२७ साउन, काठमाण्डौ । नेकपा मालेले पार्टीमा विद्रोह गरेका आफ्ना सात कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।
सीपी मैनाली महासचिव रहनुभएको नेकपा मालेको केन्द्रीय कमिटीको विहीबार बसेको बैठकले पार्टीका सात कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको हो ।
मालेबाट निष्कासित कार्यकर्तामा जगतबहादुर बोगटी, विष्णुराज अर्याल, यदुवंश झा, तिलकबहादुर थापामगर, राजेशप्रसाद चौधरी, धनकुमारी मगर र शारदा नेपाली छन् ।
मालेबाट निष्कासित उनीहरुले जगत्बहादुर बोगटीको अध्यक्षतामा नेकपा -माले) समाजवादी पार्टी गठन गरेका छन् ।
पार्टीका महासचिव सीपी मैनालीले आज पत्रकार सम्मेलन गरी षड्यन्त्रकारी तथा बिखण्डनवादी तत्वको प्रचारको भ्रममा नपर्न र तिनका विभाजनकारी दुष्प्रयासको प्रतिवाद गर्दै पार्टी एकता राख्न अपिल गर्नुभयो ।
उहाँले सहमतिको सरकार बनाउनुपर्छ भन्दै संसदमा आफू तटस्थ बसेको र त्यो सम्भव नभएमा बहुमतीय सरकार बनोस् भन्नेमा आफ्नो पार्टी लागिपरेको बताउनुभयो । रासस
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment