२९ साउन, काठमाडौं । आगोमा जलेर गम्भीर घाइते एकीकृत नेकपा माओवादीकी सभासद रामकुमारी यादवलाई शनिबार विहान थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ । भारतबाट एयर एम्बुलेन्स झिकाइ यादवलाई उपचारको लागि नयाँदिल्लीस्थित सफदरजङ्ग अस्पताल लगिएको हो ।
यसअघि उहाँलाई उपचारको लागि बीर अस्पताल भर्ना गरिएको थियो । नेपालमा उपचार सम्भव नभएपछि चिकित्सकहरुको सल्लाहअनुसार उहाँलाई नयाँदिल्ली लगिएको माओवादीले जनाएको छ । यादवको सबै उपचार खर्च माओवादीले व्यहोरेको छ ।
हिजो सुविधानगरस्थित आफ्नै डेराको भान्सा कोठामा ग्याँस चुहिएर आगलागी हुँदा उहाँ जलेर गम्भीर घाइते हुनुभएको थियो । उहाँको शरिरको ८० प्रतिशत भाग जलेको छ । सभासद यादव संविधानसभा निर्बाचनमा धनुषा क्षेत्र नम्बर ६ बाट निर्बाचित हुनुभएको हो । (onlinekhabar)

No comments:
Post a Comment