Friday, August 13, 2010

कांग्रेस पार्टी कार्यालय तोडफोड

रासस, बाजुरा, श्रावण २९ २०६७ ०९:२६ - अज्ञात समूहले मार्तडीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेको छ ।
कार्यालय तोडफोड कांग्रेसकै असन्तुष्टपक्षले गरेको अनुमान गरिएको छ । जारी जिल्ला अधिवेशनमा
युवावर्गलाई नेतृत्वतहमा पुर्‍याउनुपर्ने माग केही युवा समूहले गरेका थिए ।
कार्यालयभवनको ढोका तथा झ्याल भत्काइएको छ । पार्टीको जिल्ला अधिवेशन सम्पन्न भई मतगणना जारी छ ।

No comments:

Post a Comment