बसन्ती बाँस्तोला, स्याङ्जा, श्रावण २७ २०६७ ०५:२८ - यहाँ पित्लेकका युवाले तरकारी बेचेर बिहीबार युवा दिवस मनाए । जगतभञ्ज्याङका युवाहरुले तरकारी त सधै बेच्थे तर यस दिवसको अवसर पारेर आफ्नो गाँउको तरकारीलाई अन्तर्राष्ट्रियरुपमा बजार खोज्ने र पुर्याउने प्रण गरे । यस्को प्रमुख कारण वैदेशिक रोजगारमा जाने युवालाई रोक्नु हो ।
यस्तै प्रयासले यस गाविसका ९५ प्रतिशत युवा गाँउमै व्यवसाय गरेर बसेका छन् । दिवस भनेको काम गरेर मनाउने र त्यो उपलव्धिमुलक हुन् पर्ने जगतभञ्ज्याङका सुर्य रेग्मिले बताए । उनले भने 'हामी युवालाई हौशला हुने काम गर्छौ ।' यसरी यस पटक हौसला पाउँने युवा थिए पित्लेकका खड्क बहादुर थापा । तर उनलाई सवै जना गोरे भाई भनेर चिन्छन् ।
विदेश जान भिषा लगाएका उनलाई रोक्नको लागि पित्लेक कालिका सहकारीले निकै जोड गर्यो । युवाहरु संलग्न भएको यस संस्था सफल पनि भयो । करीव ३० हजार बुझाएर आएको भिषा समेत त्यागे गोरे भाईले । त्यो भिषा रद्ध गरेर उनी तरकारी खेतीमा लागे । २६ वर्षे उनले अहिले गाँउ मात्र हैन जिल्लालाई नै चकित पारेका छन् ।
गरे गाँउमै हुने रहेछ भन्ने सन्देश दिदै उनले भने 'मेहनत गरे यहि कमाउन सकिदो रहेछ विदेश किन जाने ?' सिँचाइको असुविधा रहेको यस गाँउमा आकाशे पानिको भरमा तरकारी खेती गर्न परेको गुनासो गर्दै थापाले भने 'हामी विनाप्लानिङ ठुला भाषण र काम गर्छौं सानातिना कुरामा ध्यान गएको छैन् ।' यस गाँउमा पानि ल्याउन सहयोग गरे युवा आफैले सवै काम गर्ने उनले बताए । (ekantipur)
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment