ग्रेसलाई पनि यही भनेको र फेरि उम्मेद्वारी फिर्ता लिन प्रयास गर्ने जानकारी दिए।
छलफलमा माओवादी पक्षले सहमतिमा राष्ट्रिय सरकार गठनका लागि पहिले उम्मेद्वारी फिर्ता लिने हो वा चुनाव भइसकेपछि त्यसतर्फ जाने हो, यसबारे पनि कङ्ग्रेससँग सल्लाह गर्न सुझाएको थियो। (nagariknews)
Thursday, August 12, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment